×

NMB BANK
NIC ASIA

मौद्रिक नीति : कोरोनाप्रभावित अर्थतन्त्रलाई पुनर्जीवन दिन यी हुन् कर्जा क्षेत्रमा भएका मुख्य परिवर्तन

साउन ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मौद्रिक नीति बृहत् आर्थिक नीति मध्येको एक महत्वपूर्ण नीति हो जसले वित्तीय   साधनहरूको विवेकपूर्ण प्रयोगलाई प्रोत्साहित गर्दै मुलुकको आर्थिक समृद्धि र स्थायित्वमा कायम राख्न ठूलो भूमिका खेलेको हुन्छ । 

Muktinath Bank

अर्थतन्त्रको माग र समष्टिगत आर्थिक परिसूचकलाई मध्यनजर गरेर मौद्रिक लक्ष्य निर्धारण गर्दै नीतिगत उपकरणको परिचालन विवेकपूर्ण रुपमा गरेमा मात्र आर्थिक वृद्धि, स्थायित्व, स्रोत र साधनको दक्ष परिचालन र रोजगारी प्रबर्द्धनको लक्ष्य हासिल गर्दै मुलुकले झेलेका समस्या समाधान गर्न र मुलुकको आर्थिक विकासमा योगदान पुग्न सक्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती सबै नीतिगत उपकरणहरू साधारण जनताले बुझ्ने खालका नभए पनि  प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा देश र जनता सबैको हितको लागि हुन्छन् ।  


Advertisment
Nabil box
Kumari

यो वर्षको बजेटले उत्पादन र रोजगारी बढाउने र नराम्ररी प्रभावित व्यवसायहरूका समस्यालाई खुलेर सपोर्ट गर्न सकेको थिएन । 

Vianet communication
Laxmi Bank

चाहेअनुसारको राहत प्याकेज पाउन नसकेपछि ऋणमा चल्ने सबै व्यवसायहरूले मौद्रिक नीति कुरेर बसेका थिए । 

शुक्रवार सार्वजनिक भएको मौद्रिक नीतिले भने सबै क्षेत्रको मागलाई सम्बोधन गर्दै बढी राहत भने बैंकबाट ऋण लिएर उद्योग व्यवसाय चलाउने ऋणीलाई दिएको छ ।

धेरै मानिसको भ्रम के छ भने मौद्रिक नीतिले पनि सरकारको बजेटले जस्तो सबै सर्वसाधारण जनतालाई प्रत्यक्ष सुविधा देओस्, बैंकहरूसँग धेरै पैसा छ त्यो हामीले सजिलै प्राप्त गर्न सक्नुपर्छ तर त्यो हुन सक्दैन । किनकी बैंक पनि अरूजस्तै सेवा दिने व्यवसाय नै हो ।

यसले पैसा बढी हुनेबाट निक्षेप लिएर लगानीको अभाव हुनेलाई ऋणको रुपमा दिएर एउटा पुलको काम गरेको हुन्छ । मौद्रिक नीति त देशमा  उद्यम गर्न चाहनेलाई सहज वातावरण बनाई देशको आर्थिक विकास र स्थायित्व कायम गर्न प्रतिबद्ध छ । 

राष्ट्र बैंक सबै आर्थिक क्षेत्रको अभिभावक भएको हुनाले मौद्रिक नीतिमार्फत अर्थतन्त्रका सबै क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने नीति ल्याएको छ ।

नेपाल उद्योग  वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायत निजी क्षेत्र सबैले मौद्रिक नीति चाहेअनुसारको आएको र अब कार्यन्वयन पक्षमा जोड दिनुपर्ने औंल्याएका छन् ।

कोरोनाको मारमा परेर उठ्नै नसकिने गरी थलिएका व्यवसायको मनोबल बढाएर राष्ट्र बैंकले यस विषम परिस्थितिमा उल्लेखनीय भूमिका खेलेको छ । 

२०७७ जेठ अन्त्यसम्ममा नेपाली अर्थतन्त्रमा सबै बैंक तथा वित्तीय संस्थाले गरेको कर्जा लगानी ३१७२ अर्व ९८  करोड रहेको छ । 

