×

NMB BANK
NIC ASIA

मजदुरको व्यथा

डुंगामा अझै ‘लकडाउन’ : फेवातालमा आश्रित मजदुरको भविष्य अन्योल

साउन १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालकै दोस्रो ठूलो ताल फेवाताल र डुंगाबीच अटुट सम्बन्ध छ तर अटुट सम्बन्ध अचेल टुटेको छ । ४ महिना बितिसक्दा पनि फेवाको पानीमा पूर्णरुपमा डुंगा सिँचित हुन पाएको छैन । ताल किनारमै सिक्रीले बाँधिनुपरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

ताल र डुंगाबीच सम्बन्ध टुटेझैं डुंगा र लक्ष्मी नेपालीको पनि सम्बन्धमा पनि दरार छ । जीवनको घुम्तीमा आएका २ जना पति जीवनको गाडी बीचमै छोडेर गए । उनले अर्को धोका खाइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी सम्बन्धको नाता पर्गेल्न नसक्दा हुत्तिएर फेवातालमा डुंगा चलाउन आएकी लक्ष्मीलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले चुह्लोसम्म प्रभाव पर्‍यो । ४ महिना बितिसकेको प्रभाव कति दिन अझै पर्छ थाहा छैन । 


Advertisment
Nabil box
Kumari

कोभिड–१९ संक्रमण जोखिम फैलिन नदिन सरकारले १२० दिनसम्म लागू गरेको लकडाउन यो हप्ता मात्र हटायो । लकडाउन त हट्यो तर लक्ष्मीको डुंगामा लकडाउन कायमै छ । डुंगा कहिले चलाउन पाइएला र रोजीरोटी सहज होला भन्ने प्रश्नको उत्तर खोज्दै अचेल उनी बरोबर फेवा किनार बाराहीघाट आउँछिन् र भारी मन लिएर डेरा फर्किन्छिन् । 

Vianet communication
Laxmi Bank

पोखराको लेकसाइडमा जन्मेहुर्केकी लक्ष्मी अहिले ३६ वर्षकी भइन् । साथमा उनका १९ वर्षीय छोरा र १२ वर्षीया छोरी छन् । उनीहरूलाई हुर्काउने र पढाउने जिम्मेवारी उनकै काँधमा छ । 

प्राथमिक तहको मात्र अध्ययन पूरा गरेकी लक्ष्मी पहिले बिहे गर्दा मात्र १५ वर्षकी थिइन् । काभ्रे घर भइ पोखरामा बस्ने महेश लामासँग उनले बिहे गरिन् । छोरा विवेकलाई जन्म दिइन् तर पति महेशसँगको नातासम्बन्ध २ वर्ष पनि टिकेन । अन्तरजातीय बिहे गरेकी उनको जीवनमा बज्रपात भयो । पतिले विना कारण छाडेर हिँडेको उनले बताइन् ।

त्यसपछि अलपत्र परेकी लक्ष्मी २०६६ सालतिर काठमाडौंमा एक होटलमा काम गर्न थालिन् । त्यसबेला उनको चिनजान नुवाकोट त्रिशूलीका राजु लामासँग भयो । राजुसँग बिहे हुँदा छोरा विवेक ११ वर्षका भइसकेका थिए । पछि छोरी मुस्कान जन्मिइन् । छोरीको जन्मको १८ महिनापछि फेरि उनी एक्लै भइन् । दोस्रो बिहे गरेका राजुले पनि उनलाई छाडेर अलपत्र पारे ।

काठमाडौंमै दुःखजिलो गरी २ छोराछोरी हुर्काउँदै गइन् उनी । केही वर्षपछि उनी काम खोज्दै माइतीघर पोखरा आइन् तर माइतीमा पनि उनलाई हेला भयो । छुट्टै डेराकोठामा बस्न थालिन् । डेराकोठा बसेर काम खोज्न थालिन् । राम्रो र चित्तबुझ्दो काम हात परेन तर फेवातालले काम दियो । किनकि सहजै पाइने काम थियो – डुंगा चालक । फेवातालमा डुंगा चलाएरै हातमुख जार्ने करीब १०० जना डुंगा चालकमध्ये एक हुन् लक्ष्मी । बाराहीघाटका महिला डुंगा चालकमा सक्रिय ४ मध्ये पुरानोमा पर्छिन् उनी । 

रित्तो डुंगामा अडिएर लोकान्तरसँग दुःख पोख्दै लक्ष्मीले भनिन्, ‘बाँच्नै मुस्किल हुन थालिसक्यो । कोठाभाडा ५ महिनादेखि तिर्न सकिएको छैन । छोराछोरी बिचल्लीमा छन् । राहत मागेर कति दिन पुग्छ र ?’
 
