×

NMB BANK
NIC ASIA

काठमाडौंमा चल्न थाले सार्वजनिक बस

असार ३१, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

साढे ३ महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

मयूर, संयुक्त यातायात, सुन्दर यातायात लगायतले सेवा शुरू गरिसकेका छन् भने कतिपय खुलाउनका लागि आवश्यक तयारी गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको १ सातापछि सार्वजनिक सवारीसाधन खुल्न लागेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने सार्वजनिक सवारीसाधन सञ्चालन गर्नु पहिले आवश्यक स्वास्थ्य सुरक्षाको तयारी नभएकाले ट्याक्सी र केही बसबाहेक अधिकांश सवारीसाधन सञ्चालन नभएको जनाएको छ । अहिले त्यस विषयमा सरकारसँग छलफल भइरहेको महासंघका महासचिव सरोज सिटौलाले बताए । उनले भने, ‘छलफल सकारात्मक दिशामा छ, हामी सबै सवारीसाधन चलाउनुपर्छ भन्नेमा छौं ।’


Advertisment
Nabil box
Kumari

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले पनि सार्वजनिक यातायात सञ्चालनका लागि व्यवसायी महासंघ र मजदूर संगठनसँगको छलफल अघि बढाइरहेको छ । सोमवार विभागका महानिर्देशक गोगनबहादुर हमालले व्यवसायी महासंघसँगै मजदुर संगठनसँग छलफल गरेका थिए ।

Vianet communication
Laxmi Bank

बुधवार पनि विभागमा व्यवसायी, मजदुर संगठनसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्थानीय सरकारका प्रतिनिधि संलग्न भएर छलफल हुँदैछ । 

अहिले महासंघले चालक, सहचालकसँगै यात्रुको स्वास्थ्य सुरक्षाका विषयमा समेत आवाज उठाएको महासंघका महासचिव सिटौलाले बताए । काठमाडौं उपत्यकालगायत देशभरका विभिन्न स्थानमा कोभिड–१९ को संक्रमण बढिरहेकाले त्यसबाट सुरक्षित रहेर कसरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनी छलफल भइरहेको उनले बताए ।

अहिले केही बस, ट्याक्सी गुड्न थाले पनि आवश्यक स्वास्थ्य सावधानी अपनाएको पाइँदैन । सरकारले बनाएको मापदण्डानुसार पनि कसले सेनेटाइजरको व्यवस्था गर्ने र हात धुनका लागि साबुन पानी कसले व्यवस्था गर्ने भनी अहिलेसम्म यकिन छैन ।

लामो समयसम्म थन्किएका सवारीसाधनको मर्मत बाँकी भएको, मर्मतकै लागि कतिपय वर्कसपका मिस्त्री बाहिर रहेको र अहिले पनि धेरै चालक, सहचालक सम्बन्धित स्थानमा नरहेकाले तत्काल सञ्चालन गर्ने अवस्था नभएको बताइएको छ । पहिले जसरी जुनसुकै स्थानमा सवारीसाधन नरोकिने गरी छलफल भइरहेको उनले बताए । ‘साबुन पानीको व्यवस्था भएका ठाउँमा मात्रै रोकिन्छ, यात्रु पहिलेभन्दा केही दूरीसम्म हिँड्नुपर्ने हुनसक्छ,’ उनले भने ।

यातायात व्यवस्था विभागका महानिर्देशक हमालले सरकारले पनि बुधवार निर्णय गरेर बिहीवारदेखि नै सबै सवारीसाधन चल्छन् भन्ने नसोचेको बताए । लामो समय थन्किएका सवारीसाधन मर्मत गरेर सडकसम्म ल्याउन समय लागेको उनको भनाइ छ । त्यससँगै यात्रु र चालकलाई कसरी सुरक्षित बनाएर सञ्चालन गर्ने भनि विभागमा छलफल भइरहेको छ ।

सवारीसाधन एकै पटक ठूलो संख्यामा सडकमा आए पनि यात्रु कम हुने उनको भनाइ छ । उनले भने, ‘अहिले हामीले व्यवसायीलाई पनि सञ्चालन गर्नैपर्छ भन्ने अवस्था छैन ।’

सवारीसाधन सञ्चालनका लागि धेरै कर्मचारी घर गएकाले मजदुर व्यवसायी संगठनले तीनलाई फर्काउन  विभागले समन्वय गर्नुपर्ने माग गरेका छन् । गृह मन्त्रालयसँग समन्वयमा उनीहरूलाई फर्काइने महानिर्देशक हमालले बताए । सार्वजनिक सवारीसाधन संक्रमण फैलाउन सक्ने हुनाले त्यसमा सचेत हुनुपर्ने उनको भनाइ छ । 

सवारीसाधन सञ्चालनका लागि यात्रु पनि धेरै सडकमा आइसकेका छैनन् । गत साता ट्याक्सी सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै चालक सडकमा आएका थिए । अहिले उनीहरु नै जोर बिजोरमा सञ्चालन गर्न माग गरिरहेका छन् । अहिले जिल्लाभित्र सञ्चालन गर्ने भनिए पनि संक्रमण कम भएमा प्रदेशभित्र विस्तार गर्न सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x