×

NMB BANK
NIC ASIA

प्रचण्डको समर्थन या प्रतिरक्षामा केही लेख्नुपर्‍यो भने दिलनिशानी मगर लेख्छन्– ‘दुर्लभ पाटे बाघ हुन् प्रचण्ड, माछा जस्तो बल्छीमा पर्दैनन् !’ प्रचण्ड स्वयं पनि बेलाबखत आफूहरू बेग्लै धातुबाट बनेको भन्ने गर्दथे । तर प्रचण्डले यस हप्ता अत्यन्त निरीह अभिव्यक्ति दिए, परिबन्दमा परेँ भनेर ।

Muktinath Bank

‘परिबन्दमा परेर शनिवार राति राष्ट्रपति निवासमा गएको’ प्रचण्डको अभिव्यक्तिले अहिले राजनीति तातेको छ । सामाजिक सञ्जाल ‘परिबन्द’मय बनेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक सकिएपछि प्रचण्ड राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए ।


Advertisment
Nabil box
Kumari

‘सचिवालय बैठकपछि प्रधानमन्त्रीजीलाई भेट्न उहाँको निवासतर्फ (बैठक हलबाट बालुवाटारभित्रको प्रधानमन्त्री निवास) जाँदै थिएँ, प्रधानमन्त्रीजीले म त राष्ट्रपति कार्यालयमा आइपुगेको छु, तपाईं पनि यतै आउनुस् भनेपछि म राष्ट्रपति कार्यालय गएको हुँ,’ प्रचण्डले आइतवार आफ्नै निवास खुमलटारमा माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरूसँग आफू शितल निवास गएको बारे स्पष्टीकरण दिएका थिए । 

Vianet communication
Laxmi Bank

यतै आउनुस् भन्ने प्रधानमन्त्रीको एक आखर (वचन)मै शितलनिवास गएका प्रचण्डलाई त्यस्तो के ‘परिबन्द’ पर्‍यो ? नेपाली वृहत् शब्दकोशमा परिबन्दलाई ‘चारैतिरबाट फन्दामा पर्ने काम’ भनेर व्याख्या गरिएको छ । सरकारको नेतृत्वकर्ता दल नेकपाका कार्यकारी अध्यक्ष शनिवार के प्रचण्ड कसैको फन्दामा परेका थिए ? या अर्ली महाधिवेशनको प्रस्तावमा सहमति जनाइसकेपछि उम्कन प्रयोग गरिएको अस्त्र भन्नेमा नेकपाका नेताहरू नै अलमलमा छन् ।  
विश्वस्त स्रोतका अनुसार शनिवारको सचिवालय बैठकमा प्रचण्ड अन्य दिनभन्दा अलि फरक ढंगले प्रस्तुत भएका थिए । 

असार १६ गते चर्को स्वरमा प्रधानमन्त्री ओलीको राजीनामा मागेका प्रचण्डले शनिवारको सचिवालय बैठकमा भने ओलीको राजीनामाको कुरै उठाएनन् । 

स्मरणीय छ, ओलीको राजीनामा माग गरिएपछि नेकपा स्थायी कमिटी बैठक लगातार स्थगित छ । असार १८ पछि ओली–प्रचण्डबीच भएका दर्जनौं भेटवार्तामा उनीहरू कुनै सहमति नजिक पुगेका थिए, त्यो थियो महाधिवेशनबाट एकल अध्यक्ष बन्ने प्रस्ताव । शनिवार ओलीले अर्ली महाधिवेशनको प्रस्ताव गरेपछि प्रचण्डले समर्थन गरेका थिए । बरु, प्रचण्ड–नेपाल समूहका अन्य नेताहरूले प्रश्न उठाएका थिए । 

शनिवारदेखि आइतबारका बीच प्रचण्डमा आएको युटर्नलाई देखेर ओली खेमा पनि आश्चर्यमा परेको छ । प्रचण्डले बोली फेरेपछि आइतवार साँझ ओली–प्रचण्डबीच अविश्वास अन्त्य गर्ने बारेमा छलफल भएको थियो । स्रोतका अनुसार प्रचण्ड अवाक भए । सोमवार आफ्नै निवासमा पूर्वमाओवादी पृष्ठभूमिका स्थायी कमिटी सदस्यहरूसँग प्रचण्डले बाहिर पदको लडाईं जस्तो देखियो, यो विवाद वैचारिक हो भनेर बहस चलाउनुपर्‍यो भनेर आग्रह गरे । 

