माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
साउन ९, २०७७
कोभिड– १९ को कारण विश्व अर्थतन्त्र स्थिर भयो । एकातिर लाखौंको ज्यान गयो, जुन अहिले पनि भइरहेको छ । यस्तै कोरोनाको जोखिम अहिलेसम्म पनि रहिरहेको छ । यसरी विश्वव्यापी रूपमा आएको महामारीका कारण पर्यटन र यात्रा उद्योगमा शुरू भएको नोक्सानी लकडाउनका कारण अन्य क्षेत्रमा पनि प्रवेश गरे ।
विश्वको कुनै पनि देश यस महामारीबाट अछुतो रहन सकेन । नेपाल पनि अछुतो हुन सकेन । विश्व अर्थतन्त्रमा करोडौं मानिसहरू बेरोजगार, गरीबी तथा भोकमरीको चपेटामा परे । अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्र करीब ५ प्रतिशतले नकारात्मक हुनेछ भनेर भनिसकेको अवस्था छ । नेपालमा पनि स्वभावतः त्यसको प्रभाव रहेको छ ।
चीनबाट शुरू भएको र अहिले भारतमा यसको जोखिम उच्च रहेको अवस्थामा हामीलाई यसको प्रभाव बढी नै पर्दछ । यो स्थितिमा नेपालमा पनि करीब ४५ लाखभन्दा बढी मानिस रोजगारबाट विमुख हुनु परेको छ ।
करीब १० देखि १५ प्रतिशत मात्रै आर्थिक क्रियाकलाप भएको र रोजगारीबाट बाहिर भएकामध्ये १० देखि १५ प्रतिशतले रोजगारी गुमाउनुपर्ने, बाह्य मुलुकमा रहेका नेपालीहरू ठूलो मात्रामा नेपाल फर्कनुपरेको अवस्थाले गर्दा एकातिर हाम्रो लगानी, उत्पादन, रोजगारी र दैनिकी सबैमा प्रभाव परेको छ ।
अब के गर्ने ?
तीन तहका सरकारले अब गर्ने काम, अब ल्याउने योजना, आएका नीति तथा कार्यक्रम र बजेटकै आधारमा नै समाधानको बाटो खोज्ने हो ।
त्यो दृष्टिकोणबाट हेर्दा बजेटले यस महामारीबाट अर्थतन्त्र जोगाउनेतर्फ सम्बोधन गर्ने प्रयास त गर्यो, कमजोरी कहाँ रह्यो भने महामारीको क्षेत्रगत प्रभाव अध्ययन अझै पनि नेपालमा भइसकेका छैनन् ।
पर्यटन व्यवसायमा लाखौं बेरोजगार भएका छन् । उद्योग ठप्प छन् । धेरै व्यवसायहरू उठ्न नसक्ने स्थितिमा छन् । त्यसको प्रभाव अब अध्ययन गर्छौं भनेर बजेटमा भनिएको छ । अन्य क्षेत्रमा प्रभाव अध्ययन नै भएको छैन । केही निजी क्षेत्रहरूले गरेको अध्ययनलाई आधार मानेर सरकारले बजेटमा प्राथमिकताका क्षेत्रहरू निर्धारण गर्यो ।
फलस्वरूप बजेटमा बलियो र प्रभावकारी कार्यक्रम आउन सकेन । आगामी दिनमा यसमा सुधार गर्नुपर्ने देखिन्छ ।
