पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
इतिहासमै सबैभन्दा सहज अवसर पाएको सरकार अहिले गम्भीर असहजतामा देखिन्छ । सत्तासीन पार्टीभित्रको आन्तरिक लफडा उत्कर्षमा छ ।
ककपिटमा २ जना वयोवृद्ध पाइलटको झगडाबीच सोही बिमानमै रहेका अनगिन्ती जवान तर लाचार र लम्पट सहचालकको सघन हस्तक्षेपको अभावका कारण नेकपा जहाजको यात्रा जोखिमपूर्ण बन्दैछ । बेलाबखत विभिन्न ट्रान्जिटका समयमा स्वयं पाइलटहरू नै जहाज अवतरण अगावै कुनै गम्भीर दुर्घटना हुनसक्ने भनिरहेका छन् ।
हुन त अप्रत्यासित र हतारिएको एकीकरणदेखि नै यस्तो आकलन गर्ने शंकाको सुविधाको उच्च प्रयोग भएकै थियो । कृत्रिम एकता धेरै नटिक्ने भनेर विचार व्यक्त हुने गर्थे, अहिले चरितार्थ बन्न खोजे जस्तो देखिँदैछ ।
नेकपाको कचहरीमा यसै पार्टीका नेता कार्यकर्तालाई त जीवनमरणकै सवाल होला । लगानी र प्रतिफलको वारदात बन्ला । षड्यन्त्र र सफलताका वासलातका रुपमा रहला तर यसका शुभेच्छुकहरू अथवा यो पंक्तिकार जस्तो राजनीतिको जानकार मात्रलाई समेत केही मर्माहत चाहिँ बनाउँछ । किनकि नेकपाको आन्तरिक लफडाले सरकारका काम कारवाही र प्रभावकारितालाई असर पार्छ ।
अफसोच, सरकारको प्रभावकारिता देख्न चाहिँ असामान्य क्षमताको सूक्ष्मदर्शक यन्त्र प्रयोग गर्नुपर्ने अवस्था छ । यद्यपि दलहरू निरन्तर फुट्नु तथा आन्तरिक लफडाबाजीको दलदलमा सदैव अल्मलिनु सवल प्रजातन्त्रका लागि निश्चय नै शुभ समाचार होइन । तसर्थ यो पार्टी फुट्नु चाहिँ गलत नै हुन्छ तर एकीकृत रहनु झनै गलत हुन्छ । कुनै पनि दल राजनीतिक शक्तिको रुपमा रहनुपर्छ कि पर्दैन भन्ने कुरा ३ मुख्य सिद्धान्तका कसीमा मापन गरिन्छ ।
दलका नेता तथा सदस्यको सामाजिक जीवन चरित्र, सरकार तथा मातहतका निकायको कार्यसम्पादन, दल स्थापनाको औचित्य ३ वटै आधारले अब नेकपा नामको र यही खालको कामको दल किञ्चित् आवश्यक नरहेको देखिन्छ ।
पूँजीवादी चरित्र तथा आचरण
आज नेकपाका अधिकांश नेताहरूको जीवन तथा आचरण कम्युनिस्ट अनि समाजवादी चरित्र अनुरुप छैन । सर्वहाराका नेता भएको भ्रम छरेर सर्वभोगी र विलासी जीवन प्रिय बन्दैछ ।
पुस्तकालय मदिरालयमा फेरिएका छन् । जुवा, तास, लफडाबाजी, रामरमिता, भोगविलास, डिस्को, डान्सबार कम्युनिस्ट नेताका सन्तान र सन्ततिका आत्मीय अखडा बन्दैछन् । नाजायज, अवैधानिक तथा नकमाएको धनदौलत थुपार्नमा अधिक लगाव राख्छन् र अविच्छिन्न उपासना गर्छन् ।
