बालोन डि ओर यस वर्ष कसैलाई पनि नदिइने

विश्व फूटबलको प्रतिष्ठित अवार्ड बालोन डि ओर यसपटक कसैलाई पनि नदिइने भएको छ ।

कोरोनाभाइरस (कोभिड- १९) ले फूटबलमा पुर्‍याएको अवरोधका कारण यसवर्ष कसैलाई पनि बालोन डि ओर नदिइने घोषणा फ्रान्स फूटबल म्यागेजिनले गरेको हो ।


Advertisement

सन् १९५६ यता बालोन डि ओर कसैलाई पनि नदिन लागिएको पहिलोपटक हो ।

सन् २०१९ मा बार्सिलोनाका स्टार लियोनल मेस्सीले उक्त अवार्ड पाएका थिए ।


Advertisement

मेस्सी बालोन डि ओरका कीर्तिमानी (६ पटकका) विजेता समेत हुन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्