×

NMB BANK
NIC ASIA

आलेख

नेपाल भारत सम्बन्धमा दरार : दक्षिणको खराब व्यवहार र प्रधानमन्त्रीको गैरकूटनीतिक बोली !

साउन ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल र भारतका बीचको सम्बन्ध अरु देशहरूको जस्तो औपचारिकता र कूटनीतिक आवरणमा सीमित छैन । सांस्कृतिक समानता, आपसी सहयोग, पारस्परिक निर्भरता आदिका कारण विश्वका अन्य कुनै पनि देशहरूका बीचको सम्बन्ध नेपाल र भारतको जस्तो निकट हुनै सक्दैन ।

Sagarmatha Cement
Muktinath Bank

नेपालका अधिकृत दर्जाका सैनिकलाई भारतको सैनिक तालिम केन्द्रले प्रशिक्षण प्रदान गर्नेदेखि नेपालका सेना प्रमुखलाई मानार्थ भारतीय सेनाको जनरलको उपाधिसम्मले स्वतः विभूषित हुने व्यवस्था छ । भारतीय सेनामा थुप्रै नेपालीहरूले उच्च स्तरको सेवा प्रदान गरिआएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुवै देशका नागरिकहरू राहदानी विना नै दुवै देशमा आवागमन गर्ने, बसोबास गर्ने र रोजगारी समेत प्राप्त गरिराखेका छन् । दुवै देशका सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकबीच देशको सीमाले कुनै प्रभाव पार्न सकेको छैन । दुवै देशका नागरिकले दुवै देशहरूको स्वामित्वभाव र अपनत्व प्रकट गर्दछन् ।


Advertisment
Nabil box
Kumari

समय–समयमा सरकारी स्तरमा २ देशबीचको सम्बन्धमा उतारचढाव आउँदा पनि जनस्तरमा अत्यन्त मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रहिआएको छ ।

Vianet communication
Laxmi Bank

यसको प्रतिनिधि उदाहरणका रुपमा लिम्पियाधुरा सीमा क्षेत्रको विवादले उग्ररूप लिई नेपालको संसदले संविधानमै संशोधन गरी आफ्नो देशको नक्सामा समेटी नयाँ नक्सा जारी गर्दा २ देशबीच तनाव बढिराखेका समयमा नेपाली जनताको ठूलो संख्याले सामाजिक सञ्जालमार्फत बलिउड सिने कलाकार सुशान्त सिंह राजपुतको निधनमा शोक व्यक्त गर्दै समवेदना प्रकट गरिराखेका थिए तर लामो समयदेखिको २ देशबीचको सम्बन्ध व्यवस्थापनमा देखिएका कमीकमजोरीका कारण नेपाली जनस्तरमा भारतप्रति नकारात्मक धारणाको विकास हुँदै आएको छ ।

यसरी २ देशबीचको सुसम्बन्धमा चिसोपना आउँदै जानुका पछाडि धेरै पक्ष जिम्मेवार छन् । यसलाई घटनाक्रम र तथ्यका आधारमा उल्लेख गर्ने प्रयास गरिएको छ ।

मनोवैज्ञानिक पक्ष

दुवै देशबीच देखिएका मनोवैज्ञानिक पक्षहरू सुसम्बन्ध विकास गर्नका लागि केही हदसम्म अवरोधका रुपमा देखिएका छन् ।

नेपाल कहिल्यै पनि पराधिन रहेन, सधै स्वतन्त्र र स्वाभिमान कायम गरेको देश हो । भारत लगायत दक्षिण एसियाका धेरै देशहरू ब्रिटिश उपनिवेशमा रहिरहेका बखत भारतलाई उपनिवेश बनाई शासन गरिराखेको बेलायतसँग सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र र सम्मानित हैसियतमा नेपालले दौत्य सम्बन्ध कायम गरेको थियो । यो सम्बन्धले २ सताब्दी पूरा गरिसकेको छ ।

