×

NMB BANK
NIC ASIA

नेपालबाट खाडी मुलुकमा पुगेर काम गर्ने उल्लेख्य नेपाली छन् । हिजो पनि थिए, आज पनि छन् र भोलि पनि रहने छन् ।

Muktinath Bank

खाडीको कमाइबाट राडी र सारी किनेर जीवन सहज बनाएका नेपालीले खाडीका खाना भने धेरैले सिक्न हिच्किचाउँछन् र त हामी पछाडि छौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खाडीमा कार्यरत लाखौं नेपालीहरू विना सीपकै कारण न्यून तलब भत्तामा काम गर्न बाध्य छन् । भारतपछि सबैभन्दा बढी नेपाली कामका लागि ओइरिने देश खाडी देश नै हुन् । उतैबाट आएको रेमिट्यान्सले देश चलिरहेको कुरा कसैसामु छुपेको छैन ।


Advertisment
Nabil box
Kumari

गरीबका छोराछोरी अहिले पनि लाखौं तिरेर खाडी जाने लर्को छ । युरोप, अमेरिका, अस्ट्रेलिया, जापान जस्ता देशमा सरकारलाई धेरै कर तिर्नुपर्ने, बसोबास महंगो हुने र फर्कन पनि नचाहनेका कारण नेपालीका लागि सबैभन्दा उत्तम गन्तव्य खाडी नै हो । मात्र नेपालीलाई जरुरी छ सीपको, जसले खाडीमा जाने नेपालीको आयमा वृद्धि गराउँछ ।

Vianet communication
Laxmi Bank

खाडी देशहरू विश्वमा धनी देशको सूचीमा अग्रस्थानमा छन् । खाडीका मान्छे खानामा अत्यन्त सोखिन हुन्छन् र दिनहुँजसो होटल रेस्टुरेन्टमा गएर खाने संस्कार छ । 

खाडीका स्थानीय खानामा यति सोखिन हुन्छन् कि दिनहुँजसो होटल रेस्टुरेन्ट परिवर्तन गरेर नयाँ–नयाँ खाना खोजेर हिँडेका हुन्छन् । उनीहरूले कहिलेकाहीँ अन्य देशको स्वाद चाखे पनि सबैभन्दा बढी आफ्नै देश, संस्कार र समुदायको मौलिक खाना खान रुचाउँछन् । नेपालबाट खाडी देशमा काम गर्न जाने नेपाली कुकहरूलाई अरबिक खानाको ज्ञान हुँदैन । दुःख पाउँछन् । भने जति तलबमा घटेर काम गर्नुपर्ने हुन्छ । हुन पनि नेपालमा कलेज तथा इन्स्टिच्युटमा अरबिक खानाको अध्यापन बिरलै गराइन्छ । खाडीको खाना सम्बन्धी आधारभूत ज्ञान पनि नहुँदा त्यहाँ गएर सिक्न निकै कठिन हुन्छ ।

खाडीका अधिकांश देशहरू मुस्लिम देश हुन् । उनीहरूले खाने खाना पनि मुस्लिम खाना नै हुन्छ । मरक्को र लेबनान आफ्नो मौलिक खानामा धेरै धनी देश मानिन्छन् । यदि तपाईंलाई लेबनिस खाना जान्नु भएको छ भने तपाईंले ९० प्रतिशत खाडीको खाना बनाउन सक्नुहुन्छ । लेबनानमा आफ्नो मौलिक खानामा विविधता भएका कारण उसको खाना खाडीभरि छाएको छ ।

खाडी देशमा केही सीमित मात्रामा आ–आफ्नो देशको मौलिक खाना भए पनि बाँकी अधिकांश खाना लेबनिस खाना छाएको हुन्छ । त्यसैकारण पनि खाडीका होटल रेस्टुरेन्टमा मुख्य सेफ सकेसम्म लेबनानीलाई नै चुनेको हुन्छ ।   

के–के छन् खाडीका मौलिक खाना ?

खाडी देशहरू अधिकांशले समान खालका खाना खान्छन् । रोटी, चामल, दाल, फलफूल, सब्जी, माछामासु, मिठाइ यिनका प्रमुख खाना हुन् । अरबिकले गर्मीका कारण सलाद तथा चिसो खाना अत्यधिक मात्रामा खाने गर्छन् । हरेकजसो खानामा कागती हाल्ने चलन हुन्छ ।

सलादमा चनाको हामुस, भन्टाको बाबागानुज, मुताबल, मुसाका, फत्तुस, तबुल्ले, लुबिया, ओक्रा, बामिया, बतता हरहा, हिन्बी, दर्दरा, रोक्का जातर बाला, हाब्रानय, किब्बे नय, ओर्फाली, लेब्ना तुम, सिरचा, मुहामरा, खियर लबना नाना जस्ता ताजा र चिसो सब्जी खाने गर्छन् । सलाद मोल्दा जैतुनको तेल, लेमन, नून अनिवार्य रुपमा हालिन्छ ।

सलादसँगै विभिन्न अचारहरू माक्दुस, खियर, जैतुन, मुला, सल्गम, खुर्सानी दिइएको हुन्छ । अरब देशहरूमा सबैभन्दा बढी पिइने सुपमा दाल सुप (आलस सोर्बा) निकै लोकप्रिय छ । लेमन वयज र फ्राइ खब्जसँग सर्ब गरिने यो सुप सबैको प्रिय मानिन्छ, जुन रातो मासुर दाल, चामल, गाजर, प्याज, आलु हालेर बनाइन्छ र लसुन र धनियाँ हालेर झानिन्छ । योबाहेक टमेटो दाल सुप, चनाको सुप, बकुलाको सुप, मुलखिया सुप पनि निकै प्रचलन छ ।

