सुर्खेत पश्चिममा फोरजी सेवा विस्तार

शेरबहादुर थापा
शेरबहादुर थापा

लोकान्तर संवाददाता थापा कर्णाली प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

सुर्खेतको पश्चिमी क्षेत्रमा पर्ने बाबियाचौर र विद्यापुरमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार गरेको छ ।

पञ्चपुरी नगरपालिका अन्तर्गतका दुवै क्षेत्रमा मंगलवारदेखि फोरजी सेवा शुरू गरिएको हो । 


Advertisement

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री एवं निर्वाचन क्षेत्रका संघीय सांसद नवराज रावतको निरन्तर पहलपश्चात नेपाल टेलिकमले फोरजी सेवा शुरू गरेको हो । राज्यमन्त्री रावतले पश्चिम सुर्खेतमा नेटवर्क गुणस्तरीय सेवा प्रदान गर्नका टेलिकमलाई अनुरोध गरेका थिए ।

उनले यी २ सहित पोखरीकाँडा, छाप्रे, सालकोट, डाडाकाना, वेतान, लगाम, तल्लो बिजु, राग, कालावन, पल्लो राग, तिखाकुना क्षेत्रका टावरबाट गुणस्तरीय सेवा विस्तार गर्न पत्रमार्फत टेलिकमको केन्द्रीय कार्यालयमा अनुरोध गरेका थिए । फोरजी सेवा विस्तार गरेकोमा धन्यवाद दिँदै राज्यमन्त्री रावतले आगामी दिनमा बाँकी रहेका क्षेत्रमा पनि सेवा विस्तारका लागि पहल जारी रहने बताए ।


Advertisement

फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा बृहत् सुधार गर्न सजिलो हुने इन्जिनीयर विराज काफ्लेले जानकारी दिए । 

शेरबहादुर थापा
शेरबहादुर थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्