अजरबैजान र आर्मेनियाबीच सीमामा तनाव हुँदा ४ सैनिकको मृत्यु

मध्य एसियामा रहेका देश अजरबैजान र आर्मेनियाका सैनिकबीच सीमामा भिडन्त हुँदा चारजना अजरबैजानी सैनिकको मृत्यु भएको छ । 

यी दुई देशबीच दशकौं लामो भूभाग विवाद रहेकोमा आइतवार अप्रिय स्थिति आएको हो । 


Advertisement

तीनजना सैनिक आइतवार मारिएका थिए भने एकजना सोमवार मारिएका थिए । तवुश क्षेत्रमा गोली हानाहान हुँदा उनीहरू मारिएको अजरबैजानको रक्षा मन्त्रालयले सोमवार जनाएको हो । 

भिडन्तमा आर्मेनियाका दुई सैनिक र अजरबैजानका पाँच सैनिकबीच भिडन्त भएको हो । 
 


Advertisement

आर्मेनियाको रक्षा मन्त्रालयले जनाएअनुसार, अजरबैजानले आइतवार रातभरि गोली चलाएपछि सोमवार बिहान पनि गोलीबारी गरेको थियो । 

कुन देशले पहिला युद्ध शुरू गरेको हो भन्ने विषयमा आरोपप्रत्यारोप चलिरहेको छ । 
 

आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले अजरबैजानको उत्तेजक गतिविधिलाई त्यत्तिकै नछोडिने बताए । 

उता अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभको कार्यालयले आर्मेनियाको सैन्य साहसको निन्दा गरेको छ । 

टर्कीले अजरबैजानलाई समर्थन गरेर बयान दिएको छ ।
 

आर्मेनिया र अजरबैजानबीच युद्ध भएमा क्षेत्रीय शक्तिहरू पनि मिसिने सम्भावना छ । आर्मेनियाको सैन्य साझेदार रुस हो भने अजरबैजानलाई टर्कीको साथ प्राप्त छ । टर्की र रुसबीच यस रणनीतिक क्षेत्रमा भूराजनीतिक प्रभाव जमाउनका लागि कडा प्रतिस्पर्धा छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्