×

NMB BANK
NIC ASIA

स्थानीय तहमा भ्रष्टाचार र अनियमितता बढ्दै गएको देखिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

जनप्रतिनिधि आएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहका भ्रष्टाचार र अनियमिताका उजुरी धेरै परेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा दर्ता भएका उजुरीमध्ये सबैभन्दा धेरै ३६ प्रतिशत (एकतिहाई) स्थानीय तहका छन् । कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा ९४२ वटा उजुरी फर्छ्यौट गरेको छ । १ वर्षमा कार्यालयमा १ हजार ३३७ उजुरी परेका थिए ।


Advertisment
Nabil box
Kumari

स्थानीय तहपछि अख्तियारमा शिक्षा क्षेत्रका धेरै १० प्रतिशत उजुरी परेका छन् । अहिले विद्यालय शिक्षा पनि स्थानीय तहले हेर्ने गर्छ । कार्यालय प्रमुख डा. भीष्मकुमार भुसालले उजुरीको बढी चाङ स्थानीय तहका रहेको बताए ।

Vianet communication
Laxmi Bank

उनले भने, ‘स्थानीय तहमा विकास निर्माणका काम राम्रो नगरेको अनियमितता गरेको, नक्कली बिल  बनाएर आर्थिक हिनामिना गरेका उजुरी धेरै रहेको आएका छन् ।’

अख्तियारको आकस्मिक अनुगमनमा जनप्रतिनिधिहरू रङ्गेहात घुससहित पनि पक्राउ परेका छन् ।

अख्तियारको अनुसन्धान पनि स्थानीय तहमा केन्द्रित छ । कार्यालयले आकस्मिक अनुगमन २६ वटा गरेको छ । जसमध्ये वडाध्यक्ष ३ जना, अधिकृत ७, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष १, प्रधानाध्यापक २, नायब सुब्बा ७, खरिदार वा सो सरहका ९, श्रेणीविहीन ६ र र अन्य १ जना छानबिनमा परेका छन् ।

घटनामा ४० जना प्रतिवादी छन् । कार्यालयमा परेका उजुरीमध्ये ३७ प्रतिशत पुरुषसँग, ४ प्रतिशत महिला, ५ प्रतिशत संघ/संस्था, ५४ प्रतिशत बेनामे र अन्य १ प्रतिशत उजुरीकर्ता छन् । कार्यालयमा परेकामध्ये ७०.४६ प्रतिशत उजुरी कार्यालयले फर्छ्यौट गरेको छ । कार्यालयले प्रदेश ५ र गण्डकी प्रदेशका गरी १० जिल्ला हेर्ने गर्छ । बाँके, बर्दिया र दाङ अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जले हेर्दै आएको छ । 

कार्यालयमा परेका उजुरीमध्ये सबैभन्दा धेरै रूपन्देहीका ४३४ वटा छन् । कपिलवस्तुका २५७, पश्चिम नवलपरासीबाट १९५, अर्घाखाँची १०३, गुल्मीका ९७, पाल्पाका ८९, पूर्वी नवलपरासी ८३, रोल्पा ४४, प्युठानका २२, पूर्वी रुकुम ११, दाङ १ र बाँके १ वटा रहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x