×

NMB BANK
NIC ASIA

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको लाख नजिक

असार ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले रेकर्ड तोड्न अझै बाँकी छ तर नेपाली बजारमा असार लागेदेखि नै लगातार नयाँ उचाइको कीर्तिमानी स्तर पार गर्दै आएको छ ।

Sagarmatha Cement
Muktinath Bank

अन्तिमपटक २५ असारमा सुनको भाउ तोलाकै ९२ हजार ४०० रुपैयाँ पुग्यो । २ दशकअघिसम्म नेपालमा ‘साउनमा सुन किन्नू’ भन्ने गरिन्थ्यो तर अहिले परिस्थिति फेरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साउने सक्रान्तिको पूर्वसन्ध्यामा नेपाली सुन पसल बन्द प्रायः छन् । अत्यावश्यक पर्नेलेबाहेक सुन किनेका छैनन् । या त भण्डारण गर्ने अर्थात् सुनमा लगानी गरेर सञ्चित गर्नेले अहिले सुन किनिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

नेपालमा ९० प्रतिशतभन्दा बढी सुनको व्यापार गरगहनाको प्रयोजनमा हुने गर्छ तर अहिले गरगहना किन्नेभन्दा बेच्ने बढी भएको व्यावसायिको गुनासो छ । सामान्य अवस्थामा तोकिएको बिक्री मूल्यमै वा त्यसभन्दा ५०० देखि १ हजार रुपैयाँ सस्तोमा उपभोक्ताबाट बिक्रेताले सुन किन्ने गरेका थिए तर अहिले ५ प्रतिशत मूल्य ह्रास कटाउने गरेको व्यवसायीले नै बताएका छन् । आर्यको संस्कृतिसँग समेत जोडिएको पहेँलो धातुको मूल्य यसरी आकाशिनुको एउटै कारण हो – कोरोना ।

Vianet communication
Laxmi Bank

सन् २००८ बाट शुरू भएको वित्तीय संकटका बेला अन्तर्राष्ट्रिय बजारमा चुलिएको सुनको भाउ सन् २०११ को अन्त्यतिर कीर्तिमानी उचाइमा पुगेको थियो । त्यसबेला प्रतिऔंस १८९० अमेरिकी डलर पुगेपछि ओरालो लागेको यो बहुमूल्य धातुको माग अहिले सर्वाधिक बढेको छ । सोमवार १८०२ डलर पुगेको सुनको मूल्य मंगलबार थप ४ डलर उक्लिएको छ ।

अन्तर्राष्ट्रिय बजारको मूल्य शृंखलामा सुनलाई सबैभन्दा महत्त्वपूर्ण वस्तु मानिन्छ । संसारमा सीमित मात्र पाइने अर्थात् ज्यादातर दुर्लभ भएकाले यो धातुको मूल्य उच्च भएको हो । १०० वर्षअघि सुन र अमेरिकी डलरको भाउमा विपरीत सम्बन्ध हुन्थ्यो । अहिले पेट्रोलियम र सुनको मूल्यमा त्यस्तो विपरीत सम्बन्ध देखिन्छ ।

विश्व अर्थतन्त्र चलायमान भएको र संसारभर नै आर्थिक गतिविधि उच्चदरमा बढेको बेला सुनको भाउ सस्तिन्छ । किनकि धनि मानिस सुन बेचेर आर्थिक गतिविधिमा पैसा लगानी गर्न थाल्छन् तर त्यस विपरीत आर्थिक गतिविधि खस्किए, द्वन्द्व र महामारीको अवस्था सिर्जना भयो भने चाहिँ मानिस शेयर, डिबेन्चरदेखि अन्य सम्पत्ति बेचेर सुन किन्न थाल्छन् । किनभने सुन संसारको सबैभन्दा सुरक्षित लगानी मानिन्छ ।

अरु बेला सुन बेच्नुको कारण पनि त्यही हो, सुरक्षित लगानीबाट असाधारण प्रतिफल पाइँदैन । सुनको मात्रै किनेर बस्ने हो भने मान्छेले पैसा कमाउन सक्दैन तर सुनमा गरेको लगानी जस्तोसुकै खराब परिस्थितिमा पनि डुब्दैन भन्ने मान्यता छ । हामीले नेपाली सेयर बजारमा धेरैले कमाएको र गुमाएको देखेका छौं तर सुनमा लगानी गरेर धेरै गुमाउनु परेको छैन ।

अहिले नेपालमा पनि केही व्यवसायीले भारी मात्रामा सुन सञ्चय गर्न थालेको व्यवसायीले बताएका छन् । नयाँ उद्योग, व्यापार व्यवसाय शुरू गर्न अहिले कोही पनि तयार छैनन् । कोरोना महामारीले भविष्यमा कति असर पुग्छ भन्ने आकलनसम्म गर्न नसकेका पुँजीपति बजारमा उपलब्ध सुन किनेर थुपार्न थालेको सुनचाँदी व्यवसायी बताउँछन् ।

‘हामीले जति सुन बजारबाट किन्छौं, त्यो सुन पसलेले मात्रै खपत गर्न सक्दैन । अहिले सुनको बिक्री गर्नेको संख्या ह्वात्तै बढेको छ,’ एक व्यवसायी भन्छन्, ‘यस्ता सुन ठूला सञ्चयकर्ताले किनिरहेका छन् ।’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले पुरानो कीर्तिमानी उचाइ छिचोल्ने अनुमान भएका छन् । त्यस्ता अनुमान सत्य भए भने अहिलेभन्दा पनि सुन महंगिनेछ । त्यसै पनि अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको लगातार अवमूल्यनको मार हामीले खेप्नु परिरहेको छ । भारतीय रुपैयाँ (भारु)सँगको स्थिर विनिमय दर भएकाले नेपाली रुपैयाँ पनि भारुकै हैसियतअनुसार चल्छ । मंगलवार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको सन्दर्भ मूल्य १ सय २० रुपैयाँ ६१ पैसा तोकेको छ । ठीक १ वर्षअघि यो दर १ सय १० रुपैयाँ २० पैसा थियो । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको माग बढ्दै जाने र भारुको माग घट्दै जाने परिपाटीले यस्तो भएको हो ।

सुनको भाउमा पनि अहिले त्यस्तै अवस्था छ । विकास निर्माणको काम, उद्योगधन्दा र नयाँ परियोजना निर्माणका काम अबरुद्ध भएपछि अहिले विश्व बजारमा पेट्रोलियम पदार्थको माग घटिरहेको छ । त्यसैकारण पेट्रोलियममा मात्र होइन, अधिकांश कम्पनीमा लगानी गर्ने लगानीकर्ताले घाटै परेपनि थप घाटाबाट बच्न त्यस्तो लगानी बेचेर सुन किन्न थालेपछि सुन महंगिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यो महँगिदो सुनको भाउ अझै उकालो लाग्नसक्ने बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x