जेठ २२, २०८०
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
साउन १३, २०७७
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको संकट तत्कालका लागि समाधान हुने देखिएको छैन । पटक-पटक अवरुद्ध भएको स्थायी कमिटी बैठक मंगलवार पनि स्थगित भएपछि नेताहरू आफैं अलमलमा परेका छन् ।
मंगलवार ११ बजेभन्दा केही अगाडि मात्र बालुवाटारबाट अर्को सूचना नआएसम्मका लागि स्थायी कमिटी बैठक स्थगित भन्ने सूचना पाएका नेताहरूमध्ये कोही बाटोमा थिए भने कोही कपडा लगाइरहेका थिए । गत असार १० गतेबाट शुरू भएको पाचौं स्थायी कमिटी बैठकमा बहुमत सदस्यहरूले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको राजीनामा माग गरेपछि विवाद झन् चुलिएको थियो ।
लोकान्तरकर्मी ईश्वर अर्यालले यिनै विषयमा केन्द्रित रही स्थायी कमिटी सदस्यद्वय गोकर्ण विष्ट र छविलाल विश्वकर्मासँग संक्षिप्त कुराकानी गरेका थिए ।
प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
स्थायी कमिटी बैठक पटक-पटक स्थगित भएको छ, यसलाई 'स्थगन' कमिटी पनि भन्न थालिएको छ । यसबाट नेता तथा कार्यकर्ता पंक्तिमा कस्तो मनोविज्ञान सिर्जना भएको छ ?
हरेक समस्याको समाधान संस्थागत ढंगले खोज्ने कुराले पार्टी र आन्दोलन बलियो हुन्छ । पार्टीभन्दा जब व्यक्तिका निर्णयहरू माथि हुन्छन्, पार्टीलाई प्रक्रिया वा विधिबाट सञ्चालन गरिन्न तब यस्ता प्रकारका समस्याहरू उत्पन्न हुन्छन् ।
अहिले जसरी पार्टीका बैठकहरू निरन्तर स्थगित भएका छन् यसले कार्यकर्ता पंक्तिमा नकारात्मक सन्देश गएको छ । हरेक समस्याका समाधान विधि र प्रक्रियाबाट खोजिनु नै उपयुक्त हुन्छ ।
प्रत्येकपटक बैठक स्थगित हुनुको करण अध्यक्षहरूबीच सहमति गर्नुपर्ने भएकाले भनिन्छ, यो भनेको के हो ?
पार्टीभित्र उत्पन्न समस्याहरूको सन्दर्भमा प्रक्रिया अघि बढ्छ । दुईजना नेताको मेलमिलाप या बेमेलका आधारमा पार्टी बन्धक हुनुपर्ने कुरा आन्दोलनका लागि सुखद् होइन ।
हरेक व्यक्तिहरू पार्टीको संस्थागत प्रणालीमा रहेर समाधान खोज्ने विधिलाई आत्मसात् गर्ने हो भने मात्र आन्दोलन बलियो हुन्छ र विधिसम्मत चल्छ ।
यो नेताहरूले आदर्शका कुरा मात्र गर्ने, व्यावहारिक कुरा नगर्ने । यसको ठोस समाधान यो हो भनेर नेताहरूले दिन सक्ने हो भने अलि सहज हुन्थ्यो कि ? पार्टी र आन्दोलनको भविष्यमा इमान्दार र चिन्तित हुने अवस्था उत्पन्न हुँदा मात्र पनि समस्याका समाधान सहज हुन सक्छ ।
विवाद समाधानका लागि तपाईंको व्यक्तिगत सुझाव के त त्यसो भए ?
पार्टीलाई विचार र विधिबाट सञ्चालन गर्ने कुरामा अघि बढ्न सकियो भने समस्याको समाधान खोज्न सकिन्छ । जीवन्त पार्टीभित्र अनेकन समयमा विभिन्न समस्याहरू हुन सक्छन् । तर सबै समस्याको समाधानको उपाय भनेकै विचारबाट सञ्चालन गर्नु हो ।
तपाईंहरू विधि र पद्धतिमा अड्किनु भएको छ, खासमा कुरा राजीनामामा अड्केको जस्तो देखिन्छ ?
