×

NMB BANK
NIC ASIA

नेपालमा कोरोना संक्रमण अर्को फेजमा सिफ्ट भएको छ- डा. रवीन्द्र पाण्डे

साउन ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वमा कोरोना संक्रमणको महामारीसँगै सुरुको अवस्थामा थोरै संक्रमितलाई कोभिड-१९ का लक्षण देखिएका थिए। त्यो बेला चीनको वुहानमा जस्तै उच्च ज्वरो आउने, सुख्खा खोकी लाग्ने तथा सास फेर्न गाह्रो हुने लक्षण थोरै संक्रमितमा देखिएका थिए। त्यसपछि देखिएमा ९८ प्रतिशत बिरामी लक्षणविहीन थिए।

Sagarmatha Cement
Muktinath Bank

२ महिना कडा तथा २ महिना खुकुलो लकडाउनपछि अहिले सरकारले लकडाउन ‘अन्त्य‘ गरेको छ। अहिले पहिलेको भन्दा कोरोना संक्रमणको अवस्था फेरिएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

-पहिले भारतबाट लाखौँ नेपाली स्वदेश फर्किएको अवस्थामा क्वारेन्टाइनमा परीक्षण गरिएको थियो। आगन्तुकको चापले गर्दा कोरोना परीक्षणको लागि नमुना १०- १२ दिनको पालोमा समेत रहेका थिए। त्यो बेला संक्रमित खोज्नुपर्ने झन्झट थिएन।


Advertisment
Nabil box
Kumari

भारतमा लकडाउन खुलेपछि यता आउनेको संख्या घट्दै अहिले नगण्य छ। त्यो बेला दैनिक ७ हजारको संख्यामा परीक्षण गरिएको थियो। अहिले परीक्षण घटाएर ४-५ हजार पुर्याइएको छ।

Vianet communication
Laxmi Bank

-स्वास्थ्य मन्त्रालयका प्रवक्ताले संक्रमण घटेको हुँदा परीक्षण गर्ने नमुना कम भएकोले परीक्षण घटेको हो भनेका छन्। अहिले संक्रमितको संख्या घटेको छैन तर स्वास्थ्य मन्त्रालय अलमलमा परेर लक्षित वर्ग पहिचान गर्न असफल भएको छ। समुदायमा परीक्षण गर्ने नाममा सचेत वर्गमा न्यून परीक्षण गरेर समुदायमा संक्रमण नभएको भनेको छ।

- स्वास्थ्य मन्त्रालयले लकडाउन अघि र लकडाउनपछि संक्रमितको संख्यामा खासै फरक नपरेको भनेको छ। लकडाउन अन्त्य भएको २ हप्तासम्म नयाँ संक्रमितको आफैँ पहिचान हुँदैन, व्यापक परीक्षण गर्नुपर्छ भन्ने तथ्य स्वास्थ्य मन्त्रालयले बुझ्नु जरुरी छ।

-आज स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भनेअनुसार हाल नेपालमा दैनिक १८ हजार जनाको पिसिआर परीक्षण गर्ने क्षमता छ। त्यसो भए किन ४-५ हजारमा मात्र परीक्षण भइरहेको छ त ? हालको अवस्था हेर्ने हो भने ठूला सहरका चेतना कम भएका जोखिम ठाउँमा, भारतसँग सीमाना जोडिएका हरेक जिल्लामा तथा पहिले संक्रमित पहाडी गाउँमा व्यापक परीक्षण गर्नु जरुरी छ। यसरी परीक्षण गर्दा पुलिंग मेथडबाट दैनिक १ लाखको परीक्षण गर्न सकिन्छ।

-परीक्षण भनेको एकपटक गर्ने विषय हैन। आज नेगेटिभ देखिएको व्यक्ति अर्को हप्ता पोजिटिभ देखिन सक्छ। तसर्थ परीक्षण निरन्तर गरिरहनु पर्दछ।

-असारको अन्त्यदेखि बिहार, युपी तथा पश्चिम बंगालमा जस्तै लक्षणयुक्त संक्रमित नेपालमा देखिएका छन्। टेकु अस्पतालमा उपचाररत संक्रमितमध्ये एक तिहाइमा लक्षण देखिएको, कतिपय संक्रमित गम्भीर भएकोले आइसीयुमा राखेर उपचार गरिएको तथा साउनदेखि पहिचान भएका संक्रमितमध्ये करिब ५० प्रतिशतमा लक्षण देखिएको छ।

- सप्तरी, इनरुवा, बीरगंज वा अन्य क्षेत्रमा अहिले सास फेर्न गाह्रो हुने, जाडो हुने, पखाला लाग्ने, एकदम थकाइ लाग्ने, स्वाद र गन्ध थाहा नहुने तथा कतिपयमा ज्वरो, रुघा, खोकी पनि देखिएको छ।

- लक्षण भएका संक्रमितले धेरै व्यक्तिलाई संक्रमण सार्न सक्छन्।उदाहरणका लागि कुराकानी गर्दा प्रतिमिनेट २ सय भाइरस संक्रमितको नाकमुखबाट बाहिर निस्कन सक्छन् भने खोक्दा प्रति मिनेट ३ हजार भाइरस र हाच्छ्युं गर्दा प्रति मिनेट ३० हजार भाइरस संक्रमितले निकाल्न सक्छन्। संक्रमण हुनको लागि १ हजारदेखि ३ हजार भाइरसको लोड आवश्यक भएको अमेरिकाका भाइरोलोजिस्टले बताएका छन्|

-लकडाउन खुलेको, भीडभाड बढेको, आम नागरिकमा डर घट्दै गएको, भारत तथा सिमावर्ती भारतीय राज्यहरुमा संक्रमण उच्च दरमा बढेको तथा कोरोना संक्रमणको ठोस रणनीति नभएको वर्तमान अवस्थाले जुनसुकै बेला पनि समुदायमा कोरोना फैलिने सम्भावना बढेको छ।

- हामीले विषय सतर्कता नअपनाउने हो भने स्थिति विकराल बन्न सक्छ। सरकारले संक्रमित खोजी खोजी परीक्षणको दायरा बढाउने, मास्क/व्यक्तिगत दुरी जस्ता जनस्वास्थ्यका उपायलाई कडाइ गर्ने, सिमाना शिल गर्ने, नेपाली नागरिक बाहेक अन्यको लागि हवाइजहाज संचालन नगर्ने तथा ग्रीन जोनमा मात्र लामो दुरीका यातायात चलाउने आदि व्यवस्था गर्नु अपरिहार्य छ।

- जेष्ठ नागरिक तथा दीर्घ बिरामीलाई घरमै आइसोलेसनमा राख्ने, युवा तथा बयस्क मात्र काममा जाने, सकभर सार्वजनिक यातायात प्रयोग नगर्ने तथा हरेक व्यक्ति जिम्मेवार हुनु जरुरी छ।

- हामी सबैले बुझौँ, नेपाल कोरोना संक्रमणको अर्को चरणमा पुगेको छ | लक्षित बर्गमा परीक्षण गरेर संक्रमितको पहिचान गरेमा स्वास्थ्य मन्त्रालय सफल हुनेछ भने सफलता देखाउनका लागि परीक्षण घटाउने वा लक्षित बर्गमा नगर्ने प्रवृत्ति बढ्यो भने राष्ट्रको लागि त्यो ठूलो दुर्भाग्य हुनेछ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x