स्न्याक्सको रुपमा चिकन लिबर, झिङ्गे माछा, कबाबहरू, टिक्का (सिसतौ), माछा ग्रिल, चिकन विङग, चिकन फ्राइ, फटायर, अराइस जस्ता प्रयोग गरिन्छ ।

मेन खानाको रुपमा पोलेको मासु बढी प्रयोग हुन्छ । अरबिकचहरू कबाबका पारखी हुन्छन् । सोर्मा यिनीहरूको निकै प्रख्यात खाना मानिन्छ, जुन चिकन, बिफ वा ऊटको बनाइन्छ । कबाबको साथमा नुनिलो चामल वा रोटी (खब्ज) सबैको रोजाइ हुन्छ । भारतीय करी जस्तै यिनिहरूको मारक वा सलुना हुन्छ । जुन विभिन्न सब्जी र टमेटो पिउरी हालेर तयार गरिन्छ ।

माजबुस पनि अरबिकको निकै प्रचलित खाना मानिन्छ । जुन साफरन राइसमा ग्रिल वा फ्राइ गरेको चिकन र टमेटो सस (डाकुस) हालेर सर्भ गरिन्छ । डोनर कबाब पनि खाडी मुलुकको निकै चर्चित खाना मानिन्छ ।

अरबिक बिर्यानी पनि मेनुमा हुन्छ । यो इन्डियनभन्दा अलि भिन्न तबरबाट बनाइन्छ । बिर्यानीको इतिहास नै अरबबाट शुरू भएर अफगानस्थान हुँदै इन्डिया छिरेको भन्ने छ । उजी खाडी देशको निकै प्रख्यात खाना मानिन्छ, जुन सिंगो भेडा वा ऊटको बनाइन्छ । उजी बनाउँदा सिंगो भेडालाई विभिन्न गरम मसला, कागती, प्याज, लसुन, टोमाटो, धनिया, बेसार हालेर ४ देखि ६ घण्टा पकाइन्छ र चिसो बनाइ ओभन रोस्ट गरिन्छ । भेडा उमालेको पानीमा चामल हालेर पकाइन्छ अनि रोस्ट गरेको मासु चामलमाथि हालेर गार्निस गरी सर्भ गरिन्छ । जुन अत्यन्त स्वादिस्ट र बास्नादार हुन्छ । अरबलाई चिनाउने यो एक प्रमुख खाना हो र यो खाना खादा सम्पूर्ण परिवार बसेर एकै किस्तीमा खाइन्छ ।

मुस्लिम समुदायको यो एक सामिब्यता र मौलिकता पनि हो । अरबमा अधिकांश मुस्लिम समुदाय रहने हुँदा सँगुर वा बंगुरको कुनै परिकार पाक्दैन, जुन खानु र नाम लिनु नै पाप (हराम) मानिन्छ । खन्जिर भनेर चिनिने यस्ता जनावर खाडीका कुनै देशमा पनि पालिन्न र आयात पनि गरिन्न । अरब वा मुस्लिमको अर्को विशेषता भनेको कुनै पनि मासु हलाल गरेर हुनु जरुरी छ, विना हलालको कुनै पनि मासु उनीहरू सेवन गर्दैननन् ।

हारिस, जारिस, मासी (डोल्मा), वारक आनब, किब्य लेब्ना, मुराबियन, मुताबक, भुखारी जस्ता खाना पनि निकै लोकप्रिय मानिन्छ । ताजिन मरोकोको अति प्रख्यात खाना हो, जुन सयौं थरिको बनाइन्छ र यो खाना अरब देशभर छाएको छ ।

साउदी, इजिप्ट, इरान, इराक, कुबेतका पनि केही आफ्न मौलिक खाना छन् तर समग्रमा उनीहरू पनि अरबिक खाना नै खाने गर्छन् ।

खाडी देशहरू विविधतामा एकता भएको देश मानिन्छ । यिनीहरूको अर्को विशेषता भनेको यिनीहरू मिठाइका पनि पारखी हुन्छन् । यिनीहरूको आ–आफ्नो देशको मौलिक मिठाइ भए पनि मुख्यतया ज्यादा लेबनिस मिठाइ नै प्रख्यात छ । लेबनिसहरूले सम्पूर्ण खानाको यति राम्रो विकास गरेका छन्, जुन सिंगो खाडी देशले अँगालेका छन् ।

कुनाफा, मुहालाबिया, ओम आली, अतयाक (अरबिक प्यान केक), अस्था क्रिम, कतायफ असाफिरी, डेट पुडिङ्ग, बसबौसा (अरबिक सेमोलिना केक), हल्वत इल जिब्न (स्वीट चिज रोल्ल) जस्ता मिठाइ तथा डेजर्ट प्रमुख छन् । नियमित रुपमा नाना चाय (पुदिना कालो चिया), गवा, ताजा छोगडा खाइरहने खाडी देशका स्थानीयको आदत हुन्छ । धेरै गर्मी हुँदा लेब्ना (मही) मा पुदिना हालेर पिरहने बानी हुन्छ । खानामा अत्यधिक लेमन हालेर खानु यिनीहरूको नियति हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x