राजीनामामै अड्केको भएपनि यसको हल के त ? विचार र विधिबाट समाधान हुनुपर्ने हो नि ! पार्टीलाई विचार र विधिगत मान्यताबाट चलाउनुपर्छ भन्ने हाम्रो भनाइ हो । त्यसरी नै समाधान खोज्न सकिन्छ ।
गुट–उपगुट गर्ने, छुट्टै निर्णय गरेर उता लगेर सुनाउने भन्ने खालको आरोप लागिरहेको छ प्रचण्ड-नेपाल समूहलाई ?
हाम्रो मान्यता भनेको पार्टीलाई संस्थागत र वैधानिक हिसाबले सञ्चालन गर्नुपर्छ । हरेक व्यक्तिका आफ्ना अनुभव र मतहरू पार्टीभित्र प्रतिविम्बित हुन सक्छन् । पार्टी संस्थागत ढंगले चल्न थाल्यो भने हरेक प्रकारका समस्या समाधान हुन्छन् भन्नेमै केन्द्रित छौं ।
व्यावहारिक निकास के हो त त्यसो भए ?
पार्टीभित्र अनेकन समस्याहरू आउँछन् र सबै समाधान प्रणालीद्वारा समाधान भेटिन्छ ।
अन्तिममा केन्द्रीय समिति बोलाउने तयारी पनि चलिरहेको छ । स्थायी कमिटी बैठक असफल भएको सन्देश जाँदैन ?
पार्टीको स्थायी कमिटी बैठक सुचारु नहुने, केन्द्रीय कमिटीको बैठक नबस्ने । पार्टीका कमिटीहरू एकदमै गतिहीन बन्ने यो अवस्थाले पार्टी बलियो हुँदैन, आन्दोलन बलियो हुँदैन । नेताहरू गम्भीर बन्न जरुरी छ ।
स्थायी कमिटी बैठक पटक-पटक स्थगित भएको छ, यसले कम्युनिस्ट पार्टीप्रति जनतामा राम्रो म्यासेज गएको छैन, के भन्नुहुन्छ ?
अध्यक्षद्वयबीच सहमति खोज्नुपर्छ भनेरै बैठकहरू स्थगित भएका छन्, हामीले त के भन्ने हो र ?
नेताहरूबीच सहमति अपरिहार्य हो कि बैठकले नै सबै कुराको निकास दिनुपर्ने हो ? दुईथरी कुरा आइरहेको छ नि !
यसमा कसैले द्विविधा पाल्न जरुरी छैन कि पार्टीका दुवैजना अध्यक्षको बीचमा संवाद हुन जरुरी छ । समझदारी कायम हुन जरुरी छ । समझदारीका आधारमा अघि बढ्नुपर्ने अहिलेको अवस्था हो ।
दुवैजना अध्यक्षहरू साविक दुईजना पार्टीका अध्यक्षको हैसियतले नेताको हैसियतले पार्टी एकता भएर समझदारीका साथ अघि बढ्ने आधार तयार भएपछि यो परिस्थितिको निर्माण भएको हो ।
दुवै अध्यक्षहरूले अविश्वासलाई विश्वासमा परिणत गर्न जरुरी छ । यो जिम्मेवारीबाट उहाँहरू पन्छिन मिल्ने ठाउँमा हुनुहुन्न ।
उहाँहरू दुवैजना अध्यक्षले गहिरो जिम्मेवारी बोध गर्न जरुरी छ । आमजनताको अभिमत के हो भन्ने उहाँहरूले बोध गर्नुपर्यो ।
दुईजना अध्यक्षमात्र कि वरिष्ठ नेता माधवकुमार नेपाल पनि ?