हतारमा अभिव्यक्ति दिने र पछुताउने प्रचण्डको विगतदेखिको बानी हो । आफ्नो विश्वसनीयता घटाउने गरी प्रचण्डले यसअघि पनि यस्तै अभिव्यक्ति दिँदै आएका थिए । कहिले ‘दूतावासमा त पहिले ७ पटक पनि आएको थिएँ, यसपटक पत्रकारले देखे’ त कहिले फेरि अर्को माओवादी जन्मिन्छ भन्ने खालका ।

दुई नेतालाई जुधाएर शक्ति संघर्ष 

नजिकबाट नियाल्नेहरू प्रचण्डले जहिले पनि दुई नेताको अन्तरसंघर्षबाटै शक्ति आर्जन गर्ने गरेको बताउँछन् ।

‘माओवादीमा छँदा मोहन वैद्य र बाबुराम भट्टराईबीच अन्तरसंघर्ष गराएर शक्ति आर्जन गरेका थिए, अहिले नेकपाभित्रको अन्तरसंघर्षमा खेल्दैछन्, यो प्रचण्डको बानी हो ।’

तत्कालीन माओवादी र तत्कालीन एमाले मिलेर नेकपा बनेपछि नेकपाभित्र एमाले र माओवादीभन्दा पनि एमालेका दुईवटा खेमाको अन्तरसंघर्षको उपज अहिले देखिएको विवाद हो ।

‘अहिले नेकपाभित्र देखिएको विवादको जड पूर्व एमाले खेमाकै दुई गुट र प्रवृत्तिको अन्तरसंघर्ष हो, समीकरण फेरिएको के मात्र हो भने प्रचण्ड जता ढल्किन्छन् त्यही समूह नेकपामा हावि हुन्छ,’ माधव नेपालनिकट एक केन्द्रीय सदस्य भन्छन् ।

दुई नेताबीच सन्तुलन मिलाएर अघि बढ्न प्रचण्डलाई हम्मेहम्मे भएको छ । ओलीसँग सहमति गरेर पार्टी एकता गरेका कारण प्रचण्ड ओलीको साथ छाड्न चाहँदैनन् भने ओलीले आफूलाई कर्नरमा पारेको समयमा माधव नेपालको भर पर्नुपर्ने हुँदा नेता नेपाललाई पनि उनी बिच्काउन चाहँदैनन् । 

आगामी महाधिवेशनबाट ओलीले अध्यक्ष लड्न रुचि नराखेमा प्रचण्डको प्रतिष्पर्धा माधव नेपालसँग नै हुने भएकाले नेपालभन्दा ओलीसँगै रहँदा राजनीतिक भविष्य आकलन गरिरहेका छन्, प्रचण्डले । ओली समूहमा नेतृत्वका लागि दोस्रो पुस्ता तयार भइनसकेको अवस्थामा आफूले त्यो स्पेस पाउन सक्ने प्रचण्डको आकलन रहेको निकटस्थहरू बताउँछन् ।

आफूलाई पूर्व एमालेले अंगीकार गरेको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)को भारी बोकाउन लागेपछि आफू सशंकित भएको प्रचण्डले आइतवार निकटस्थहरूलाई सुनाएका थिए ।

एकताअघि एमालेले बहुदलीय जनवाद र माओवादीले २१ औं शताब्दीको जनवादलाई कार्यदिशा बनाएकोमा पार्टी एकतापछि जनताको जनवादको कार्यदिशा तय गरिएको थियो । 

गत जेठ ३ गते मदन आश्रित स्मृति दिवसका अवसरमा जारी गरेको वक्तव्यमा भने जनताको बहुदलीय जनवादलाई स्वीकार गरेको आशयको वक्तव्यमा प्रचण्डले हस्ताक्षर गरेका थिए ।

कहिले लचक, कहिले अस्थिर !

