×

NMB BANK
NIC ASIA

सरकारी निर्देशिकाविपरीत स्टार र केएमसीलाई कोरोना जाँच्न स्वाब संकलनको अख्तियारी

असार ३१, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै निर्देशिकाविपरीत निजी अस्पताललाई नमुना संकलन गरेर कोरोना परीक्षण गर्ने अख्तियार दिएको पाइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

असार २८ गते बसेको बैठकले निर्देशिकाविपरीत ललितपुरस्थित स्टार हस्पिटल र काठमाडौं मेडिकल कलेजलाई आफैं स्वाब संकलन गरेर कोभिड–१९ परीक्षण गर्ने अनुमति दिएको पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्टार र केएमसी अस्पताललाई त्यहाँ आएका बिरामीका साथै विदेश जाँदा कोरोना परीक्षणको रिपोर्ट चाहिने व्यक्ति र विदेशी नियोगमा कार्यरत कर्मचारीको परीक्षण गर्न अनुमति दिइएको हो ।


Advertisment
Nabil box
Kumari

बैठकको निर्णयपत्रमा भनिएको छ, ‘हाललाई कोभिड–१९ परीक्षणका निम्ति स्वीकृति दिइएका निजी क्षेत्रका प्रयोगशालाले शुल्क लिएर गर्ने परीक्षणमा सम्बन्धित प्रयोगशाला आफैंले भीटीएम, रिएजेन्टलगायतका सामग्री आफैंले व्यवस्था गरी तोकिएको शुल्कभन्दा बढी नलिने गरी सम्बन्धित अस्पतालका बिरामी, विदेश जानुपर्ने व्यक्तिहरू तथा विदेशी नियोगका कर्मचारीलाई मात्र परीक्षण गर्न स्वीकृति दिने ।’

Vianet communication
Laxmi Bank

स्टार हस्पिटल र काठमाडौं मेडिकल कलेजभन्दा थप निजी प्रयोगशालालाई अनुमति नदिने निर्णयपत्रमा उल्लेख छ । स्वास्थ्य मन्त्रालय आफैंले बनाएको निर्देशिकामा भने निजी अस्पतालले नमूना संकलन गरेर परीक्षण गर्न नपाइने उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले निजी प्रयोगशालालाई कोभिड–१९ को मोलिक्युलर परीक्षण (पीसीआर) गर्न अनुमति दिनेसम्बन्धी निर्देशिका–२०७७ भन्दा पनि उच्च तहका अधिकारीको सहभागितामा गरिएको निर्णय भएको बताए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले निर्देशिकाभन्दा उच्च तह भन्ने नहुने बताए । उनले भने, ‘एउटै नियम सबैतिर लागू गर्नुपर्छ । सरकारी र निजी दुवैलाई एउटा निश्चित मापदण्ड बनाएर स्वाब संकलन गर्ने अधिकार दिनुपर्छ । परीक्षण शुल्क पनि केही मात्रामा घटाउनुपर्छ ।’

निजी प्रयोगशालालाई कोभिड–१९ को मोलिक्युलर परीक्षण (पीसीआर) गर्न अनुमति दिनेसम्बन्धी निर्देशिका २०७७ को बुँदा नम्बर ७ मा भनिएको छ, ‘निजी प्रयोगशालाले सरकारी प्रयोगशालाबाट आएको नमूनालाई मात्र परीक्षण गर्नेछ । यसबापत नेपाल सरकारले प्रतिनमुना अधिकतम ५ हजार ५०० रुपैयाँ शोधभर्ना गर्नेछ ।’

सो निर्देशिका गत ८ असारमा स्वीकृत भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार निजीतर्फ नयाँ बानेश्वरको सेन्ट्रल डाइग्नोस्टिक ल्याब (सीडीएल), लाजिम्पाटको सूर्या हेल्थ केयर, बुटवलको नेसनल प्याथ ल्याब र कोहलपुरको बागेश्वरी डायग्नोस्टिक प्रयोगशाला, काठमाडौं मेडिकल कलेज र ललितपुरको स्टार हस्पिटलले पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् तर अन्य ४ वटा ल्याबलाई आफैं स्वाब संकलन गरेर परीक्षण गर्ने अनुमति दिइएको छैन । उनीहरूलाई सरकारले दिएको नमूना मात्र परीक्षण गर्नुपर्ने भनिएको छ ।

विज्ञ सल्लाहकारलाई संसदीय समितिको प्रश्नै–प्रश्न

संसद्को सार्वजनिक लेखा समितिले मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीलाई प्रश्नै प्रश्न तेस्र्याएको छ । समितिले वार्ता समितिमा संयोजकको भूमिकामा बस्ने अधिकार कसले कहाँबाट दिएको, लागत अनुमान तयार गर्दा नेपाली रुपैयाँमा गरेको र सम्झौता गर्दा यूएस डलरको दरमा सम्झौता गर्दा वार्ता समितिले कसरी सिफारिस गरेकोलगायतका प्रश्न समितिमा आबद्ध सांसदहरूले तेस्र्याएका छन् ।

अधिकांश सांसदको प्रश्न छ, ‘विज्ञ स्वास्थ्य सल्लाहकारको हैसियतले खरिद प्रक्रियामा निर्णय लिने नेतृत्व गर्नुभएको देखिएको छ । अनधिकृत रूपमा वार्ता समितिको संयोजक भई प्राइस नेगोसिएसन गर्नुभएको देखिन्छ किन ?’

समिति सदस्य सांसद मिनेन्द्र रिजालले परिस्थितिलाई देखाएर उम्किन नमिल्ने बताए । समिति सभापति भरतकुमार शाहले सुझाव दिनुपर्ने व्यक्ति प्रत्यक्ष संलग्न किन भएको भन्दै विज्ञ सल्लाहकारलाई प्रश्न गरेका थिए ।

स्वास्थ्य सामग्री खरिद प्रक्रियासँग जोडिएका स्वास्थ्य मन्त्रालयका तत्कालीन सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्र श्रेष्ठलाई खरिद ऐनमा व्यवस्था भएको मूल्यांकन समितिलाई किन भूमिका नदिएको ? खरिद प्रक्रियामा असम्बन्धित व्यक्तिलाई किन संलग्न गराएको ? भन्ने प्रश्न गरेका थिए । प्रश्नको जवाफ दिँदै स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा. कार्कीले स्वास्थ्य खरिद प्रक्रियामा आफ्नो सहभागिता बाध्यात्मक परिस्थिति भएको बताए ।

उनले भने, ‘मलाई वार्ता समितिको संयोजक बसिदिनुस् भनेर आग्रह भएपछि संयोजक बनेको हुँ । म आपूर्तिमा संलग्न भएको छैन ।’ उनले मूल्यसूचीमा नेगोसिएसन गर्ने वार्तामा आफू बसेको र ओम्नीले ०.५ प्रतिशत घटाउने सहमति गरेको बताए । राजधानी दैनिकमा खबर छ ।

उनले भने, ‘यो २५–३० मिनेटको संलग्नता हो मेरो । त्यसअगाडि र पछाडि मेरो संलग्नता छैन । कुनै कम्पनीलाई मैले पहिले चिनेको पनि थिइनँ ।’

स्वास्थ्य मन्त्रालयका तत्कालीन सचिव कोइरालाले भने प्रक्रियागत रूपमा त्रुटि भए पनि स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता पुष्टि भए कारबाही भोग्न तयार रहेको बताए । स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्र श्रेष्ठले त्यतिबेलाको परिस्थिति जटिल रहेकाले केही महँगो मूल्यमा खरिद गरिएको बताए ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x