बुर्जुवा शिक्षा भनेर अरूलाई विद्यालयबाट बाहिर निकालेर आफू चाहिँ निजी शिक्षाको व्यापारमा व्यस्त छन् । अत्तर छर्केर हिँड्ने, उच्चकोटीका विदेशी सोमरसका साथमा राजसी ठाँटको चौरासी व्यञ्जन उनीहरूको प्रमुख दिनचर्या बन्दैछ । गोडा भएका कम्युनिस्टहरूलाई घोडा चाहिँदैन भन्नेहरू महंगा गाडी र हेलिकप्टरमा तडकभडकका साथ सवारी चलाउन उद्धत छन् ।
अधिकांश कम्युनिस्ट नेता व्यापारीभन्दा धनी छन् । रवाफिलो र भड्किलो जीवनशैली छ । आडम्बर र अहंकार यस्तो छ कि उनीहरू सामान्य नागरिक नभई असामान्य महासामन्त अथवा सम्भ्रान्तहरू हुन् ।
निर्वाचनबाहेक अन्य समय नागरिकसँग भेट्दा उनीहरूलाई लाज लाग्छ, उनीहरूका कुरा सुन्दा समय बर्बाद भए जस्तो आभाष हुन्छ । अनियन्त्रित दम्भ तथा अविवेकी आचरण चुलिँदो छ । सादा जीवन भन्ने कुरा त दस्तावेजमा लेख्नलाई मात्र बनाइएको हो । बलात्कार सामान्य ठान्छन् र भइरहने बताउँछन् । कालाबजारी, भ्रष्टाचार तथा तस्करीलाई दर्शन मान्छन्, घुस कमिसनखोरीलाई अमृतझैँ पिउँछन् । कसैले उनीहरूको विरोध गरे विदेशी दलालको आरोप लाउँछन् ।
उपभोक्तावाद तथा क्रोनी क्यापिटालिज्मको विस्तारलाई सहज हुने गरी नियम बनाउँछन्, साम्राज्यवादी आचरण देखाउँछन्, हरेकमा मुनाफा खोज्छन्, सबै स्रोतसाधन आफ्नो लागि दोहन गर्न चाहन्छन् ।
परिवारवाद उनीहरूको अन्तिम ध्येय हुन्छ, उनीहरूले शोषक तथा सामन्ती भनेका राजा महाराजाहरूले त्यति राज्यको दोहन गरेनन् होला, जति उनीहरू आफ्नो र परिवारको लागि गर्दैछन् । देश बनाउन होइन, आफू बन्नु मात्र उनीहरूको ध्येय हुन्छ । अहिलेका कम्युनिस्टहरूको सामाजिक जीवन आचरण कुनै पनि हिसाबले समाजवादी दर्शन तथा आदर्शसँग मिल्ने प्रकारको छैन । कार्यसम्पादन त झनै रुग्ण छ ।
रुग्ण कार्यसम्पादन
नेकपाको सरकारको कार्यसम्पादन पनि उत्साहजनक छैन । सायदै यतिधेरै निकम्मा तथा निष्प्रभावी सरकार त अन्य बेला महसूस भएकै थिएन होला । बलात्कार, हत्या तथा हिंसाजस्ता कुराहरू झन् बढिरहेको छ ।
काण्डै–काण्ड यति छन् कि सायद दुईतिहाइलाई लाज महसूस हुनुपर्ने हो । निर्मला बलात्कार काण्ड, सुन काण्ड, गुठी विधेयक काण्ड, रूकुम चौरजहारी काण्ड, सेक्युरिटी मास प्रिन्टर काण्ड, स्वास्थ्य सामग्री खरिद काण्ड, अयोध्या काण्ड, बेसार–पानी काण्ड आदिका तरगंहरूले समाजलाई झन् बर्बादीतिर लैजाँदैछ ।
हरेक ठाउँमा सेटिङ छ । साम, दाम, दण्ड, भेद सबैको प्रयोग गरेर सार्वजनिक संस्थान, निगम, विश्वविद्यालय, न्यायालय लगायत अन्य संस्थामा आफ्ना कार्यकर्ता भर्ती गर्ने र अपवादबाहेक तिनलाई सकेसम्म निकम्मा तथा कवाडी बनाइएको छ । हरेक ठेक्कापट्टामा कमिसन, हरेक नियुक्तिमा नजराना तथा घुस अनि निर्णयमा नियोजित सिन्डिकेट प्रस्ट देखिन्छ । मजदुर, किसान, पिछडिएका वर्ग, श्रमिकहरू भोटका लागि मात्र प्रयोग हुन्छन् ।