अहिले निजी क्षेत्रतर्फको कर्जा वृद्धिको २० प्रतिशत लक्ष्य राखेको छ भने वाणिज्य बैंकले अहिलेसम्म उत्पादनशील कर्जा कम्तिमा २५ प्रतिशतसम्म गर्नुपर्नेमा अव २०८१ को असारसम्ममा कृषि, पर्यटन र उर्जा गरी ४० प्रतिशत पुग्ने गरी लगानी गर्नुपर्ने विस्तारवादी नीति ल्याएको छ । 

कृषि कर्जा : कर्जा क्षेत्रमा मौद्रिक नीतिको पहिलो प्राथमिकता उत्पादनशील क्षेत्रको कर्जा विस्तार रहेको छ । अब  देशको आर्थिक विकासको लागि कृषि, उर्जा र पर्यटन क्षेत्र पहिलो प्राथमिकता भएकाले यो क्षेत्रको लगानी बढाउन मौद्रिक नीतिले जोड दिएको छ । 

अहिले वाणिज्य बैंकले जम्मा कर्जाको १० प्रतिशत कृषिमा लगानी गर्नुपर्नेमा  २०८० को असारसम्ममा १५ प्रतिशत पुर्‍याउनु पर्नेछ । 

कृषि ऋणपत्र, किसान क्रेडिट कार्ड, कृषि बैंक केन्द्रित कृषि कर्जा र तालिम लगायतका नीतिगत परिवर्तनले कृषि उत्पादन र रोजगारी बढाई आत्मनिर्भर नेपाल बनाउन सहयोग पुग्नेछ ।

कृषिको लागि जग्गा एकिकरण र लिज सुरक्षणको व्यवस्था साथै फलफूल खेतीको लागि दिइने कर्जा खराब हुँदा गर्नुपर्ने प्रोभिजनिङमा सहुलियत दिएकाले बैंक पनि यस्तो कर्जा लगानीमा पछि हट्ने छैनन् । 

उर्जा कर्जा : उर्जा क्षेत्रमा कम्तिमा १० प्रतिशत लगानी , उर्जा ऋणपत्र, यो क्षेत्रको कर्जाको ब्याज पूँजीकरण र विद्युत् उत्पादन गरी निर्यात शुरू गर्ने कम्पनीलाई बेस रेट प्लस १५ मा कर्जा प्रवाहजस्ता नीतिले उर्जा क्षेत्रको कर्जा विस्तारमा सहयोग गर्ने छ र उर्जा उत्पादन र प्रयोगमा वृद्धि भई पेट्रोलियम आयात न्युन हुने छ र विद्युत निर्यात बढ्ने छ । 

पर्यटन कर्जा : यो कर्जा सहज उपलब्ध गराउने वातावरण मिलाई २०८१ को असार अन्त्यसम्ममा पर्यटन क्षेत्रको कर्जा लगानी पनि १५ प्रतिशतमा पुर्‍याउनु पर्ने व्यबस्था गरेको छ । यसले पर्यटन क्षेत्रमा सेवा सुबिधा बढी, पर्यटक आगमनको वृद्धिले विदेशी मुद्रा आर्जनदेखि आन्तरिक पर्यटन फस्टाउने देखिन्छ । 

यो क्षेत्रमा दिइने सहुलियत कर्जाको ब्याज ५ प्रतिशत हुनुपर्ने र  अति प्रभावित पर्यटन व्यवसायीको कर्जाको किस्ता तिर्ने समय एक वर्षसम्म सारिदिएकाले पर्यटन व्यवसायी यो प्रतिकुल अवस्थामा टिकेर पुनः सञ्चालनमा आउनेछन् । यो राहतले पर्यटन क्षेत्रका व्यवसायीको ठुलो अपेक्षा पूरा भएको छ ।   

