कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
टर्कीमा रहेको हाया सोफिया संग्रहालयलाई मस्जिद बनाउने राष्ट्रपति रेचेप तैयिप अर्दोआनको निर्णयले अहिले क्रिस्चियन र मुसलमानहरूबीत तीव्र विवाद निम्त्याएको छ ।
दुवै धर्मका मानिसका लागि यो निकै भावुकतापूर्ण विषय हो ।
यस घटनाले कथित सभ्यताको द्वन्द्वलाई चर्काउने अनि आधुनिक टर्कीका संस्थापक कमाल अतातुर्कका धर्मनिरपेक्षतावादी सुधारलाई उल्ट्याउने धेरै मानिसको तर्क छ । तर अर्दोआनका समर्थकहरू चाहिँ बहुध्रुवीय विश्वमा सभ्यतागत पहिचानलाई सुदृढ रूपमा राख्ने प्रयास हो भनिरहेका छन् ।
क्रिस्चियनहरू, विशेषगरी ईस्टर्न अर्थोडक्सहरू, यस घटनाबाट निकै आहत र क्रुद्ध भएका देखिन्छन् भने मुसलमानहरू यसबाट खुशी भएका छन् ।
क्रिस्चियनहरूका लागि ईस्टन रोमन (बाइजन्टाइन) साम्राज्यअन्तर्गत हाया सोफियाको ऐतिहासिक स्मरण कायम छ भने मुसलमानहरूका लागि ओट्टोमान क्यालिफेट (साम्राज्य) को महानताको स्मरण ताजा छ ।
अहिले हाया सोफियासमक्ष तीनवटा विकल्प मात्र बाँकी छन् : यसलाई ईस्टर्न क्रिस्चियानिटीको सबभन्दा महत्त्वपूर्ण चर्च बनाउने कि, संग्रहालय नै रहन दिने कि मस्जिद बनाउने ।
पहिलो दुई विकल्प यथार्थवादी छैनन् । तेस्रो विकल्पको कुरा गर्दा संवैधानिक रूपमा धर्मनिरपेक्ष रहेको टर्की अर्दोआनको शासनकालमा क्रमशः इस्लामीकृत हुँदै गइरहेको छ ।
अनि अर्दोआनले टर्कीलाई महाशक्ति बनाउनका लागि राज्यको सम्प्रभुतालाई गौरवशाली बनाउँदै गएका छन् । उनले देशलाई ओट्टोमान क्यालिफेटको सभ्यतागत उत्तराधिकारीका रूपमा प्रवर्द्धन गर्न खोज्दैछन् र त्यसमार्फत नरम शक्ति प्रक्षेपणको लक्ष्य राखेका छन् ।
त्यसैक्रममा उनले संसारभरि इस्लामी संगठन र इस्लामी गतिविधिहरूलाई सहयता गर्दै आइरहेका छन् ।
हाया सोफियाको मस्जिदीकरणका परिणामहरू विश्वका अनेकौं भागमा देखिनेछन् । भारत र इजरायलले आआफ्ना देशमा मस्जिदलाई परिवर्तन गर्न चालेको कदमलाई यसले जायज ठहर्याएको जस्तो देखिन्छ । अनि पश्चिमका विभिन्न शक्तिले सभ्यताको द्वन्द्वको संकथनलाई पुनर्जागृत गरेर पहिचानमा आधारित विभाजनलाई चर्काउने सम्भावना छ ।
विगत एक दशकयता विश्वमा बहुध्रुवीय एकीकरण प्रक्रिया अघि बढिरहेको सन्दर्भमा सभ्यतागत द्वन्द्वले अमेरिकाको विशाल रणनीतिक लक्ष्यलाई पनि पूरा गर्ने देखिन्छ ।
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...