अरूबेला त व्यापारी, कर छली गर्ने उद्योगी, नजराना चढाउने कमिसनखोर, दलाल तथा समाजलाई तर्साउने डन, सकेसम्म बाँकी समुदायको शोषण गर्ने खलनायकहरूको सत्संग तथा मिलनमा दिव्य सफलताको उन्माद लिन्छन् ।
सामन्तको टाउको छिनाउनेदेखि शोषकको सफाया गर्ने दुहाई दिँदै शुरू भएका पार्टीका नेता आज आफैं नयाँ सामन्तको रूपमा उदाएका छन् । नागरिकका लागि सार्वजनिक सेवा प्रवाह र विकास निर्माण चाहिँ झनै खस्कँदो छ । देशको सर्वपक्षीय विकास, आर्थिक उपार्जन, प्रभावकारी सेवा तथा नागरिक जीवनलाई गुणस्तरीय बनाउने कार्ययोजनामा ठोस प्रस्टता छैन ।
दल त दलदलमा छँदैछन्, दलभित्रका समूह अहिले त गुट पनि नभएर गिरोहमा परिणत भएका छन् ।
गुटभित्र विचार तथा सिद्धान्तको छलफल हुन्छ, गिरोहमा केवल अरूलाई ठगेर वा हटाएर आफूलाई फाइदा हुने कदम उठाइन्छ । मात्र लेनदेन र नाफाघाटाको हिसाब गरिन्छ, चरम अवसरवादको प्रतिक्षा हुन्छ ।
आपसी मतान्तर जीवन, जनता, आदर्श, नीति तथा कार्यक्रममा नभई पदको बाँडफाँड र शक्तिको भोगका लागि हुन्छ । नेकपाको पछिल्लो अवस्था समेत यही हो नै, अब त यसको स्थापनाको औचित्य समेत सकिएको छ ।
औचित्यको समाप्ति
तत्कालीन माओवादीको उद्देश्य राजतन्त्र फालेर संविधान सभामार्फत् गणतान्त्रिक संविधानको निर्माण थियो भने तत्कालीन एमालेको उद्देश्य पञ्चायती व्यवस्थाको उन्मूलन थियो । दुवै पार्टीको आधारभूत उद्देश्य समेत पूरा भएकाले अब बाँकी नागरिक अपेक्षा पूरा गर्न नयाँ ढंगका दलहरूको आवश्यकता पर्छ । तत्कालीन शक्तिको प्रतिस्थापनपछि के गर्ने भन्ने न त स्पस्ट योजना थियो, न त सानदार व्यवस्थापन गर्दै नागरिकको आशा अनुसार काम गर्न सके । त्यही अदक्षताको प्रभाव अहिलेको नेकपामा पनि परेको हो ।
त्यसैले यो दल विभाजन भए पनि वा एकीकृत नै रहे पनि नागरिक भलाई तथा देशहितका लागि भने कागलाई बेल पाके जस्तो मात्रै हुन्छ । नेकपा जुटेमा वा फुटेमा पनि केही अनुपम र उदाहरणीय हुने अवस्था छैन । त्यसले कसैको आडम्बरलाई जोगाउँला तर कम्युनिस्ट आचरण, समाजवादी चरित्र तथा नागरिक अपेक्षालाई जोगाउन सक्ने ल्याकत देखिँदैन ।
त्यसैले नेता ज्यूहरू, नेकपा विभाजन होइन, विघटन गर्नुहोस् । बरू भविष्यमा अन्य कोही कसैले नयाँ ढंगले अर्को नैतिक र इमान्दार कम्युनिस्ट पार्टी पुनर्गठन गर्न सकोस् । कृपया, यसैलाई जीवन्तता दिएर समाजवादको खिल्ली नउडाइयोस् ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...