बाढी र पहिरोका कारण जेठ र असारमा मात्र ९९ जनाको मृत्यु, ४८ जना बेपत्ता

बाढी र पहिरोले तहसनहस पारेको सिन्धुपाल्चोकको जम्बु बजार क्षेत्र

मनसुन शुरू भएपछि जेठ र असार २ महिनामा नेपालमा ९९ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।

बाढी र पहिरोका कारण ८४ जना घाइते भएका छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार ३१ गते बुधवारसम्म बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ९९ पुगेको हो ।


Advertisement

प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टा (मंगलवार बिहान १० देखि बुधवार बिहान १० बजेसम्म)मा विभिन्न जिल्लाका ७ स्थानमा पहिरो गएको छ । 

जेठ र असार महिनामा चट्याङका कारण १७ जनाको मृत्यु भएको प्राधिकरणको दैनिक विपद् बुलेटिनमा उल्लेख छ । 


Advertisement

हेर्नुहोस्, बुलेटिन :


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्