भारत सन् १९४७ मा मात्र ब्रिटिश उपनिवेशबाट स्वतन्त्र हुन सकेको हो । त्यसैले विश्व संस्था लगायतका सबै प्रकारका अन्तर्राष्ट्रिय संस्था र मञ्चहरूमा नेपालले भारत सरहको अधिकार र सम्मान प्राप्त गरिआएको छ तर भारतीय सोचाइ अलि भिन्न छ ।

समुन्द्रसम्मको पहुँच भारत भएर मात्र उपयोग गर्न सकिने, दैनिक उपभोगका सामानहरू भारतसँग बढी  निर्भर रहनुपर्ने, जनसंख्या र क्षेत्रफलका हिसाबले नेपालभन्दा धेरै ठूलो, लामो समयदेखि लोकतन्त्रको अभ्यास भएको शक्तिसम्पन्न राष्ट्रका हिसाबले आफूलाई ‘बडे भाइ’ (बिग ब्रदर) को श्रेणीमा राखी नेपाललाई ‘छोटे भाइ’को व्यवहार गर्दै आएको छ ।

भारतले लामो समयदेखि गरिआएको कामहरूबाट नेपालप्रतिको उसको व्यवहार सम्मान र समानता प्रदान गर्नेभन्दा दयामाया गर्ने सोचाइबाट ग्रसित छ । नेपालका सानातिना व्यवस्थापनमा समेत भारतको प्रभाव र हस्तक्षेप विभिन्न समयमा देखिँदै आएको छ । राणाहरूको शासन इस्ट इन्डिया कम्पनीकै समर्थनमा १०४ वर्षसम्म निरन्तरता प्राप्त गरेको, राणा शासनलाई समाप्त गर्न भारतले नै राजा त्रिभुवनलाई भारतमा शरण दिई सहयोग गर्नु, नेपालको प्रशासन सुधारका विषयमा सरकारलाई सुझावहरू दिन भारतबाटै विज्ञहरू नेपालमा आई काम गर्नु, नेपालको मन्त्रिपरिषद्मा भारतका राजदूत उपस्थिति हुने चलन कुनै कालखण्डमा रहनु, नेपालको लोकतान्त्रिक आन्दोलनमा भारतले नै समन्वय र सहयोग गर्दै आउनु आदि केही उदाहरण हुन्, जसले गर्दा नेपालका उच्च पदस्थ राजनीतिज्ञहरू प्रायः सबैको भक्तिभाव भारतीय शासकहरूतर्फ देखिँदै गएको छ । यसले गर्दा नेपालको स्वतन्त्र हैसियत, सार्वभौमसत्ता जस्ता विषयहरू नै छायाँमा परेको स्थिति छ । यिनै  कारणहरूले गर्दा भारतले हाम्रा राजनीतिज्ञहरूको उचाइ र हैसियतको हेक्का राम्ररी राखेकाले उनीहरू सबै दृष्टिकोणले आफूलाई बडे भाइकै हैसियतमा राख्न मन पराउँछन् तर राष्ट्रियता र सार्वभौमसत्ता भौतिक आकार, जनसंख्या, शक्तिस्रोत, साधन एवं सामर्थ्यसँग तुलना गर्न मिल्दैन । यस यथार्थतालाई भारतीयहरूले मनन गर्न सकेका छैनन् ।

पटक–पटकको नाकाबन्दी

उल्लेख भइसकेको छ समुन्द्र तटसम्म पुग्ने मार्ग भारत भएर जानुपर्ने भएकाले आफ्नो अनुकूल नेपाललाई परिचालन गर्न नसक्दाको अवस्थामा नाकाबन्दी गरी आफ्नो अनुकूल सहमतिमा ल्याउने गर्दै जाँदा नेपालीहरू धेरै पटक प्रताडित हुन पुगेका छन् । सन् १९७५, १९८९ र २०१५ मा नाकाबन्दी गरेर नेपाललाई दुःख दिएको थियो ।

