नक्कली सुन प्रकरण : भागेको स्कोर्पियो खोज्न एसएसपीको कमाण्डमा समिति गठन

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

हिजो (मंगलवार) काठमाडौंको कृष्ण पाउरोटी चोकनजिक फेला परेको १४ किलो नक्कली सुन र २ वटा पेस्तोलबारे अनुसन्धानका लागि महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक थापाको नेतृत्वमा समिति गठन भएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी थापाको नेतृत्वमा गठन गरेको समितिमा महानगरीय प्रहरी कार्यालयकी एसएसपी किरण बज्राचार्य, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) सोमन्द्रसिंह राठोर, एसपी दुर्गा दाहाल र डीएसपी राजकुमार केसी छन् ।


Advertisement

मंगलवार बिहान ९ बजेको समयमा कृष्ण पाउरोटी चोकमा प्रहरीले चेकजाँच गर्दैगर्दा बा६च ५५१९ नम्बरको स्कोर्पियो झोला फालेर भागेको थियो ।

सो झोलामा १५ किलो पहेँलो धातु फेला परेकोमा सुनको जलप लगाएको साढे १४ किलो चाँदी, आधा किलो सुन र २ वटा चाइनिज पेस्तोल बरामद भएको थियो ।


Advertisement

प्रहरीको सुरक्षा घेराबाट कसरी स्कोर्पियो भाग्यो भन्दै चौतर्फी विरोध भएपछि महानगरीय प्रहरी कार्यलयले समिति गठन गरेको हो ।

गगन अर्याल
गगन अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्