×

NMB BANK
NIC ASIA

कोरोना जाँच्ने प्रयोगशालामा मनमुटावको रोग, भ्रष्टाचारका दाबीसहित पोलापोल

साउन ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जिल्ला प्रशासन कार्यालय धनुषामा साउन २ गते एउटा निवेदन दर्ता भयो । जसको आशय छ, जनकपुरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कार्यरत स्थायी कर्मचारीहरू करारमा भर्ना भएका कर्मचारीबाट असुरक्षित भए ।

Sagarmatha Cement
Muktinath Bank

निवेदनमा शान्ति सुरक्षाको माग गरिएको छ । प्रयोगशालाका स्थायी कर्मचारी गुनानन्द प्रसाद साह, युगल किशोर यादव, राम उदगार यादव र कर्मशील प्रसाद गोपले सामूहिक निवेदन प्रशासनमा बुझाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

प्रयोगशालाका निमित्त निर्देशक राम विनय साहले ‘अनियमित तरिकाले भर्ना गरेका’ करारका १८ जना कर्मचारीले उक्साएर सवारी चालक कामेश्वर यादव र सुरक्षा गार्ड विकास कुमार यादवले फोनमार्फत गालीगलौजसहित धाकधम्की दिएको निवेदनमा उल्लेख छ ।

Vianet communication
Laxmi Bank

कोरोना भाइरस संक्रमणको महामारीका बेला प्रयोगशालामा कामको चाप भए पनि कर्मचारीबीच आपसी मनमुटाव गहिरिँदै गएको छ । मनमुटाव नयाँ भने होइन । केही महिना भित्रभित्रै गुम्सिएको मनमुटाव छताछुल्ल भएर प्रशासनिक निकायसम्म पुगेको छ ।

जनशक्ति सँगसँगै बढ्यो मनमुटाव 

प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालय मातहत २०७६ कात्तिक ६ गते स्वास्थ्य कार्यालय धनुषाको एउटा कोठामा जनस्वास्थ्य प्रयोगशाला उद्घाटन भएको थियो । प्रयोगशालाका निमित्त निर्देशक साह र उनले नै नियुक्त गरेका करारका कार्यालय सहयोगी सरोज नायक गरी २ जनाले प्रयोगशाला कार्यालय शुरू गरे ।

कोरोना संक्रमण देखिएपछि प्रयोगशालामा उपकरण र जनशक्ति बढ्दै गए, त्यससँगै बढ्यो मनमुटाव ।

प्रयोगशाला स्थापनापछि प्रादेशिक अस्पताल जनकपुरबाट प्राविधिक कर्मचारीहरू रामउदगार यादव, गुनानन्द प्रसाद साह, युगल किशोर यादव र मनमोहन मिश्र प्रयोगशालामा खटाइए । प्रयोगशालामा जनशक्ति अभाव भएकाले स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय महोत्तरी, धनुषाबाट समेत प्राविधिक कर्मचारी काजमा बोलाएर खटाइयो ।

प्रयोगशाला सञ्चालनका लागि तालिम लिने व्यक्ति छनोट गर्दादेखि खटपट शुरू भयो । स्वाब संकलन गर्ने तालिमका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रदेशका ८ वटै जिल्लाबाट कर्मचारीको नाम मागेको थियो । त्यतिबेला आफूसँग सल्लाह नै नगरी नाम छनोट गरिएको गुनासो प्रयोगशालाका निमित्त निर्देशक साहले गरे ।

‘निमित्त निर्देशकको रुपमा मनमोहन मिश्रको हस्ताक्षर गराएर लेटर प्याड कार्यालय सहयोगीबाट चलानी गर्न लगाएर युगल किशोर यादव आफूखुशी तालिममा सहभागी हुन पुगे,’ साहले भने, ‘तालिम लिएर आएपछि स्वाब संकलन गर्न जानुपर्नेमा भ्रमण आदेश तथा पेश्की नदिए नजाने भनेर आलटाल गरिरहे ।’ यादवको माग अनुसार साहले पेश्की दिएनन्, यादवले पनि पेश्कीविनै स्वाब संकलन गरिरहे तर मनमुटाव मनमनै भइरह्यो ।