सहुलियत कर्जा : मौद्रिक नीतिले सहुलियत कर्जा र पुनरकर्जा लागि ठुलो प्याकेज ल्याएको छ । २०७७ को जेठ अन्त्यसम्म करिब २९००० ऋणीले ५५ अर्ब सहुलियत कर्जा लिएका छन् र यसलाई अझ प्रभावकारी र सन्तुलित कार्यन्वयनको लागि मौद्रिक नीतिले प्रत्येक वाणिज्य बैंकको शाखाले कम्तिमा ५०० वा न्युनतममा १० प्रतिशाखा तोकिएको क्षेत्रमा ५ प्रतिशतको ब्याजदरमा उपलव्ध गाराउनुपर्ने व्यवस्था गरेको छ ।

यो  व्यवस्थाले बैंकको ऋणमा साना व्यवसायी र साधारण जनताको पहुँच पुग्नेछ र कर्जाको असमान वितरण हट्नेछ ।

पुनरकर्जा :आर्थिक पुनरुत्थानको लागि ल्याइएको पुनरकर्जाको व्यवस्थाले निर्यात जन्य, रुग्ण र लघु घरेलु तथा साना उद्योगले ३ देखि ५ प्रतिशत ब्याजमा कर्जा पाउने छन् ।

सरकारले बजेटमा १०० अर्बको  पुनरकर्जा घोषणा गरेपछि नेपाल राष्ट्र बैंकले यसको लागि पुनरकर्जा कार्यविधि बनाएर लागू गर्ने तयारीमा छ ।

यो पुनरकर्जा पहिले त्यति प्रभावकारी नभएको र पहुँचवालाले मात्र ठूलो रकम प्रयोग गरेकोले अहिले साना साना व्यवसायीले सजिलो तरिकाले पाउने गरी व्यवस्था गरेको छ ।  

यसले महामारीको कारण बन्द गर्ने अवस्थामा पुगेका उद्योग व्यवसाय पनि रिब्याक हुन सक्नेछन् र देशको उत्पादन साथै निर्यात बढ्ने छ । 

पुनरकर्जाको लागि १०० अर्बको कोष खडा गरिएको र आवश्यक परे बढाउने व्यवस्था गरिएकाले यो शतप्रतिशत प्रयोग गर्ने र कर्जा दुरुपयोग नगर्ने हो भने बजेटले लिएको आर्थिक वृद्धि लक्ष्य हासिल गर्न सकिन्छ ।   

साना तथा मझौला उद्योग  कर्जा : कोरोना प्रभावित पर्यटन, घरेलु साना तथा मझौला उद्योग निरन्तरता दिन र अति प्रभावित क्षेत्रका कामदारको रोजगार गुमेकाले ती बेरोजगारलाई उद्यमशीलतामा लाग्न सरकारको ५० अर्बको कोष प्रयोग गरी ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने व्यवस्था गरिएकाले रोजगार गुमेकाहरूको आत्मबल बढ्नेछ तर यो स्किम प्रभावकारी बनाउन सम्बन्धित निकाय, बैंकले ठूलो भूमिका खेल्नुपर्छ । 

विगतमा पनि यस्ता खालका योजनाहरूको नआएका होइनन् तर कार्यन्वयन गर्न  बैंकले आनाकानी गरेकोले प्रभावित क्षेत्रले अपेक्षित फाइदा लिन सकेका थिएनन् । 

आशा छ, अहिले आएका योजनाहरूको पूर्ण कार्यान्वयन हुनेछ । उद्योग  व्यवसाय पुनरुत्थानको लागि चालु पूँजी कर्जा लिएका ऋणीले थप २० प्रतिशत कर्जा पाउनेछन् र यस्ता कर्जाको नवीकरणको समय सीमा पनि बढाइएको छ ।

धेरै प्रभावित क्षेत्रको कर्जा व्यवस्थापनको लागि ग्रेस प्रेड ६ महिना देखि २ वर्षसम्म थप्ने र कर्जा पुनरतालिकीकरणदेखि ब्याज पूँजीकरणको व्यवस्था मौद्रिक नीतिले गरेको छ । यसले व्यवसाय सञ्चालनमा कर्जा प्रयोग गर्नेलाई    सहजीकरण गरेको छ । 

