×

NMB BANK
NIC ASIA

धनीमानी सांसदको लोभ : ५–१० हजार उपचार खर्च पाउन ताक्छन् सरकारी ढुकुटी !

साउन ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सांसद विष्णु पन्थीको बुटवल लक्ष्मीनगरमा २ तले घर छ । ५ नम्बर प्रदेशसभा सांसद रहेका पन्थीको कपिलवस्तुको बाणगंगामा पनि घर छ, उनको आफ्नै गाडी पनि छ ।

Muktinath Bank

आर्थिक रुपमा सम्पन्न नै मानिएका प्रदेश सांसद पन्थीले सामान्य औषधि उपचारमा समेत राज्यकोषबाट आर्थिक सुविधा लिने गरेका छन् । प्रदेशसभा सचिवालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा पन्थीले प्रदेश सभाबाट उपचार खर्च लिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाकै सांसद भोजप्रसाद श्रेष्ठ तत्कालीन बुटवल नगरपालिकामा मेयर भएका व्यक्ति हुन् । बुटवलको सुख्खानगरमा श्रेष्ठको २ तले घर छ । श्रेष्ठका १ छोरा औषधि व्यवसायी र अर्का डाक्टर छन् । सामान्य उपचार खर्च आफैं व्यहोर्न सक्ने अवस्था भए पनि सांसद श्रेष्ठले राज्यकोषबाट उपचार खर्च लिएका छन् ।


Advertisment
Nabil box
Kumari

नेकपा सांसद दधिराम न्यौपानेको पनि बुटवलमा घर छ । उनको पनि आर्थिक अवस्था राम्रै मानिन्छ । तर उनी पनि राज्यकोषबाट सुविधा लिने मामलामा पछि परेनन् । आर्थिक हैसियत राम्रै भए पनि सांसदहरूले सरकारी सुविधाको उपचार खर्चमा लोभ देखाउने गरेका छन् ।

Vianet communication
Laxmi Bank

५ नम्बर प्रदेशका २८ सांसदले उपचार खर्चको नाममा सामान्य चेकजाँचको समेत बिल पेश गरेर आर्थिक वर्ष २०७६/०७७ मा झण्डै १५ लाख रुपैयाँ बुझेका छन् । उपचार कोषबाट रकम बुझ्नेमा पारिवारिक रूपमा आर्थिक हैसियत राम्रो भएका र आफ्नो घर भाडामा लगाएर हजारौं रुपैयाँ उठाउने सांसदहरू पनि छन् । 

प्रदेशसभा सचिवालयका अनुसार २८ सांसदले १ वर्षमा उपचार खर्चबापत १४ लाख ४९ हजार ५५० रूपैयाँ बुझेका हुन् । प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको स्वास्थ्य उपचार सम्बन्धी कार्यविधि २०७६ बनेपछि उपचार खर्च लिन थालिएको हो । उपचार कोषबाट रकम लैजानेमा राष्ट्रिय जनमोर्चाबाहेक अन्य राजनीतिक दलका सांसद छन् । प्रदेश सभामा नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदको प्रतिनिधित्व छ ।

सुगर, दाँत, ग्यास्टिक जाँच गरेको पनि बिल पेश गरेर सुविधा लिएका छन् । चिकित्सकको प्रेस्क्रिप्सन, औषधि र मेडिकल जाँचको रिपोर्ट र बिलसहित सचिवालयमा निवेदन पेश भएपछि उपचार कोषबाट रकम पाइने व्यवस्था छ । कार्यविधि अनुसार १ जना सांसदले उपचारबापत १ वर्षमा ५ लाख रूपैयाँसम्म उपचार कोषबाट रकम लिन पाउने व्यवस्था छ ।

प्रदेश सभाका एक कर्मचारीले भने, ‘सामान्य चेकजाँच गरेका चिकित्सकको प्रेस्क्रिप्सनका आधारमा समेत उपचार कोषबाट माननीयहरूले रकम बुझ्नुभएको छ । रीतपूर्वक निवेदनसहित पेश गरेका छन् ।’ स्रोतका अनुसार ५० लाखभन्दा बढी मूल्यका गाडी चढेर प्रदेश सभामा आउने, जिल्ला सदरमुकाममा ३ तले घर भएका सांसदले समेत राज्यकोषबाट ५ हजार रुपैयाँसम्मको उपचार खर्च समेत बुझ्ने गरेका छन् । सचिवालयका कर्मचारीले कुन सांसदले कति–कति रकम बुझे भन्ने खुलाउन चाहेनन् । प्रदेशमा ८७ सांसद छन् ।