प्रयोगशालाबाट स्वाब संकलन गरिरहेका युगल किशोर यादव र प्रादेशिक अस्पतालका कर्मचारी सरोज ठाकुरले पेश्की विना नै आफूहरूले स्वाब संकलन गरेको बताएका छन् । यादवका अनुसार स्वाब संकलन गर्ने प्राविधिकले घर नगएर होटलमा क्वारेन्टीनमा बस्नुपर्ने नियम आएपछि होटलमा बस्न पेश्की मागिएको भए पनि सरकारले नै शतप्रतिशत जोखिम भत्ता दिने निर्णय गरेपछि पेश्की मागिएन ।

करार भर्नामा गडबडी !

स्वाब संकलन गर्न विभिन्न जिल्लामा जानुपर्दा प्रयोगशालासँग गाडी थिएन । गाडी किन्न सामाजिक विकास मन्त्रालयले बजेट नदिएका कारण मन्त्रालयकै सहमतिमा २ वटा गाड़ी प्रतिदिन ४ हजार ५०० रुपैयाँका दरले भाडामा लिएको निमित्त निर्देशक साह बताउँछन् । चैत्र ११ गतेदेखि असार मसान्तसम्म २ वटा गाडी नियमित तथा बीचमा तेस्रो गाडी १५ दिनको लागि भाडामा लिएको उनले बताए । 

प्रयोगशालामा कोरोना परीक्षणको चाप बढ्दै गएपछि जनशक्ति अभाव भएका कारण मन्त्रालयको मौखिक सहमति लिएर करारमा कर्मचारी भर्ना गरियो । प्राविधिकहरू जितेन्द्र कुमार साह, रोशन पण्डित, उदय कुमार यादव तथा २ जना सफाइकर्मी मनोजकुमार मेस्तर र राजकिशोर मेस्तरलाई चैत्र २१ गतेदेखि लागू हुने गरी करारमा नियुक्त गरिएको निमित्त निर्देशक साहले बताए ।

२ वटा गाडी चालकसहित भाडामा लिएको भए पनि उनले गाडी विना नै सवारी चालक कामेश्वर यादवलाई करारमा नियुक्त गरे । 

भाडाको गाडीका चालक बिहानदेखि साँझ ७ बजेसम्म मात्र उपलब्ध हुने भएकाले राति अन्य समयमा गाडी लिएर कतै जानु परेमा भनेर चालक नियुक्त गरिएको साहले बताए तर करारमा नियुक्त गरिएका चालकले हालसम्म गाडी चलाएका छैनन् । गाडी नचलाइकनै चालक यादवलाई पटक–पटक दैनिक भ्रमण भत्ता १ हजार २०० रुपैयाँका दरले भत्ता खुवाइएको युगल किशोर यादव आरोप लगाउँछन् । ‘हामीले हालसम्म जम्मा १० लिटर पेट्रोलको कूपन पाएका छौं तर करारमा नियुक्त गरिएका सवारी चालकलाई आफ्नो निजी मोटरसाइकल चढ्नका लागि निर्देशक साहले १०० लिटर पेट्रोल दिएका छन्,’ यादवले भने, ‘यति मात्र होइन, उनको निजी मोटरसाइकल मर्मत गर्न १६ हजार रुपैयाँको बिलको समेत भुक्तानी गरेका छन् ।’

यसरी प्रयोगशालामा २ गुट बन्न थाले – निमित्त निर्देशक सहितका करार कर्मचारीको एक गुट र काजमा खटिएका स्थायी कर्मचारीको अर्काे गुट । निर्देशकले आफूले नियुक्त गरेका आफू निकटका करारका कर्मचारीलाई भत्ता लगायत सुविधा दिने गरेको भएपनि जोखिमयुक्त काममा खटिने स्थायी प्राविधिकको मनोबल कमजोर बनाउने गरेको आरोप छ ।