उनले डुंगा चलाउन थालेको १० वर्ष बितिसकेछ । कहिल्यै नरोकिएको डुंगामा मान्छे तार्ने काम अहिले भने एक्कासी रोकिन गएको हो । अप्रत्याशित रुपमा आएको कोभिड–१९ को प्रभावले पर्यटकीय शहर पोखरामा लक्ष्मीजस्तै डुंगा चालकको दैनन्दिन क्रियाकलापमा ठूलो असर पारेको छ ।
 
उनले भनिन्, ‘घरबेटीले देख्छन् कि भनी सुटुक्क डेरा छिरेर निस्कनुपर्छ । काम अचेल पाइएको छैन । वडा कार्यालय र डुंगा व्यवसायी समितिले दिएको राहतले लकडाउनमा भरथेग भो । अब चाँडै डुंगा चलाउन पाए हुन्थ्यो ।’

लक्ष्मीको दुःखलाई नजिकबाट देखेकी सहकर्मी हुन् रुपा विश्वकर्मा । रुपा अहिले फेवा डुंगा व्यवसायी समिति सहकोषाध्यक्ष हुन् । उनले पनि शुरूआतका दिनमा डुंगा चलाइन् । विगतको दिन सम्झिँदै रुपाले भनिन्, ‘पुरुषको तुलनामा महिला डुंगा चालकको व्यथा फरक छ । यात्रुले हामीलाई नपत्याएर हत्तपत्त डुंगा चढ्न मान्दैनन् । यात्रु पाउनै मुस्किल थियो पहिले । दिनभरि काम गर्दा हात फतक्कै गल्ने । ज्याला असाध्यै कम ।’ 

अहिले कोरोनाले भने आफूहरूको पेशा नै धरापमा परेको भन्दै उनले सरकारले यसमा ध्यान दिनुपर्ने माग गरिन् । उनका अनुसार फेवाताल किनारका ८ घाटमा महिला डुंगा चालकको संख्या अहिले १० जति छ । 
कोरोना प्रभाव नपर्दाका बेलासम्म डुंगा चलाएर १ चालकले ५०० देखि १ हजार रुपैयाँसम्म कमाइ गर्थे । कहिलेकाहीँ धेरै ट्रिप (पालो) पर्‍यो भने ३ हजारसम्म पनि कमाइ हुँदो रहेछ । लक्ष्मीले पनि त्यस्तै हाराहारीमा कमाइ गर्थिन् । अहिले डुंगा नचल्दा कमाइ शून्य छ । 

लक्ष्मी र रुपाजस्तै डुंगा चालकले लकडाउनको बेलामा ज्याला मजदुरी गरे । बर्खामास तालमा जलकुम्भी झार देखिँदा केही दिन सो झार फाल्ने काम भयो । दिनगन्तीमा ज्याला बुझे तर ताललाई कुरुप पार्ने जलकुम्भी फाले झैं लक्ष्मीको जीवनको झार फाल्न कठिन छ । उनी आफैं भविष्यदेखि डराउँछिन् । के होला र कसो होला भन्ने अन्योल कायमै छ । 

फेवाताल किनारका विभिन्न ८ वटा घाटमा ८०० वटा डुंगा सञ्चालन हुन्छन् । सबैभन्दा बढी बाराहीघाटमा ३३४ डुंगा छन् । बाराहीघाटसहित गौरीघाट, अम्बोट, फिस्टेल, पहारी, फेवा, स्वीमिङ पुल र बंगलादी गरी ८ घाटबाटै डुंगा चल्छन् । सबै डुंगाको लागि आलोपालो प्रणाली समितिले लागू गर्दछ । लामो समय डुंगा नचल्दा केही डुंगा बिग्रिएका छन् । काठ मक्किएको छ । फुर्सदिलो समयमा मर्मत सम्भार पनि हुने गरेको देख्न पाइन्छ ।

..................... 

मंगलबहादुर नेपाली, उपाध्यक्ष
फेवा डुंगा व्यवसायी समिति 

कोरोना प्रभावले डुंगा चालकलाई निकै समस्या भयो । हामी डुंगा व्यवसायीको तुलनामा मजदुरको समस्या बेग्लै छ । लकडाउनको बेलामा समितिसहित पोखराका ६ वडा कार्यालयमार्फत पटक–पटक गरी राहत प्रदान गरियो तर राहतले मात्रै कतिञ्जेल चल्छ र ? डुंगा चालकको सहजताका लागि सरकारले २–३ प्रतिशत व्याजदरमा निश्चित समयावधिको लागि ऋण उपलब्ध गराउनुपर्छ । 

मंगलबहादुर नेपाली

हामीहरूले व्यवसायी र मजदुरको माग सम्बोधन गर्नुपर्ने भनी गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयसमक्ष ज्ञापनपत्र पनि बुझायौं तर सुनुवाइ अझै हुन सकेको छैन । पर्यटन क्षेत्रमा ठूलो असर पारेको छ कोरोनाले । यसको असर अझै २ वर्षसम्म जाने देखिन्छ । फेवातालमा डुंगा चलाउने करीब १०० जना मजदुरको रोजीरोटी खोसिएको छ । जिल्ला प्रशासन कार्यालयले साउन १५ देखि आवश्यक मापदण्ड कायम गरी सीमित संख्यामा डुंगा चलाउन सकिने आश्वासन दिएको छ तर निर्णय भई नसकेको जनाएको छ ।

हामीहरू पनि मजदुरको हितको लागि केही भए पनि आवश्यक मापदण्ड कायम गरी डुंगा चलाउन दिनुपर्नेमा जोड दिन्छौं । सिंगल (एउटा) डुंगामा ५ जनासम्म चढ्न सकिनेमा अब २ वा ३ जना चढ्न सकिने गरी व्यवस्था गरिनुपर्छ । नभए मजदुर भोकै मर्ने दिन आउँछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x