यो बेला उद्योग व्यवसाय सञ्चालनमा नभएका र कर्जाको सावा ब्याज तिर्न नसक्नेलाई कम, मध्यम र अति प्रभावित क्षेत्र छुट्याएर २०७७ पुष मसान्तदेखि २०७८ असारसम्म भुक्तानी दिने समय थपिएको छ र डिमान्ड र क्यास कर्जाको नवीकरणको लागि पनि २०७७ पुषसम्म समय थपिएको छ । 

यो अवधिसम्म कर्जा वर्गिकरण गरी प्रोभिजनिङ गर्नुपर्ने छैन । यसले गर्दा कर्जा असुल नभएपनि बैंकको ब्यालेन्स सिटमा नराम्रो प्रभाव देखिदैन र बैंक पनि लगानी गर्न उत्साहित हुनेछन् ।

शेयर कर्जा : शेयर धितोमा दिने मार्जिन कर्जाको विस्तारमा पनि नेपाल राष्ट्र बैंक केहि उदार देखिएको छ । मार्जिन कर्जाको सिमा ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशतमा पुर्‍याएको छ । 

यसको मतलव यदि ऋणीले रु.१०० बराबरको शेयर धितो राखेमा रु. ६५ ऋण पाउनेमा अब त्यहि धितोमा रु.७० पाउन सक्छ र अर्कोतर्फ शेयरको मूल्याङ्कन गर्दा १८० दिनको औसत मूल्य व्यवस्थालाई घटाएर १२० दिन कायम गरिएको छ । यसले शेयर कर्जाको विस्तारमा सहयोग पुग्नेछ र शेयर मूल्य घटेर पीडामा भएका ठूला लगानीकर्ताले केही राहत पाउनेछन् ।

आवास कर्जा : उत्पादनशील कर्जा मात्र नभएर व्यक्तिगत घर निर्माणको लागि पहिलो घर बनाउन निजी आवास कर्जा र शहरी विकासको लागि व्यवसायिक आवास आयोजनाले लिने कर्जामा कर्जा सुरक्षण मूल्य ६० प्रतिशत कायम गरिने छ र यो कर्जाको अरु प्रावधान भने यथावत राखिएको छ ।

लघुवित्तले प्रधान गर्ने कर्जा : मौद्रिक नीतिले घ वर्गका लघुवित्तले दिने न्यून वर्ग कर्जाको सीमा सात लाखबाट पन्ध्र लाख पुर्‍याएको छ र कर्जा ब्याज सिमा १५ प्रतिशतभन्दा बढी नहुने गरी कर्जा लगानी गर्न निर्देशित गरेको छ ।

लघुवित्तबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीले भने प्रभावित भएकाका लागि मात्र ६ महिनासम्म किस्ता तिर्ने समय बढाइने छ  । 

निजी क्षेत्रका संगठन र ठूला व्यवसायीको दृष्टिकोणमा मौद्रिक नीतिले निजी क्षेत्रका सबैजसो माग सम्बोधन गरेकोले आशा छ अर्थतन्त्र ‘अंग्रेजी भि’ आकारको रिकभरीमा जानेछ । 

कोरोनाकालको विस्तारवादी मौद्रिक नीतिले ऋणी, उद्योग  व्यवसायीको मात्र संरक्षण नभएर महामारीको प्रभावको चपेटामा परेका बैंकको व्यवसाय जोगाउनको लागि पनि धेरै नीतिगत छुट दिएको छ । 

जस्तै प्रोभिजनिङमा सहुलियत, स्प्रेडदरको व्यवस्था खारेज, निक्षेप संकलनमा दिने ब्याजदरको सिलिङ हटाउनु, सीसीडी ८० प्रतिशतबाट ८५ प्रतिशतमा बढाउनु आदि । 

यस्ता नीतिगत सहुलियतले गर्दा व्यवसायी मात्र नभएर बैंकहरू पनि मौद्रिक नीतिप्रति सकारात्मक छन् । 

आशा गरौं दक्ष गभर्नर र राष्ट्र बैंकको नेतृत्वमा आएको मौद्रिक नीतिले निर्देशित गरे अनुसारको कार्यन्वयन पक्षमा बैंकहरूले प्रभावकारी भूमिका खेल्नेछन् र जसमा हामी सबै सरोकारवालाहरूको सहयोग रहनुपर्छ।

([email protected])

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x