हाम्रो जीवनशैलीमा तुलसीको महत्त्व कति ?

तुलसीलाई हिन्दूधर्म दर्शनले निकै महत्वपूर्ण वनस्पतीको रूपमा लिएको छ । पछिल्लो समयमा वैज्ञानिकहरुले समेत तुलसीको प्रयोगले मानिसलाई फाइदा पुर्याउने बताएका छन् ।

तुलसीले सवैभन्दा धेरै अक्सिजन फाल्ने हुनाले समेत घरमा तुलसी हुनु फाइदा हुन्छ । हिन्दू धर्म अनुसार तुलसीले घरको अवस्थाका बारेमा समेत जानकारी दिन्छ ।


Advertisement

तपाईको घर, परिवार या तपाईंमाथि कुनै पनि संकट आउन लागेको छ भने त्यसको सबैभन्दा पहिलो असर घरमा रोपिएको तुलसीको बोटमा पर्न जान्छ ।

तुलसीको बोटमा आएको परिवर्तनले तपाईको पारिवारिक वा व्यक्तिगत जीवनमा केही समस्या आउने नआउने विषयबारे जानकारी हुनसक्छ । पुराणहरुमा तुलसीको निकै महत्व रहेको जनाइएको छ ।


Advertisement

पुराण तथा शास्त्रका अनुसार जुन घरमा समस्या उत्पन्न हुनेवाला छ त्यस घरमा सवैभन्दा पहिला लक्ष्मी अर्थात तुलसी ओइलाउने छ, वा उग्लनेछ । त्यस्तै तुलसीमा कालो दागहरु देखा पर्दासमेत पारिवारिक संकट आउने संकेत हुने जनाइन्छ ।

बुधको प्रभाव हरियो रंगमा हुन्छ र बुधलाई रुख विरुवाको कारक ग्रह मानिएको छ । बुध यस्तो ग्रह हो जसमाथि अन्य ग्रहको नराम्रो प्रभाव पर्दछ ।

यदी कुनै ग्रहले अशुभ फल दिन्छ भने त्यसको अशुभ प्रभाव बुधको कारक वस्तुहरुमा पर्नेछ । यदि कुनै ग्रहले शुभ फल दिन्छ भने त्यसको शुभ प्रभाव हरिया रुख विरुवा बढ्दै जान्छन् भने बुधको प्रभावमा फल फूलमा पात तथा फल लाग्न जान्छ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्