यी हुन् उपचार खर्च लिनेहरू

सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, स्व. बलदेव शर्मा पोखरेल, दधिराम न्यौपाने, दीपा विक, डा. कृष्ण न्यौपाने, कल्पना पाण्डे, भोजप्रसाद श्रेष्ठ, अष्टभुजा पाठक, मोहम्मद याकुम अन्सारी, पार्वती पुन गहतराज, लौटी थारु, सरस्वती गौतम, धमकली चौधरी, पुष्पा चौधरी, आशा स्वर्णकार, बसिउद्धिन खान, थानकुमार थापा, बिमला पन्थी, विजयबहादुर यादव, शान्तिदेवी स्वर्णकार, निर्मला क्षेत्री, रुन्टावती शर्मा, कमलराज श्रेष्ठ, पुर्मती ढेगा, गीता थापा, कृष्णा केसी, विष्णु पन्थी ।

प्रदेश सभाका पदाधिकारी र सदस्यका लागि १ करोड २४ लाख ४१ हजार रुपैयाँको उपचार कोष छ । सांसद र पदाधिकारीका लागि उपचार खर्चमा जति रकम जान्छ, त्यति नै प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सोधभर्ना दिन्छ । 

सचिवालयका अनुसार प्रमुख प्रतिपक्षी दलका नेता स्व. बलदेव शर्मा पोखरेलको नाममा ४ लाख ८६ हजार ८२४ रूपैयाँ खर्चबापत बुझिएको छ । प्रदेशसभा विपक्षी दलका तत्कालीन नेता पोखरेलको गत माघ ६ गते क्यान्सर रोगका कारण ८२ वर्षको उमेरमा निधन भएको थियो । 

अन्य सांसदले ५ हजारदेखि १ लाख रूपैयाँसम्म उपचार खर्च लिएका छन् । प्रदेश सभाका अर्का कर्मचारीले भने, ‘सांसदहरूले नैतिकताका आधारमा सुविधा लिन्न भन्नुुभएको छैन । कानूनको सेवासुुविधा छोड्दिन भन्नेलाई हामीले केही भन्न मिल्दैन ।’

ट्रान्सपरेन्सी इन्टरनेसलन नेपाल च्याप्टरका अध्यक्ष खेमराज रेग्मीले कोभिड–१९ को महामारीले अर्थतन्त्र संकुचनमा परेको समयमा सांसदले आफ्नो उपचार कोषको रकम जनस्वास्थ्यको क्षेत्रमा खर्च गर्नुहोस् भनेर महानता देखाउन सकेको भए राम्रो हुुने बताए ।

रेग्मीले भने, ‘कानून नै बनाएर सुविधा लिने व्यवस्था गरिएपछि किन लिएका होलान् भन्न मिल्दैन । महामारीमा राज्यले नै कानून बनाएर उपचार बापतको रकम जनताको उपचार कोषमा राखौ भनेको भए बाध्य हुन्थे तर आर्थिक रुपमा सम्पन्नहरूले सानो–सानो रकम पनि उदारता र नैतिकताले लिन्न भनेको भए राम्रो हुने थियो ।’

प्रदेशसभा सभामुखको ५३ हजार, उपसभामुखको ५०, विपक्षी दलका नेताको ५० र सचेतकको ४८ हजार र सदस्यको ४५ हजार रुपैयाँ मासिक पारिश्रमिक रहेकोमा साउनदेखि सेवासुविधा १५ देखि १८ प्रतिशतसम्म बढाइएको छ । संसदले बैठक भत्ता १ हजार पाउँछन् । सांसदलाई घरभाडाबापत १५ हजार रुपैयाँ समेत उपलब्ध गराइन्छ । बुटवलमा घर हुुनेलाई ७ हजार ५०० रुपैयाँ दिइन्छ । सांसदले इन्धन खर्चदेखि गाडीको मोबिल समेत पाउँछन् । 

(यो रिपोर्ट फ्रीडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो ।)

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x