प्रयोगशालामा कार्यरत नभएका कर्मचारीलाई पनि भत्ता दिएको पाइएको छ । हलुका सवारी चालक राजेश खत्रीलाई असार २५ गते भ्रमणभत्ता खुवाइएको निमित्त निर्देशक साहले स्वीकारे । असार २५ देखि २६ गतेसम्म जनकपुरदेखि महोत्तरीको बर्दिबाससम्म जान २ दिनको भ्रमण भत्ता खुवाइएको छ । ‘महोत्तरीको प्राथमिक स्वास्थ्य कार्यालय लोहारपट्टीका अहेब अजय शर्मालाई जेठ २२ देखि २५ गतेसम्म तथा अन्य दिनमा समेत पटक–पटक भ्रमण भत्ता खुवाएका छन्,’ युगल किशोर यादवले भने, ‘अजय शर्मा स्वास्थ्य कार्यालयका कर्मचारी नै होइनन्, आफू खुशी भत्ता खुवाएका छन् ।’

क्षयरोग कार्यक्रम अन्तर्गत राजेशकुमार मण्डललाई समेत निमित्त निर्देशक साहले करारमा नियुक्त गरेका थिए । क्षयरोगका लागि स्लाइड हेर्न, रिएजेन्ट बनाउन २ जना कर्मचारी आवश्यक रहेकाले सामाजिक विकास मन्त्रालयको सहमतिमा मण्डल र अमरेन्द्रकुमार साहलाई करारमा नियुक्त गरेको साहले बताए ।

१८ जना थप करार कर्मचारी नियुक्तिमा विवाद

निर्देशक साहले पछिल्लो समय १८ जना कर्मचारीलाई करारमा नियुक्ति गरेका छन् । ३ जना मेडिकल ल्याब टेक्निसियनमा शिवचन्द्र यादव, अमरेन्द्रकुमार साह, मनोहरकुमार साह, २ जना ल्याब टेक्निसियनमा सुशील कुमार अधिकारी र सन्तोषकुमार झालाई करारमा नियुक्त गरिएको छ । ३ जना कम्प्युटर अपरेटरमा विक्की पण्डित, गौरव साह, सञ्जितकुमार यादवलाई, ३ जना कार्यालय सहयोगीमा ललितकुमार यादव, वीरेन्द्र राउत, दशैं यादवलाई नियुक्त गरिएको छ । सुरक्षा गार्डमा ४ जना सुभाष कुमार मण्डल, जिबछ कुमार यादव, विकास यादव, राकेश कुमार राउतलाई र भान्सेमा ३ जना शिव शंकर ठाकुर, लालु महतो र स्वीपरमा सरस्वती देवीलाई नियुक्त गरिएको छ । 

निमित्त निर्देशक साहका अनुसार सामाजिक विकास मन्त्रालयले २७ जना कर्मचारीलाई करारमा नियुक्त गर्न सहमति दिएको भए पनि १८ जना कर्मचारी मात्र नियुक्त गरेको उनले बताए । कर्मचारी भर्ना गर्नका लागि प्रयोगशालाले कुनै पनि पत्रिकामा सूचना प्रकाशन गरेको थिएन । मन्त्रालयको वेबसाइट र प्रयोगशालाको सूचनापाटीमा जेठ २७ देखि २९ गतेसम्म आवेदन दिन सूचना जारी गरिएको थियो । सूचना अनुसार कूल ३५ वटा निवेदन परेको थियो । जेठ १८ गते ३५ मध्ये २७ जनाको नाम शर्टलिस्ट गरेर पहिले आउने १८ जनाको अन्तर्वार्ता लिएर छनोट गरिएको साहले बताए ।

१८ जनाको मात्र अन्तर्वार्ता लिएर छनौट गरिएपछि बाँकी आवेदकले जिल्ला प्रशासन कार्यालय धनुषा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदपूर्ति समितिले आफूहरूको अन्तर्वार्ता नै नलिएर नियम विपरीत आसेपासेलाई मात्र नियुक्त गरिएको भन्दै उजुरी दिएका छन् । निर्देशक साह र प्रयोगशालाका कर्मचारी मनमोहन मिश्र २ जना पदपूर्ति समितिमा थिए । लेखा, प्रशासनसहित अन्य महत्त्वपूर्ण शाखाका कर्मचारीलाई पदपूपर्ति समितिमा राखिएको थिएन ।