पार्टीका अध्यक्ष त दुईजना हो अहिले । दुईजना अध्यक्षहरू बीचमा समझदारी कायम गरी अघि बढ्नुपर्छ । वरिष्ठ नेता, सचिवालयका नेताहरूले सकारात्मक ढंगले योगदान पुर्याउनुपर्छ ।
सचिवालयका नेताहरूको पनि विश्वास लिएर स्थायी कमिटीमा पनि विश्वास लिनुपर्ने काम अध्यक्षद्वयकै हो । कि त अध्यक्षहरूले सकिएन भनेर हात खडा गर्नुपर्यो, होइन भने उहाँहरू यो जिम्मेवारीबाट दायाँबायाँ हुन पाउनुहुन्न ।
एउटा अध्यक्षको त राजीनामा माग भइरहेको छ फेरि ?
एउटा अध्यक्षले अर्को अध्यक्षको राजीनामा माग्ने, एउटा अध्यक्षले अर्को अध्यक्षका बारेमा अविश्वास गर्ने कुरा नै गलत छ । उहाँहरूले महाधिवेशनसम पार्टीलाई पुर्याउने जिम्मेवारी लिनुभएको हो । समझदारीका साथ देशको राष्ट्रिय राजनीतिलाई नेतृत्व लिने जिम्मेवारी लिनुभएको हो । त्यो उहाँहरूले पूरा गर्नुपर्छ ।
उहाँहरूले असन्तुष्टि पोख्ने, गुनासो पोख्ने यो बीचमा संख्याका आधारमा खेल्न खोज्ने गर्नुभयो भने इतिहासले माफ गर्नेवाला छैन । त्यो प्रश्नको जवाफ दिनका लागि उहाँहरू तयार हुनुपर्छ ।
तपाईंहरूको भूमिका के ?
मैले कुरा गरें नि, ठाउँमा भनिएको छ । स्थायी कमिटीको बैठक विषयकेन्द्रित नै भएन । कार्यसूचीमै प्रवेश गरिएन । किन प्रवेश नगरेको ? त्यो त दुईवटा अध्यक्षले जान्ने कुरा हो नि !
१६ गतेको बैठकमा त कार्यकारी जिम्मेवारीमा रहनुभएका अध्यक्ष प्रचण्डले १४ गते अर्का अध्यक्ष ओलीले बोलेको कुरालाई लिएर बैठकमा प्रवेश गराउनुभयो ।
त्यहीँ घुम्यो बैठक । कार्यसूचीमा प्रवेश गर्नै पाएन । यस्तो गर्न हुन्छ ? स्थायी कमिटीलाई विषयकेन्द्रित रहेर छलफलमा लैजाने हो । घटना विशेषबाट प्रभावित भएर आक्रोशलाई आधार मानेर अगाडि बढेपछि ठाउँमा पुगिन्छ ?
दुईवटा अध्यक्षले गहिरोसँग आत्मचिन्तन गर्नुहोस् र यो समय जुन उपलब्ध भएको छ, सही ढंगले सदुपयोग गर्नुहोस् भन्ने चाहिँ मेरो आग्रह हो ।
अध्यक्षहरूबीच सार्वजनिक रूपमै आरोप प्रत्यारोपको शृंखला चलिरहेको छ, यसरी त कसरी होला र ?
उहाँहरू सार्वजनिक रूपमा जसरी प्रस्तुत हुनुभएको छ, धेरै गलत भयो । अहिले हामी द्विअध्यक्ष प्रणालीमा छौं । हामीले शुरू गरेको यो प्रणाली अन्य दलले पनि अपनाएका छन् । विधिसम्मत ढंगले अघि बढेका छौं ।
त्यसैले उहाँहरूले यो अभ्यासलाई सही ढंगले अघि बढाउनु पर्दैन ? एउटा अध्यक्ष नरहँदा अर्को अध्यक्षको पनि औचित्य रहँदैन । अर्काको राजीनामा माग्दा आफ्नो चाहिँ के हुन्छ नि ?
रेगुलर कार्यसूचीमा बैठक जान्छ भन्ने कन्फर्म भएपछि स्थायी कमिटी बैठक बस्छ ?
उहाँहरूको कुरा हो अब, के गर्नुहुन्छ !
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...