अहिले जोखिममा रहेका मानिसलाई जोगाउने, खानलाई समस्या परेको छ, चुल्हो बलेको छैन । त्यो सबै कुरालाई केन्द्र सरकारले नै सम्बोधन गर्नुपर्दछ । त्यसको सहयोग तल्ला दुईवटा सरकारबाट सहयोग लिएर केन्द्रीय सरकारले राहतको व्यवस्था गर्नुपर्छ । त्यसमा निजी क्षेत्रको पनि सहभागिता गराउन सरकारले भुल्नु हुँदैन ।
कोभिड– १९ ले थलिएको अर्थतन्त्र पुनरुत्थान गर्ने क्रममा सरकारले स्थिति तथा प्रभावको अध्ययन गरेर हामी कुन चरणमा छौं वा कस्तो अवस्थामा छौं भन्ने कुरा पहिल्याउनुपर्छ ।
हामीले पर्यटन क्षेत्रमा कति नोक्सान बेहोर्नुपर्यो ? कृषिमा कस्तो ? उद्योगमा कस्तो र समग्रमा कस्तो असर गर्यो, रोजगारी कतिले गुमाए र यो आगामी कति समय रहिरह्यो भने कस्तो प्रभाव पर्छ भन्नेबारे अध्ययन हुनुपर्छ ।
सरकारले यी सबैको तथ्यांक राख्नुपर्छ । स्थानीय तहको सरकारले तथ्यांक संकलन गर्ने र आवश्यक सहयोग प्रदेश तथा केन्द्र सरकारले गर्नुपर्छ ।
यी सबै क्षेत्रमा प्रभाव अध्ययन भइसकेपछि कम्तिमा पनि ३ वर्षको रणनीतिक योजना बनाउन सक्नुपर्छ । पहिलो वर्षमा के गर्ने ? दोस्रो र तेस्रो वर्षमा के गर्ने भन्ने कुरा रणनीतिक योजना बनाएर अगाडि बढ्नुपर्छ ।
यदि ५/६ महिनामा महामारी सामान्यीकरण हुने अवस्था आयो भने कृषि क्षेत्रलाई कसरी उकास्ने ? यातायातका क्षेत्रलाई सामान्यीकरण बनाउन के कस्ता काम गर्ने ? शिक्षा क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने योजना बनाएर काम शुरू गर्नुपर्छ ।
जलस्रोतको धनी देश हामी । हामीले जलविद्युत् उत्पादन गर्छौं, बिक्री गर्छौं पनि भनिरहेका छौं । यसमा निजी क्षेत्रले पनि उत्पादन गरिरहेका छन् । अहिले विद्युत् उत्पादन भइरहेका र निर्माणका क्रममा रहेका परियोजनाहरूको स्थिति के छ ? यिनीहरू कति पछाडि परे ? पछाडि परेको समयलाई क्षतिपूर्ति गर्न कसरी सक्छौं ? जनशक्ति कहाँबाट व्यवस्थापन गर्ने भन्ने कुराको एउटा योजना केन्द्रीय सरकारले बनाउनुपर्छ ।
निजी क्षेत्रले पनि आफूलाई मूल्यांकन गरेर भन्न सक्नुपर्छ कि अहिलेको परिस्थिति यस्तो छ, हामीले यो क्षेत्रमा यसरी काम गर्न सक्छौं । तर सरकारले यो काम गरिदिएमा हामी यति काम गर्न सक्छौं भनेर भन्न सक्नुपर्छ । खुला हृदयले काम गर्न तयार हुन सक्नुपर्छ ।
रोजगारीको सन्दर्भमा सम्बन्धित व्यक्तिहरूले पनि, जस्तो विदेशबाट आएका छौं र फेरि फर्किने अवस्थामा छैनौं भने त्यस्तो व्यक्तिहरूको इच्छा, क्षमता के छ ? कस्तो खालको काम भए आफू गर्न सकिन्छ ?