आफ्नो अन्य धेरै काम भएको तथा प्रयोगशालाको परीक्षण आदि समेत हेर्नुपर्ने भएका कारण सबै आवेदकको अन्तर्वार्ता नलिएको साहले बताए । असारसम्मका लागि नियुक्त गरिएका करार कर्मचारीको म्याद सकिए पनि साउनमा समेत काम गरिरहेका छन् । करारमा कर्मचारी थपिएसँगै निमित्त निर्देशकको गुट बलियो भएपछि स्थायी कर्मचारीले असुरक्षित महसूस गर्दै प्रशासनमा निवेदन दिएका छन् ।

भ्रष्टाचारको आरोप

प्रयोगशालामा ९ जना स्थायी कर्मचारी छन् । निमित्त निर्देशक साहसहित गुनानन्द प्रसाद साह, मनमोहन मिश्र, राम उदगार यादव, युगल किशोर यादव, कर्मशील प्रसाद गोप, अमरदीप महतो, विजय मण्डल स्थायी कर्मचारी हुन् तर निमित्त निर्देशक साहले स्थायी कर्मचारीलाई बेवास्ता गर्ने, अनावश्यक रुपमा दुःख दिने गरेको आरोप लगाइएको छ ।

स्वाब संकलन गर्नका लागि फिल्ड इन्चार्ज गुनानन्द प्रसाद साहको नेतृत्वमा राम उदगार यादव, युगल किशोर यादव, सुमित पाण्डे खटिएका छन् भने बाँकी कर्मचारीहरू प्रयोगशालामा परीक्षण गर्ने, रिपोर्ट बनाउने लगायतको काम गर्छन् । ‘एकातर्फ स्वाब संकलनका लागि फिल्डमा खटाउने र अर्कोतर्फ फिल्ड गएको बेला हाजिरी पुस्तिकामा रातो कलम लगाएर दुःख दिने गरिएको छ,’ गुनानन्द प्रसाद साहले भने ।

प्रयोगशालामा खरिद गरिएका सामानमध्ये अधिकांश निर्देशक साह आफूले नै किन्ने गरेको स्टोर कीपर कर्मशील प्रसाद गोपले बताए ।

साहले ललिता जेनेरल सप्लायर्सबाट प्रायःजसो सामान किन्ने गरेका छन्, सप्लायर्स साहकै साथीले सञ्चालन गरेका स्रोतले जनाएको छ । ‘सप्लायर्सबाट बजारको भाउभन्दा पनि महंगो दरमा सामानहरू किनर स्टोरमा दाखिला गराउने गरिएको छ,’ स्टोर कीपर गोलले भने, ‘बजारमा एक्साइड ब्याट्री २६ हजार रुपैयाँमा पाइन्छ तर ३३ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।’ निमित्त निर्देशक साहले भने सामान खरिद गर्ने काम स्टोरको भएको र आफूले खरिद आदेश मात्रै दिने गरेको बताए । 

‘स्वाब संकलन गर्न जाँदा प्रयोगशालाले खटाएको ठाउँमा जानुपर्नेमा आफूखुशी स्थानीय तहको दोहोरो भत्ता लिनका लागि जाने गर्छन्,’ निमित्त निर्देशक साहले भने, ‘दैनिक १ हजार ६०० प्रयोगशालाबाट पनि भत्ता लिने र अर्कोतर्फ स्थानीय तहबाट समेत भ्रमण भत्ता लिएर दोहोरो भत्ता लिने गरेका छन् ।’

ती कर्मचारीहरूले नै आफूखुशी कमसल, गुणस्तरहीन भाइरल ट्रान्सपोर्ट मिडियम (भीटीएम) किनाएर आर्थिक चलखेल गर्ने गरेको निमित्त निर्देशक साहले आरोप लगाए । कमसल सामानका कारण प्रयोगशालाको परीक्षणमा समेत रिपोर्ट सही नआउँदा एउटा नमूनाको ४ पटकसम्म परीक्षण गर्नुपरेको साहले बताए । प्रयोगशालाका कर्मचारी एकआपसमै एकअर्काले भ्रष्टाचार र अनियमितता गरेको आरोप लगाउँछन् ।