यसरी पीडाबोध गरिराखेका जनताको भावना बिस्तारै भारतीय शासक वर्गविरुद्ध विकास हुँदै गएको छ । २ देशका सरकारबीच सम्बन्ध सुधार भए पनि जनस्तरमा परेको नकारात्मक प्रभाव मेट्न भारतलाई धेरै मिहिनेत गर्नुपर्छ तर हालसम्म यसका लागि भारत तयार देखिएको छैन । 

यस्तो गलत कदम उठाउनुपूर्व यसबाट २ देशका जनताका बीचमा पर्न जाने प्रभावका विषयमा विश्लेषण गर्नु जरुरी हुन्छ तर भारतको ध्यान कहिल्यै यसतर्फ गएन र आफू विरोधी जनमत आफैं सिर्जना गर्दै अत्यन्त गलत रवैया अवलम्बन गरिराखेको छ ।

सीमा अतिक्रमण

सीमा अतिक्रमण गर्न भारत अभ्यस्त छ । सीमा सुरक्षा बल खडा गरी आफ्नो सीमाको सुरक्षा गर्दै नेपालमा घट्ने राजनीतिक घटनाक्रममा सहयोग गर्दै प्रत्येक घटनाक्रमपश्चात नेपाली भूभाग अतिक्रमण गरिराखेको छ । नेपालले आफ्नो सीमानाको रक्षा गर्ने जिम्मेवारी स्थायी संयन्त्र खडा गरेर गराउन नसक्नुको कारण भारतलाई नेपाली भूभाग अतिक्रमण गर्न सहज भएको छ ।

सीमा अतिक्रमण गर्न नदिने र अतिक्रमण भएकै बखत विरोध गरी यस्ता गलत प्रक्रियालाई निषेध गर्ने हैसियतमा नेपालका विभिन्न कालखण्डका सरकारहरू नदेखिनु, अघिल्लो सरकारलाई जिम्मेवार बनाउँदै पछिल्लो सरकार जिम्मेवारी र जवाफदेहिताबाट पछि हट्दै जानु, भारतीय सुरक्षा दस्ता पटक–पटक नेपाल प्रवेश गरी नेपाली नागरिकको हत्या र कुटपिट गर्नु, नेपालीलाई भारतीय सीमामा अमानवीय व्यवहार पटक–पटक हुनु जस्ता कारणले गर्दा नेपालीहरूको भावनामा गम्भीर असर पार्ने काम भारतीय पक्षबाट भइराखेको छ । यस रवैयामा सुधार गर्ने सोच भारतीय पक्षमा देखिएको छैन ।

असन्तुलित सन्धि र समझदारी

नेपालका नदीनालामा भारतीय स्वार्थ निहीत रहेको छ । नेपालमा जलस्रोतको अपार भण्डार रहेकाले यसबाट बढी लाभान्वित हुने रणनीति र तानाबाना भारतले बुनिराखेको छ र प्रस्ट फाइदा लिइराखेको छ । गण्डकी, कोशी, महाकालीमा सम्झौता गर्दा नेपाललाई नगन्य सुविधा दिई बढी फाइदा भारतले लिइराखेको छ ।

सन् १९५० मा सम्पन्न भारत र नेपालबीचको शान्ति र मैत्री सन्धिले पनि नेपाली जनताको भारतप्रतिको सोचमा नकारात्मक सन्देश प्रवाह भएको छ । यसबाट नेपाललाई भारतको सुरक्षा कवच बनाउन भारत सफल भएको छ, यी सबै यस्ता सन्धिहरू हुन्, जसमा नेपालीलाई धेरैतिर चुकाइएको छ । यसमा नेपाली राष्ट्रियता र राष्ट्रवादलाई नेपाली नेतृत्वले जानीबुझी विस्मरण गर्दै राष्ट्रिय स्वार्थका विषयमा गलत समझदारी गर्न पुगेको छ ।

यसका अतिरिक्त भगवान् बुद्धको जन्मस्थल र प्राचीन कपिलवस्तुबारे पनि भारतले समय–समयमा विवाद गर्दै आएको छ । सबै तथ्यले यी दुवै स्थान नेपालको रुपन्देही र कपिलवस्तु जिल्लामा पर्ने हो, तापनि भारतले कपिलवस्तु जिल्लाको सीमा नजिकै चाकरचौडा क्षेत्र नजिक प्राचीन कपिलवस्तु खडा गरी प्रचारप्रसार गर्दै आएको छ ।

