×

NMB BANK
NIC ASIA

ओली–प्रचण्ड अडानमै, आजको छलफलमा नेपाल पनि सहभागी हुने

साउन १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 सत्तारुढ दल नेकपाभित्र देखिएको किचलो ब्यवस्थापनका लागि पार्टी स्थायी समिति बैठक रोकेर विगत १३ दिनयता दुई अध्यक्षले सातपटक सम्वाद गरे पनि समाधानको सूत्र फेला पार्न सकेका छैनन्।

Sagarmatha Cement
Muktinath Bank

२ साउनसम्मलाई बैठक स्थगित गरेर एक्लाएक्लै छलफलमा बसेका प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच विषयवस्तु केन्द्रीत भएर लयमा छलफल भए पनि समाधानका अचुक अस्त्र के निकाल्ने भन्नेमा अझै नेता सहमतिमा पुग्न नसकेका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री ओलीको पार्टीभित्रै प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायत नेताले राजीनामा माग गरेपछि विवाद उत्कर्षमा छ। ओली अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा नदिने अडानमै छन्। वरिष्ठ नेता झलनाथ खनालले लगातार दुई अध्यक्षले छलफल गरे पनि अहिलेसम्म कुनै निष्कर्ष फेला पार्न नसकेको बताए। उनले अन्नपूर्णसँग भने, ‘दुई अध्यक्ष छलफलमा बस्नु त भएको छ तर सहमति केही भएकै छैन। अब अध्यक्षबीच सहमति जुटेन भनेर स्थायी समिति रोक्ने कुरा हँुदैन।’ अब विवाद र भएका सहमति स्थायी समिति बैठकमै ल्याएर छलफल गर्ने उनको भनाइ छ।


Advertisment
Nabil box
Kumari

महासचिव विष्णु पौडेलले भने, ‘अध्यक्षबीच गम्भीरतापूर्वक समस्या समाधान गर्ने हेतुलै नै कुराकानी भइरहेको छ। बिहीबार पनि छलफल हुन्छ।’ बुधबारको ओली दाहालको छलफलमा केहीबेर महासचिव पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी थिए। बिहीबारको छलफलमा भने पार्टीका वरिष्ठ नेता माधव नेपाललाई पनि राखेर छलफल गर्नुपर्ने प्रस्ताव अध्यक्ष दाहालले छलफलका क्रममा राखेका थिए। तर ओलीले यसमा कुनै प्रतिक्रिया जनाएका छैनन्। सम्भवतः सोही कारण पनि अबको छलफलमा नेपाललाई पनि राखेर राखेर छलफल गर्ने सम्भावना छ। तर उक्त छलफलको समय निर्धारण भने भएको छैन।

Vianet communication
Laxmi Bank

महासचिव पौडेलले साउन २ गतेको बैठक भने बस्ने जानकारी दिए। ‘अबको बैठकका विषयमा कुनै सोचिएको छैन’, उनले भने। ओलीसँग छलफलका लागि बालुवाटार जानुअघि दाहालले खुमलटारमा नेपालसँग भेट गरेका थिए। त्यसलगत्तै दाहालले उपाध्यक्ष गौतमसँग उनकै निवास भैसेपाटीमा पुगेर छलफलको बिफ्रिड गरेका थिए। साँझ भने दाहालले फेरि नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए। उता प्रधानमन्त्री ओलीले पनि दाहालसँगको छलफलपछि बुधबार साँझ आफूनिकट केही नेता र दाहाल र नेपाल निकटका अन्य केही स्थायी समिति सदस्यसम्मलाई पनि बोलाएर बालुवाटारमा छलफल गरेको स्रोतले बतायो।

बैठक राख्न दवाब बढाउने

स्थायी समिति बैठक बोलाउन माग गरेर गत वैशाख १० गते दुई अध्यक्षलाई लिखित माग नै गरेका नेकपाका २० स्थायी समिति सदस्यमध्ये १७ नेताको पनि बुधबार सिंहदरवारमा बैठक बसेको थियो। उनीहरूले अहिलेसम्म अध्यक्षबीचको छलफलका विषय र त्यहाँ जुटेका सहमति, असहमति सबै विषय अब स्थायी समिति बैठकमा ल्याएर छलफल गर्नुपर्ने माग गर्दै नेतृत्वलाई दवाब बढाउने अनौपचारिक निष्कर्ष निकालेका छन्।

छलफलमा स्थायी समिति बैठक माग गर्ने २० नेतामध्ये सुरेन्द्र पाण्डे, भीम आचार्य र चक्रपाणि खनालबाहेक १७ नेता सहभागी थिए। स्थायी समिति सदस्य देव गुरुडले अन्नपूर्णसँग भने, ‘नेता र हामीबीच अनौपचारिक छलफल चलिरहेको छ।’ छलफलमा सहभागी धेरैजसो नेताले बैठक रोकिन थालेकोमा चिन्ता व्यक्त गरेका थिए।

१३ दिनमा सात भेट, छैन मेल

असार १८ मा प्रधानमन्त्रीले संसद् अधिवशेन अत्य गरेपछि मात्रै चारपटक स्थायी समिति बैठक सारेर पाँचौंपटकको साउन २ का लागि तोकिएको छ। पछिल्लोपटक एक साता बैठक स्थगित गरे पनि बैठकअघि सहमति जुटाउने समय बिहीबार एक दिन मात्र बाँकी छ। नेकपाका दुई अध्यक्ष १८ असारयता १३ दिनबीच सातपटक बालुवाटारमा वार्तामा बसे। तर वार्तामा दुवै आआफ्ना अडान राख्नेभन्दा खास निश्कर्ष उनीहरूले निकाल्न सकेनन्। बुधबारको छलफलपछि भने दुवै पक्षका नेताको दौडादौड एक्कासि फेरि बाक्लिन थालेको छ। अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x