काठमाडौंको डल्फिन सफ्टवेयर कम्पनीले रिपोर्ट प्रिन्ट गर्ने सफ्टवेयर जडान गरेको थियो । ‘बजेट नै सुनिश्चित नभए पनि सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव रामप्रसाद घिमिरेको मौखिक आश्वासनको आधारमा कोटेसन लिएर काम गराएका थियौं,’ निमित्त निर्देशक साहले भने, ‘कम्पनीको ४ लाख ९० हजार रुपैयाँ भुक्तानी नभएका कारण असार २५ गतेदेखि हातले नै पीसीआर रिपोर्ट लेखेर दिनुपरेको छ ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रहेको जस्तै गुणस्तरीय मशिन खरिद गर्नका लागि बजेट मागेका गरिएको भए पनि प्रदेश सरकारले आफैंले कमसल खालको चाइनिज मशिन किनेका कारण रिपोर्टको गुणस्तरीयता मिलाउन एउटै स्याम्पललाई पटक–पटक परीक्षण गर्नुपरेको साह बताउँछन् ।

‘पीसीआर मशिन किन्नुभन्दा अघि नै सामाजिक विकास मन्त्री नबल किशोर साह सुडीका छोरा सुमित साहले सप्लाई गर्न खोजेको कज्यूमेबुल्सको १२ लाख रुपैयाँ भुक्तानी गर्न भनेको थियो,’ साहले भने, ‘तर त्यो सामान हामीले लिएनौं र भुक्तानी पनि नगरेको कारण मन्त्रालय पनि आफूप्रति पूर्वाग्रही भएर कर्मचारीले असहयोग गरिरहेका छन् ।’ पूर्वाग्रहको आरोप कर्मचारी, निमित्त निर्देशक हुँदै मन्त्रालयसम्म रहेको छ । 

विज्ञलाई हाजिरी गर्न रोक

प्रादेशिक प्रयोगशालाको पीसीआर रिपोर्ट जनकपुरमा नेगेटिभ आउने र काठमाडौं तथा अन्य ठाउँमा पठाउँदा पोजेटिभ हुने देखियो । त्यसपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १ जना विज्ञ कर्मचारी पठाइदिन पत्र लेखेको थियो । स्वास्थ्य मन्त्रालयले दशौं तहका डा. श्रवण कुमार मिश्रलाई पठाएको थियो तर उनी प्रयोगशालामा हाजिर हुन खोज्दा निमित्त निर्देशक साहले हाजिर नै हुन दिएनन् ।

मिश्र हाजिर भएको अवस्थामा निमित्त निर्देशकको रुपमा कार्यरत साह कनिष्ठ भएर प्रमुख नहुने भएकाले हाजिर गर्न अवरोध गरिएको स्रोतले जनाएको छ । मिश्र हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हाजिर गर्छन् । ‘उनी प्रदेशमा समायोजन भएर पदस्थापन भएको भए मैले उनलाई हाजिर गराउँथे,’ निमित्त निर्देशक साहले भने, ‘तर उनी संघको कर्मचारी भएका कारण हाजिर नगराएको हो ।’

प्रयोगशालाको कार्यालय जनकपुरधामको भानु चोकस्थित १५ वटा कोठा सहितको फ्ल्याटमा मासिक ५० हजार रुपैयाँ भाडामा सञ्चालित छ भने कोरोना परीक्षण प्रयोगशाला पशुपन्छी प्रयोगशालाको अर्को कार्यालयमा सञ्चालित छ । सस्तो दरमा पाउने गरेको फ्ल्याट भाडामा नलिएर आफ्नो घर, प्याथोलोजी समेत नजिक रहेको ठाउँमा कोठा भाडा लिएको युगल किशोर यादव आरोप लगाउँछन् । युगल किशोरले आफ्नो प्याथोलोजी नजिक रहेको ठाउँमा भाडा लिनुपर्छ भनेर अनुरोध गर्दा नमानेकाले आरोप लगाएको साह बताउँछन् । आरोप–प्रत्यारोप र मनमुटावको शृंखला छताछुल्ल हुँदै गएको छ ।

सम्बन्धित थप कागजात:

(यो रिपोर्ट फ्रीडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो ।)

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x