अमेरिकाले अफगानिस्तानका पाँच क्याम्पका सेना फिर्ता लग्यो

फाइल फोटो।

अमेरिकाले अफगानिस्तानबाट करिब पाँच वटा सैनिक क्याम्पबाट सेना फिर्ता गरेको जनाएको छ।

यही सन् २०२० को फेब्रुअरीमा अमेरिका र तालिबानबीच वार्ता गर्ने सहमति भएको थियो। सो सहमतिबमोजिम अमेरिकाले हजारौँं सैनिक फिर्ता गर्ने भनिएको थियो । 


Advertisement

तालिबानको उक्त प्रस्तावमा सहमति जनाउँदै तालिबानसँग शान्ति सम्झौता गरेको अमेरिकाले अफगानिस्तानका विभिन्न पाँच वटा सैनिक क्याम्पबाट सेना फिर्ता गरेको जनाएको हो।
उक्त सम्झौतासँगै १८ वर्ष लामो द्वन्द्व अन्त्य हुने र अफगानिस्तान शान्तितर्फ उन्मुख हुने अपेक्षा गरिएको थियो। 

सो सम्झौतामा अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गर्ने र तालिबानहरुका थुनुवाहरु पनि अफगानिस्तानको सरकारले रिहा गर्नुपर्ने भनिएको थियो। सम्झौताअनुसार तालिबानले आफ्नो प्रतिवद्धताहरु पालना गर्नुपर्ने र अमेरिका र नेटोका साझेदारहरुले १४ महिनाभित्र आफ्ना सबै सेना अफगानिस्तानबाट फिर्ता गर्नुपर्ने बताइएको थियो। 


Advertisement

अमेरिकाले यहाँ रहेका सेनालाई आठ हजारको हाराहारीमा ल्याउनुपर्ने शर्त सो शान्ति सम्झौताका क्रममा राखिएको थियो। त्यसैबमोजिम अफगानिस्तानबाट सेना फिर्ता गराइएको अमेरिकी रक्षा मन्त्रालयले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ। 

तालिबानले पनि आफ्नो नियन्त्रणमा रहेको भूभागमा अलकायदा र अरु अतिवादी समूहलाई सक्रिय हुन नदिने सो सम्झौतामा उल्लेख गरिएको थियो। अफगानिस्तानको सरकारसँग औपचारिक वार्ता गर्न अस्वीकार गर्दै आएको तालिबानका नेताहरुले गत फेब्रुअरीमा कतारमा अमेरिकासँग यस्तो सम्झौता गरेका थिए। 

अमेरिका र तालिबानबीच कतारमा गत फेब्रुअरी २९ मा सहमति भएको थियो । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्