२५ हजार राहत पाउनु पर्ने माग राख्दै नाई संघ आन्दोलमा [फोटोफिचर]

श्रमिकलाई लकडाउन अवधि भरको २५ हजार राहात उपलब्ध गराउनुपर्ने माग गर्दै नेपाल नाई ट्रेड युनियन आन्दोलनमा उत्रिएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले गुजारा टार्न मुस्किल भएको र पेसा नै संकटमा परेको नाई संघको गुनासो छ ।


Advertisement

लकडाउनको अवधिभर काम गर्न नपाइएकाले उक्त अवधिको २५ हजार राहतस्वरूप उपलब्ध गराउन संघले सरकारसँग माग गरेको हो । 


Advertisement

संघले असार ११ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विभिन्न माग सहितको ज्ञापन पत्र बुझाएको  थियो । आफूहरूको मागमा सुनुवाइ नभएकाले आन्दोलनमा उत्रनुपरेको ट्रेड युनियन संघका अध्यक्ष गजेन्द्र ठाकुरले बताए ।

नाई श्रमिकलाई राहतको व्यवस्था गर्नुपर्ने, लकडाउन अवधिभर बैकको ब्याज मिनाहा गर्नुपर्ने, कोठाभाडा पूर्णरुपमा मिनाहा गर्नुपर्ने लगायतका माग राख्दै  संघमा आवद्ध पदाधिकारीले मंगलवार राजधानीको माइतीघरमा प्रदर्शन गरेका थिए । 

पीपीई लगाएर आएका उनीहरूले काइँयो र कैँची पनि बोकेका थिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्