स्वरोजगार सिर्जना गर्नेगरी कुनै प्रतिष्ठान, उद्योग, लघु उद्योग, साना उद्योग सञ्चालन गर्ने इच्छा छ कि छैन ? त्यस्तो इच्छा छ भने सरकारले अहिले घोषणा गरेको नीतिहरूले कति सम्बोधन गर्ला ? त्यसका लागि तीनै तहका सरकारले के गरिदियो भने ठीक होला भन्ने पहिलो कुरा ।
दोस्रो कुरा, अहिले चलिरहेका व्यवसायमध्ये ती व्यवसाय लामो समयसम्म नचल्ने अवस्था छ भने त्यसको विकल्प पनि खोज्न सक्नुपर्छ । अहिले हात बाँधेर बस्ने अवस्था होइन ।
उदाहरणका लागि कुनै एक व्यक्तिले महामारी आउनुपूर्व पार्टी प्यालेस चलाएर बसिरहेको थियो । अब पार्टी प्यालेस चलाउने, मानिसको भीड गर्ने वा हुने भन्ने कुरा लामो समयसम्म पनि गाह्रो छ, किनभने मानिसमा डर, त्रास छ । कोभिड– १९ को स्वरुप र चरित्र हेर्दा झन्झन् गहिरिँदै गएको छ । हावाबाट पनि सर्छ भनिएको छ ।
तेस्रो कुरा, सरकारले शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा अबका दिनमा भौतिक संरचना निर्माण गर्दा यस्तो खाले महामारी र भविष्यमा आउन सक्ने उत्पात, महामारी, अप्ठ्याराहरू, विपतहरूलाई पनि सम्बोधन गर्ने किसिमले संरचना निर्माण गर्नुपर्छ, त्यसकारण अहिले बनाइरहेका संरचनाहरू पनि कहीँ न कहीँ पुनरावलोकन गर्नुपर्छ ।
हिजो एक कोठामा बसेर विद्यार्थीले अध्ययन गर्दथे भने अब ती विद्यार्थीहरूका लागि तीन वटा कोठा निर्माण गर्नुपर्ने अवस्था छ । स्वास्थ्य क्षेत्रमा पनि यही कुरा हो । कार्यालयहरूमा त्यस्तै हुनेछ । यातायात पनि झन् महंगो हुने अवस्था छ ।
अन्तर्राष्ट्रिय स्तरमा अन्य मुलुकहरू कसरी अगाडि बढेको छ ? यो सरकारले हेर्नुपर्छ ।
समग्रमा तीनै तहका सरकारहरू आपसमा समन्वय गरेर, छलफल गरेर काम अगाडि बढाउनुपर्ने स्थिति देखिन्छ ।
निजी क्षेत्रले पनि यी सबै परिवेशलाई नियालेर अनुकूल हुनेगरी काम सञ्चालन गर्नुपर्छ ।
हरेक व्यक्ति, व्यवसायी वा परिवारले सोच्नुपर्ने के छ भने, मैले अहिले गरेको काम, मेरो व्यवसाय, मेरो जागिर अब यही ढंगले निरन्तर हुनसक्ने अवस्था छ कि छैन ? छ भने यसमा के परिवर्तन हुन सक्छ ? व्यवसाय हो भने के फरक पारे त्यो चल्न सक्छ ? चल्नै सक्दैन भने त्यसको विकल्प के हुन सक्छ ? यो बारे सोच्नुपर्छ ।
विश्वमा मानिसको खानपिन, कार्यशैली, हिँडडुल लगायतमा केही परिवर्तन हुने अवस्था छ । अन्य ठाउँमा मानिसले आफूलाई कसरी मूल्यांकन गरेर अगाडि बढेका छन् ? यसमा विशेष ध्यान दिएर आफू अगाडि बढ्नुपर्ने हुन्छ ।
जस्तै एक व्यक्तिले हिजो मेरो आम्दानी कति थियो ? त्यसलाई कुनकुन क्षेत्रमा कति खर्च गर्थें ? अब कुनकुन क्षेत्रमा खर्चमा बढ्ने सम्भावना छ ? कुनकुन क्षेत्रमा खर्च घटाउन सकिन्छ ? नबढाई नहुने शिक्षा, स्वास्थ्यको अवस्था के हुन जान्छ ? भोलि घर निर्माण वा अन्य कुरा गर्दा केही परिहाले क्वारेन्टीन तथा आइसोलेसनमा पनि बस्नुपर्ने अवस्था रहनसक्छ । यी सबै लगायतलाई आफ्नो आर्थिक हैसियतमा तुलना गरेर हेर्न सक्नुपर्छ ।
सबै कुरा बिग्रियो, म त ध्वस्त भएँ भन्ने कुरा सोचेर पलायनतर्फ जानु हुँदैन । त्यसकारण व्यक्ति, परिवार, नागरिक समाज, निजी क्षेत्र र सरकार सबैले दूरगामी तरिकाले सोच्नुपर्ने देखिन्छ ।
(लोकान्तरकर्मी परिवर्तन देवकोटासँग गरेको कुराकानीमा आधारित)
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...