मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
शीर्ष नेताहरूबीचको शक्तिसंघर्ष उत्कर्षमा पुगेपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक निरन्तर स्थगित भइरहेको छ । हरेक दिनजसो स्थगित हुने स्थायी कमिटी बैठक शुक्रवार त २ पटकसम्म स्थगित गरियो ।
बिहान ११ बजे बोलाइएको बैठक दिउँसो ३ बजेलाई सारियो । सहमतिका लागि भन्दै आइतवार पुनः स्थायी कमिटी बैठक बोलाइएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नेकपाको स्थायी कमिटीलाई 'स्थगन' कमिटी भन्दै व्यंग्य कस्न शुरू गरेका छन् । असार १० गतेदेखि शुरू भएको स्थायी कमिटी बैठक आधादर्जन पटक स्थगित भइसकेको छ ।
स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले ट्वीटरमा लेखेका छन्, 'नेकपा स्थायी कमिटी बैठक ११ बजेबाट ३ बजेलाई सरेछ । अब कति सर्ने हो ? लाजै मर्दो भो अब त !' ३ बजेसम्म स्थगित भनिएको बैठक पुनः आइतवारलाई सारिएको छ ।
स्थायी कमिटी बैठक आइतवारलाई सारेर नेताहरू शनिवार सचिवालय बैठक बोलाउन सहमत भए । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिरहेका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच हुन नसकेको 'असहमति' सचिवालय बैठकको एजेण्डा बन्न गइरहेको छ ।
महासचिव विष्णु पौडेल सहमतिका लागि समय चाहिएकाले स्थायी कमिटी बैठक स्थगित गर्नुपरेको बताए । उनले लोकान्तरसँग भने, 'शीर्ष नेताहरूबीच सहमति खोज्नका लागि स्थायी कमिटी बैठक आइतवारलाई सारिएको हो । यो बीचमा नेताहरूबीच थप अनौपचारिक छलफल हुनेछ भने शनिवार सचिवालय बैठकमा नेताहरू खुलेर कुरा राख्नुहुन्छ ।'
पौडेलले आम कार्यकर्ताले पार्टी फुटेको देख्न नचाहेकाले उनीहरूकै भावनाअनुरुप अघि बढ्ने सहमति हुने बताए । 'आम जनता र नेता कार्यकर्ताको भावनाविपरित पार्टी जाँदैन,' पौडेलले भने, 'त्यसैका लागि हामी समय लिएर सहमति खोज्दैछौं ।' पौडेलले शनिवार बस्ने सचिवालय बैठकका लागि कुनै खास एजेण्डा नभएको बताए ।
विवाद समाधानका लागि भन्दै अध्यक्षद्वय ओली र प्रचण्ड पटक-पटक एक्लाएक्लै वार्ता गरिरहेका छन् । जारी पाचौं स्थायी कमिटी बैठक स्थगित गर्दै हरेकदिन जसो अध्यक्षद्वयबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटघाट हुने गरेको छ तर भेटघाटले पार्टी विभाजन जोखिम पनि घटाएको छैन भने एकढिक्का भएर अघि जाने खुसी पनि नेता कार्यकर्तालाई दिन सकेको छैन ।
न त प्रचण्ड-नेपाल पक्षले ओलीको राजीनामाको अडान छाडेको छ, न त प्रधानमन्त्री ओलीले मार्गप्रशस्त गर्ने कुनै छाँटकाँट देखाएका छन् । 'सरकार राजनीतिक र कूटनीतिक रूपमा पूर्ण असफल भएको छ,' नेपालनिकट एक नेताले लोकान्तरलाई भने, 'आफू असफल भएको महसुस गरेर प्रधानमन्त्रीजीले राजीखुसीले राजीनामा गर्नु नै अहिलेको उत्तम विकल्प हो ।'
पार्टीले गलहत्याएको सन्देश जाने गरेर ओली राजीनामा गर्ने मुडमा छैनन् । संकटका बेलामा प्रधानमन्त्रीले छोडे देश झन् अस्थिरतामा फँस्ने तर्क ओलीपक्षको छ । बरू सहमतिका लागि भन्दै 'टाइम बाइ' गर्न सके प्रचण्ड-नेपाल समूह ओलीको राजीनामाबाट पछि हट्न सक्ने आंकलन बालुवाटारको रहेको छ ।