बुद्धको जन्मस्थलबारे लुम्बिनीले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार पाइराखेको छ तर भारतले अझै पनि विभिन्न मञ्चहरूमा भारतमै भएको दाबी गर्न छाडेको छैन । यद्यपि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदलाई सम्बोधन गर्दै भगवान् बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा नै भएको स्पष्ट पारेका छन् ।

यी सवै स्थितिबाट नेपालप्रतिको भारतीय सोचाइ अत्यन्त नकारात्मक देखिँदै गएको आलोचना नेपालमा मात्र होइन, भारतीय विद्वानहरूले समेत गरिराखेका छन् । यो अवस्थामा सुधार ल्याउन भारतीय पक्ष स्पष्ट भई प्रयासरत रहनुपर्नेमा सो प्रयास गर्ने संकेतसम्म पनि देखिएको छैन ।

नेपाली पक्ष पनि यो अवस्था सिर्जना हुनुमा जिम्मेवार देखिन्छ । नेपालमा विभिन्न कालखण्डमा विचित्र प्रकारका शासकहरू देखिएका छन् । प्रधानमन्त्री नियुक्त गर्न भारतीय प्रधानमन्त्रीसँग निकासा माग गर्ने, रिट्रीटका लागि कलकत्तामा गएर महिनौंसम्म बस्नेदेखि विदेशीसँग झुक्नुभन्दा नेपाली जनतासँग झुक्न तयार भई आफ्नो अधिकार कटौती गर्न मञ्जुर गर्नेसम्मका राजाहरू देख्न पाइयो ।

नेपालको उत्तरी सीमाका १८ स्थानमा भारतीय सैनिकलाई  स्वागत गर्दै अनन्तकालसम्म बस्न दिने प्रधानमन्त्रीदेखि भारतको उत्तरी सिमाना हिमाल नै भएको अभिव्यक्ति भारतीय प्रधानमन्त्री पण्डित नेहरुले दिँदा त्यसको विरोध गर्दै उक्त अभिव्यक्ति सुधार गर्न लगाउनेसम्मका राष्ट्रियताको भावनाले ओतप्रोत भएका प्रधानमन्त्री  पनि संयोगवश एकै परिवारका सदस्यहरू देखिए ।

यसरी नेपालसँगको सम्बन्ध सुधार हुन नसकेको अवस्थामा वर्तमान प्रधानमन्त्रीको गैरकूटनीतिक अभिव्यक्तिको निरन्तरताको कारण २ देशबीचको सम्बन्धमा थप तिक्तता थपिई भारतका सांसदहरू र सञ्चारमाध्यमका साथै प्राज्ञहरू समेत  लिम्पियाधुरा क्षेत्रमा नेपाललाई अन्याय भएको भनि सरकारलाई दबाब दिइराखेको स्थितिमा मोदी सरकारलाई अप्ठ्यारो पर्ने स्थिति बनिराखेको थियो, तर हाम्रा प्रधानमन्त्रीको अभिव्यक्तिले अब भारतको ध्यान अन्यत्र मोडिएको छ ।

अब सीमा सम्बन्धी लगायतका विषयमा २ देशबीच वार्ताको ढोका यो सरकार रहेसम्म बन्द गर्ने स्थितिमा भारत पुगिराखेको छ, यसबाट नेपाललाई फेरि पनि अप्ठ्यारो परेको छ । किनकि सीमा सम्बन्धी समस्याको एक मात्र समाधान भारतसँग वार्ता गरेर मात्र हुन सक्दछ । यस्तै अदूरदर्शी काम कारवाहीले गर्दा २ देशबीचको सम्बन्धमा चिसोपना बढ्दै गएकाले दुवै पक्ष सम्बन्ध सुधारका लागि इमान्दारिता साथ लाग्नु जरुरी छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x