भत्किनै लागेको र टुट्नै लागेको कडी जोड्न सिपालु छन्, प्रचण्ड । यही चतुरताले उनी राजनीतिमा टिकिराखेका छन् ।

‘अहिले आफूले विरोध गरिरहेको चिजलाई भोलि समर्थन गरेर यही ठीक हो भनेर कार्यकर्तालाई कन्भिन्स गर्न सक्ने खुबी प्रचण्डमा छ,’ उनीसँग संगत गरेका एक स्थायी कमिटी सदस्य भन्छन् । 

माओवादी कालमा कहिले बाबुराम र कहिले वैद्यसँग मिलेजस्तो अहिले नेकपामा कहिले ओली र कहिले नेपालसँग मिलेर शक्ति आर्जनको खेलमा लाग्ने गरेको आरोप पार्टी भित्रबाटै लाग्ने गरेको छ ।

‘छोटोछोटो समयमा अडान त्याग गर्दा आफ्नै सहयोगी, विश्वासपात्र र कार्यकर्ताले साथ दिँदैनन्,’ एक स्थायी कमिटी सदस्य भन्छन् । 

शान्ति प्रक्रियामा आएको डेढ दशक बितिसक्दा र दुईपटक सरकारको नेतृत्व गरिसकेका प्रचण्डले बेलाबखत दिने गरेका अभिव्यक्तिले उनको अपरिपक्वतालाई प्रर्दशित गर्ने गरेको छ । 

परिबन्द कि चौघेरामा प्रचण्ड ? 

परिबन्दमा परेर शितल निवास गएको बताएपनि सहमति बाहेक प्रचण्डसँग अर्को विकल्प छैन । ओलीसँग तिक्तता बढाएर तत्कालै प्रचण्ड नेकपा छाड्ने अवस्थामा छैनन्, न त ओलीलाई हटाउने सामर्थ्य राख्छन् । 

पूर्वमाओवादी खेमा नै ‘होल्ड’ गर्न नसकेका प्रचण्ड मिलेरै जानुपर्छ भन्ने निकटस्थहरूको चौघेरामा छन् । प्रचण्डलाई सधैँ साथ दिँदै आएका हरिबोल गजुरेल र जनार्दन शर्मा समेत ओलीसँग मिलेर जानुपर्छ भन्नेमा छन् । प्रचण्डलाई संकटमा साथ र सुझाव दिँदै आएकामध्ये अग्नि सापकोटा दलीय राजनीतिभन्दा माथि सभामुखको आसनमा छन् भने कृष्णबहादुर महरा निष्क्रिय जस्तै छन् ।

वामपन्थी विश्लेषक नरेन्द्रजंग पिटर प्रचण्ड खेमा (माधव नेपाल, झलनाथ खनालसहित) र बालुवाटारको ओली खेमा दुवैको अंकगणितको क्याल्कुलेटर बिग्रिएका कारण नेकपा संकटको चक्रब्युहमा फसेको विश्लेषण गर्छन् । 

‘टकराहट र अहंकारको खेलले सरकारी नेकपाको राजनीतिक अभ्यास भएर देखिराखेको छ, यो चाहिँ भनिरहन परेन, सरकारी नेकपा अत्यन्तै खतरा घोप्टेभीरको छाँगोमा उभिएको छ । त्यसले त्यो पार्टीको मात्र नभइकन देशकै समस्याको रूपमा देखिएको छ,’ पिटरले लोकान्तरसँगको कुराकानीमा भने, ‘बहसहरू अन्यत्र मोड्ने प्रयत्न भएका छन् । कुनै सिद्धान्त राजनीति, विचार, दर्शन केही पनि छैन, केको विषयमा हामी झगडा गरिरहेका छौं भन्ने विषयमा प्रचण्ड–माधवजीले सार्वजनिक विश्वास लिन सक्नुभएको छैन ।’

विश्लेषक पिटर टुट्न सक्ने झुक्न नसक्ने नेपाली राजनीतिक चरित्र नेकपामा लागू भइरहेको बताउँछन् ।

‘प्रचण्डलाई मात्र केन्द्रित नगरौं, दुईवटै खेमाको अंकगणितको क्याल्कुलेटर बिग्रेको छ । क्याल्कुलेटर बिग्रिएपछि अनौठा–अनौठा शर्तहरू फ्याँकिन्छन्, महाधिवेनशको तुरुप र परिबन्दको कुरा त्यही हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x