×

NMB BANK
NIC ASIA

तेक्वान्दोमा नेपालले जित्यो चार स्वर्ण

साउन ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अन्तरराष्ट्रिय खुलामैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को आयोजनामा भएको लकडाउन कोभिड–१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गत ब्लयाकबेल्टमा नेपालले चार स्वर्ण, तीन रजत र १४ कास्यपदक जितेको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेपालका लागि कमल श्रेष्ठ, पार्वती गुरुङ, निकुन गुरुङ र सरगम थापाले स्वर्ण पदक जितेका हुन । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा सहभागी पाँच खेलाडीमध्ये कमल र पार्वतीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुरुष ३० वर्ष उमेर समूहको विधामा कमल पहिलो बने । जसमा नेपालकै हस्तबहादुर तामाङले रजत तथा जीतबहादुर बोट र प्रेमबहादुर लिम्सोले कास्यपदक हात पारे । जीत र प्रेम १३ औँ सागका कास्य विजेता हुन् । महिला ३० वर्षको विधातर्फ पार्वती पहिलो भइन् । सो विधामा नेपालकी सञ्जिला तिमल्सिनाले कास्यपदक जितिन् ।


Advertisment
Nabil box
Kumari

यसैगरी सात वर्ष मुनिको इभेन्टमा नेपालका निकुन गुरुङले स्वर्ण जिते । सो विधामा निकुन प्रतिद्वन्द्वीबिहीन थिए । एब्सोलुट तेक्वान्दो डोजाङका निकुनले ४.७ स्कोर जोडे । महिला नौ वर्षमुनि विधामा सरगम च्याम्पियन बनिन् । पुरुष नौ वर्षमुनि प्रज्ञान तामाङले रजत र करुण खाँद तथा आर्यन्सनजङ राणाले कास्य पदक हात पारे ।

Vianet communication
Laxmi Bank

एघार वर्षमुनिको विधाअन्तर्गत पुरुषमा नेपालका हर्कबहादुर गुरुङ र महिलामा इसिका रानाले कास्य पदक प्राप्त गरे । महिला १४ वर्षमुनिको विधातर्फ सन्ध्या लामाले तेस्रो स्थान हासिल गरिन् । १७ वर्षमुनि पुरुषमा दीपेश गुरुङ र महिलामा मोनिका रम्तेलले कास्यपदक पाए । त्यस्तै ४० वर्षको उमेर समूहमा पुरुषतर्फ सुरज श्रेष्ठ र महिलामा रेशमाया गुरुङले कास्यपदक हात पारे भने ५० वर्षको विधामा मधुसुदन सापकोटा र पर्शुनाराण बोहरा कास्यमा सीमित भए ।

६० वर्ष उमेरसमूहमा फणिन्द्र खड्काले रजत हासिल गरे । डेइडो, युएसए, एभरेष्ट तेक्वान्दो सङ्घ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटिएफ) को सहयोगमा भइरहेको प्रतियोगतामा पठाइएको श्रब्यदृष्यलाई विश्व तेक्वान्दो महासङ्घबाट मान्यता प्राप्त निर्णायक प्यानलले मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरिएको हो ।

नेपालबाट अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । आइओएफटिसीको मुख्य प्रतियोगिता अन्तरराष्ट्रिय खुलामैत्री तेक्वान्दो च्याम्पियनसिप कोरोनाले स्थगित भएपछि खेलाडीको मनोबल कायम राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आइओएफटिसीका संस्थापक एवं प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जनाएका छन् । तेह्रौँ संस्करण उक्त प्रतियोगिता अमेरिकाको मिचिगनमा यसै वर्षको मे १ र २ तारिखमा हुने तालिका थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x