माघ २५, २०८०
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
यस वर्ष रूपन्देहीका २ विद्यालय नमूना विद्यालयका लागि छनोट भएका छन् ।
रूपन्देहीको क्षेत्र नम्बर २ अन्तर्गत पर्ने सैनामैना नगरपालिका–१ को सैनामैना मावि र क्षेत्र १ नम्बर अन्तर्गत पर्ने देवदह नगरपालिका–४ को केरवानी माविलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमूना विद्यालयमा छनोट गरेको हो ।
नमूना विद्यालयका लागि जिल्लाका लिलाराम मावि, भानु, पशुपति, फर्साटिर, सैनामैना र केरवानी आवेदन दिएका थिए । यस वर्ष सरकारले देशभरमा १०० वटा सामुदायिक विद्यालयलाई नमूना छनोट गरेको छ ।
यी विद्यालयलाई नमूना छनोटका लागि रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले विशेष पहल गरेका थिए । रुपन्देहीका जिल्ला शिक्षा समन्वय अधिकारी दीपेन्द्र ढकालले छनोट भएका विद्यालयले चाँडै नमूना विद्यालय कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउने बताए ।
ढकालले विद्यार्थी संख्या, ३ वर्षको एसईईको नतिजा, जग्गा व्यवस्थापन, ‘प्लस टू’ का कार्यक्रम, इन्टरनेटको पहुँच, वैकल्पिक ऊर्जा लगायतका मापदण्डका आधारमा रहेर मूल्यांकन गरी विद्यालय छनोट हुने बताए ।
नमूना विद्यालय छनोटपछि शिक्षाको गुणस्तर र भौतिक सुधार राम्रो हुन्छ । नमूना विद्यालयमा छनोट भइसकेका रुपन्देहीका कालिका मानवज्ञान, शान्ति, छपियाको पब्लिक मावि, कञ्चनको प्रगति मावि र लुम्बिनी आदर्श माविले शैक्षिक गुणस्तरणसँगै भौतिक विकासमा राम्रो फड्को मारेका छन् ।
नमूना विद्यालय सञ्चालन व्यवस्थापन निर्देशिका–२०७४ अनुसार विद्यालय सञ्चालन हुनुपर्नेछ । यी विद्यालयले आफ्नो गुरुयोजना बनाउने छन् । गुरुयोजना अनुसार विद्यालयको भौतिक र शैक्षिक सुधारका लागि संघीय सरकारले १ करोडदेखि २ करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराउँछ ।
विद्यालयले शैक्षिक, भौतिक, व्यवस्थापकीय र प्रशासनिक सम्झौता गरेर सञ्चालन गर्नुपर्नेछ । हरेक वर्ष शैक्षिक गुणस्तरमा अभिवृद्धि, एसईई नतिजामा सुधार ल्याउनुपर्ने हुन्छ । सैनामैना माविका प्रधानाध्यापक नेत्र पुरीले शिक्षा विभागले तोकेको ढाँचा अनुसार विद्यालयलाई कार्यक्रम पूर्णरुपमा कार्यान्वनमा ल्याइने बताए ।
सैनामैना माविमा पर्रोहा परमेश्वर आधारभूत मावि ‘मर्ज’ भएको थियो । सैनमैना माविमा १ हजार २११ विद्यार्थी छन् । टाढाका विद्यार्थी ल्याउन विद्यालयको आफ्नै गाडी समेत छ ।
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...
सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...
‘म त रित्ता हातमा हतियार बनाइदिन्छु तिमी होली भन म दिवाली बनाइदिन्छु शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...
सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...