×

NMB BANK
NIC ASIA

मौसम उघ्रेसँगै जनजीवन सामान्य हुँदै

साउन १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लगातारको झरी वर्षाले वाक्कदिक्क भएका महोत्तरीवासी बल्ल सामान्य जीवनमा फर्कँदैछन् । पछिल्ला छ दिनदेखिको मुसलधारे वर्षापछि मौसम सफा भएसँगै बल्ल सामान्य हुन थालेका हुन् । गत बुधबारयता छ दिनको लगातारको मुसलधारे वर्षाले जताततै जलमग्न बनाएपछि डुबान र कटानले घरखेत बगाउने त्रास छाएको थियो ।

Muktinath Bank

“बल्ल दुई दिनदेखि उघ्रेको छ, हामी त घरमै कुँजिएका थियौँ”, पानीले ढाकेको घरआँगन देखाउँदै जलेश्वर नगरपालिका–१ का सुधिर साहले भने, “बर्खा हो कतिखेर फेरि भेल उर्लने हो पत्तै हुँदैन ।” चारैतिर पानीले डम्म ढाकिएको हुँदा नदीमा आउने बाढीबारे पत्तै नपाई घर बग्ने गरेको जलेश्वरवासी बताउँछन् । जिल्लाको उत्तरी क्षेत्रमा कटान र मध्य एवं दक्षिणी क्षेत्रमा पछिल्लो वर्षासँगैको बाढीले कटान र डुबान गराउँदा खेतीपाती र सडक संरचनामा निकै क्षति भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लोपटक मौसममा सुधार हुनासाथ करिब एकसाता घरमै कँुजिएका महोत्तरीवासीलाई  सोमबारयता घाम लागेपछि बल्ल बाहिरी काममा लाग्ने अनुकूलता भएको छ । तीन दिनको चर्को घामले अब डुबानको पानी क्रमशः घट्दै गएको डुबान क्षेत्रका सर्वसाधारण बताउँछन् । मौसम सफा देखिएर घाम लागेपछि झण्डै एकसाता गोठमै रहेका पशुवस्तु  बल्ल राम्ररी आङ तान्न पाएका छन् । घाम लागे पनि चरनक्षेत्र अझै जलाम्य भएकाले पशुवस्तुको आहार घरमै जुटाउनुपरेको पशुपालक किसान बताउँछन् । यद्यपि वस्तु फुकाएर डुलाउनसम्म पाइएको भङ्गाहा नगरपालिका–६ हतिसर्वाका पशुपालक किसान सीताराम सरदारले बताए ।


Advertisment
Nabil box
Kumari

मौसम सफा देखिएपछि किसान बल्ल अब खेतका खोलिएका गह्रा मिलाउन लागेका छन् । “असार मध्यमै पानी परेर धान रोप्न पाउँदा दङ्ग थियौँ”, बलवा नगरपालिका–१० धमौराका किसान मन्सुर कवारीले भने, “अहिले कति रोपो बगाएको छ अड्कल नै छैन, खेत पानीले डम्म भरिएका छन्, पानी बगेर रोपो देखिन नै एक÷दुई दिन लाग्ने होला ।”

Vianet communication
Laxmi Bank

झरी थामिएसँगै डुबानको पानी घट्दै गएपछि घर नै लड्ने हो कि भन्ने त्रासमा रहेका सर्वसाधारणले सन्तोषको सास भने  फेरेका छन् । महोत्तरीमा असारमध्यसँगै पानी पर्न थाले पनि असार २४ गतेदेखि २९ गतेसम्म छ दिन चाहिँ एक छिन घाम नदेखिएर मुसलधारे वर्षा हुँदा यहाँको जनजीवन आकुलव्याकुल बनेको थियो ।

छैटौँ दिन घाम देखिएपछि लुगा धोएर गुजारा चलाउने धोबीको व्यस्तता पछिल्ला तीन दिनयता निकै बढेको छ । धोबीहरु एकसाता पहिले धुन लिइएका लुगा धोएर दिउँसभरि घाममा र साँझपछि हावा लाग्ने ठाउँमा सुकाइरहेका देखिएका छन् । पानी रोकिएसँगै यहाँका नदीमा जलस्तर स्वात्तै घटेको छ । लगातारको वर्षाले करिब एक साता ठप्प भएका पसल धमाधम खोलिएका छन् । पछिल्ला तीन दिनयता लगातार मौसम सफा देखिँदा बजारु चहलपहल पनि ह्वात्तै बढेको छ ।

मौसम सफा भएपछि बाढीले भत्काएका संरचना मर्मत गर्न पनि सहज भएको छ । यसपालि पछिल्लो छ दिनबीचको वर्षासँगैको बाढीले दर्जनौँ ठाउँमा सडक कटान गरेको छ भने रातु नदीका तटबन्ध दुई÷तीन ठाउँमा भत्काएको छ । अहिले तटबन्ध भत्केको ठाउँमा सुरक्षा जवानको सहयोगले मर्मतको काम थालिएको जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।

यसैबीच असार मसान्तताका वर्षा थामिएर मौसम सफा भएको अवसरलाई विपद् सामना गर्ने पूर्वतयारीमा लगाउनुपर्ने सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको भनाइ छ । साउन र भदौ मुख्य वर्षाकाल भएका हुँदा त्यतिखेर आइपर्नसक्ने विपद्को  पूर्वतयारीका लागि अहिले उघ्रेको समय अनुकूल हुने रतौली युवा क्लबका अध्यक्ष वैद्यनाथ चौधरी बताए । यस पूर्वतयारीमा सरकारका स्थायी अङ्गसँगै सामाजिक सङ्घसंस्था र आम जनसमुदायलाई परिचालित गर्नसके डुबान र कटानको क्षति घटाउन सकिने  सामाजिक सङ्घसंस्थाका प्रतिनिधि बताउँछन् ।

महोत्तरीमा बर्सेनि बाढीले कटान र डुबान गर्दा धनजनको क्षति हुँदै आएको छ । जिल्ला भएर बग्ने रातु, बडहरी, अङ्कुशी, जङ्घा, मरहा, भब्सी, टुटेश्वर, खयरमारा, गणन्ता, ढोलनखोला र बाँकेलगायतका नदीको बाढीले बर्सेनि ४० हजार मानिस प्रभावित हुँदै आएका छन् । गत वर्ष नै बाढीको चपेटामा परी आठ जनाको मृत्यु भएको थियो भने घर बगाएर २० हजार परिवार बेघर भएका थिए ।
 
नदीहरुको बहाव व्यवस्थित गर्ने दीर्घकालीन वैज्ञानिक व्यवस्थापन नगरिँदा बर्सेनि बाढीको ताण्डव खेप्नुपरेको जिल्लावासी बताउँछन् । नदी नियन्त्रणका नाउँमा बर्सेनि करोडौँ रकम खर्च भइरहे पनि यस्ता टालटुले कामले स्थायी समाधान नदिएको सर्वसाधारणको गुनासो छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x