'तत्कालका लागि प्रधानमन्त्री ओलीको विकल्प छँदैछैन,' ओलीनिकट एक नेताले भने, 'पार्टीको विधानले उहाँलाई अध्यक्ष मानेको छ भने संसदीय दलले प्रधानमन्त्री मानेको छ । यतिबेला उहाँ(ओली)को विकल्प खोज्ने हो भने पार्टी विभाजन हुने र देश अस्थीरतामा फँस्नेछ ।'
त्यसो भए सहमति कसरी हुन्छ त भन्ने प्रश्नमा उनले भने, 'जिम्मेवारी बाँडफाँड गरेर अघि बढ्न सकिन्छ, पुराना सहमतिहरूको थप मूर्त व्याख्या गरेर अघि बढ्न सकिन्छ । धेरै बाटाहरू छन् । सबै विकल्प सकियो भन्ने होइन ।'
अध्यक्षद्वयबीचको निरन्तरको भेटघाटपछि असार २६ गते बोलाइएको स्थायी कमिटी बैठक साउन २ सम्म सारिएको थियो । गतसाता प्रधानमन्त्री ओलीले अतिवृष्टिका कारण देशभर निम्तिएको प्राकृतिक विपत्तिका बारेमा सम्बोधन गरेका थिए । उनले पार्टीभित्र समस्या देखिएको तर त्यसलाई धैर्यता र संयमता अपनाएर समाधान गरिने बताएका थिए ।
त्यसको भोलिपल्ट आफ्नो गृहजिल्ला चितवन पुगेका प्रचण्डले आफूले हतार गरेको भए देश दुर्घटनामा पर्ने भन्दै केही न केही सहमति भएको संकेत गरे । नेकपाका अधिकांश नेताहरू पनि अध्यक्षद्वयबीच केही न केही समझदारी भएको अनुमान गरेका थिए ।
बिहीवार प्रधानमन्त्रीनिवास बालुवाटारमा ओली, प्रचण्ड र नेपालबीच सघन वार्ता भयो । प्रचण्ड र नेपालले ओलीले राजीनामा दिनुपर्ने पुरानो अडान दोहोर्याए भने ओलीले राजीनामा नदिने अडानबाट टसको मस भएनन् । केही समझदारी हुने अनुमान गरेका दोस्रो पुस्ताका नेताहरूमा त्यतिबेला खल्लोपना छायो, जतिबेला तीनै नेताहरूले पुरानो अडान नत्यागेको समाचारहरू सार्वजनिक भए ।
तीन नेताको भेटघाट निष्कर्षबिहीन भएपछि बिहीवार साँझ प्रचण्डनिवास खुमलटारमा प्रचण्ड-नेपाल पक्षीय नेताहरू जम्मा भए भने बालुवाटारमा ओलीले आफूनिकट नेताहरूलाई बोलाएर सहमतिका लागि अहिलेसम्म भइरहेको प्रगतिबारे ब्रिफिङ गरेका थिए ।
गत असार १० गतेदेखि शुरू भएको नेकपा स्थायी कमिटीको पाचौं बैठकमा नेताहरूले धमाधम ओलीको राजीनामा माग्न थालेपछि ओली नराम्रोसँग चिढिएका थिए । उनले स्थायी कमिटी बैठक चल्दाचल्दै संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय मन्त्रिपरिषदबाट गराए । यसपछि विवादले झन् उत्कर्षको रूप लिएको थियो ।
सहमतिका लागि भन्दै असार १९, २१, २४, २६ र साउन २ गते बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरियो । यो बीचमा अध्यक्षद्वय ओली र प्रचण्डबीच असार १८, १९, २१, २२, २३, २४, ३१ र साउन १ गते भेटघाट र छलफल भयो । साउन १ गते (बिहीवार) नेता नेपालसहित त्रीपक्षीय भेटघाट भएको थियो ।
शुक्रवार ११ बजे बोलाइएको स्थायी कमिटी बैठक भन्दा अगाडि ओली र प्रचण्ड वार्तामै थिए । दुवै अध्यक्षको भेटघाट चलिरहँदा स्थायी कमिटी सदस्यहरूको मोबाइलमा बैठक ४ बजेसम्म स्थगित भएको भन्दै एसएमएस पुग्यो ।
अध्यक्षद्वयबीच भेटघाट सकिएपछि स्थायी कमिटी बैठक आइतवारसम्मका लागि स्थगित गरेर शनिवार सचिवालय बैठक बोलाउन सहमति बनेको थियो ।
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...