×

NMB BANK
NIC ASIA

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शीर्ष नेताहरूको शक्तिसंघर्ष चरमचुलीमा छ ।

Muktinath Bank

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली निवास बालुवाटारमा मंगलवार भएको बहुमत स्थायी कमिटी सदस्यहरूको भेलामा ओली पक्षका स्थायी कमिटी सदस्यहरू अनुपस्थित थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीपक्षीय नेताहरू अनुपस्थित मात्र भएनन्, उनीहरूले भेलाको वैधानिकतामाथि समेत प्रश्न उठाए ।


Advertisment
Nabil box
Kumari

यद्यपि यस (भेला)लाई बैठकको निरन्तरता भन्नुभन्दा 'बहुमत सदस्यको जमघट भनौं' भनेर अध्यक्ष प्रचण्डले नै भेलामा भने, जसले सम्भावित दुर्घटनालाई केही हदसम्म टार्ने काम गर्‍यो ।

Vianet communication
Laxmi Bank

मंगलवार स्थायी कमिटी सदस्यहरू बैठकका लागि निवासबाट निस्किने तरखरमा थिए, त्यति नै बेला बालुवाटारबाट सूचना आयो– 'बैठक स्थगित' ।

बालुवाटारबाट एकलौटी ढंगले बैठक स्थगित गरिएको आरोप अर्को पक्षका नेताहरूले लगाए ।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल ओलीसँग कुरा गर्न जाँदा उनले बैठक स्थगित भइसकेको र आफू आउन नसक्ने भनी फिर्ता पठाएका थिए । 

येनकेन स्थायी कमिटीका नेताहरू बैठकमा बसे, दुई बुँदे निर्णय पनि गरे ।

पहिल्यै बस्ने तय भएको स्थायी कमिटी बैठकलाई ओलीले एकतर्फी रूपमा स्थगित गर्नु विधानविपरीत भएको र अब संवाद तथा सहमति गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरूलाई जानकारी गराएका थिए । 

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेको २ वर्ष बितिसकेको छ । 

यसबीचमा धेरै तीतामीठा कुराहरू भएपनि एकतामै संकट आउनेगरी नेकपामा पछिल्लोपटक शक्तिसंघर्ष उत्कर्षमा पुगेको हो ।

नेकपामा ओली र ओलीइतर गठबन्धनबीच रस्साकस्सी चलिरहेको छ । 

गत फागुनमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको निर्णयलाई ओलीले चुनौती दिएपछि नेकपामा कलहको बीजारोपण भएको थियो । 

असार १० गतेदेखि शुरू भएको नेकपाको पाचौं स्थायी कमिटी बैठकमा बहुमत स्थायी कमिटी सदस्यहरूले ओलीको राजीनामा मागेपछि नेकपाभित्रको कलह संकटमा बदलियो । 

पछिल्लो कलहले दुई समूहबीच मात्र टकरावको स्थिति पैदा गरेको छैन, दुई समूहभित्र पनि अन्तरविरोधहरू पैदा भएका छन् । 

प्रचण्डसँग आफ्नैले दुखाएका हुन् चित्त ?

बालुवाटारमा स्थायी कमिटीका बहुमत सदस्यहरू बुधवार भेला हुँदा पूर्व माओवादीका ४ नेता अनुपस्थित रहे । गृहमन्त्री रामबहादुर थापा 'बादल', उद्योग मन्त्री लेखराज भट्ट तथा स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी र मणि थापा प्रचण्डले बोलाएको बैठकमा नगएपछि विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेको छ ।

उद्योगमन्त्री समेत रहेका लेखराज भट्ट खुलेरै ओली समूहमा लागेका छन्, भट्टका पछिल्ला सार्वजनिक अभिव्यक्तिहरूले यसको पुष्टि गर्छन् ।

अध्यक्ष प्रचण्डनिवास खुमलटार स्रोतले भट्टलाई आफ्नो कित्तामा राख्न नसकिएकोमा खुमलटार दु:खी रहेको प्रतिक्रिया दियो ।

'भट्टले साथ छाड्नुमा कहीँ न कहीँ आफ्नो कमजोरी रहेको भनेर अध्यक्ष प्रचण्डले भन्ने गर्नुभएको छ,' स्रोतले भन्यो, 'उहाँ (भट्ट) किन रिसाउनु भएको हो भनेर सोध्न पनि धेरै प्रयास गरियो तर यता आएर सल्लाह गर्नुभन्दा धेरै मिडियाबाजी गर्नुभयो । हामी उहाँको सम्पर्कमै छौं । जनयुद्धदेखि नै भट्टजी अध्यक्षसँग अति नजिकको नेता हो । कुनै न कुनै बेला मन माझामाझ त होला, त्यतिबेलै थाहा हुन्छ, भट्टजीको कन्सर्न के हो भन्ने कुरा ।'

प्रचण्डको किचन क्याबिनेट मानिने हरिबोल गजुरेलले पनि सार्वजनिकरूपमै असन्तुष्टि प्रकट गरेका छन् ।

'पार्टीभित्रको विवाद समाधान गर्न मैले एउटा सुझाव दिएको थिएँ, प्रचण्डले पनि अन्तिममा तपाईंको सुझाव प्रयोग गर्छु भन्नुभएको थियो,' गजुरेलले बुधवार बिहान एक रेडियोमा अन्तर्वार्ता दिने क्रममा भनेका थिए, 'तर उहाँले मेरो सुझाव मान्नुभएन । उहाँले मैले भनेको सुझाव मानेको भए अर्का अध्यक्ष ओली पनि सहमति हुन सक्नुहुन्थ्यो र पार्टीभित्रको समस्या हल हुन्थ्यो ।' 

यद्यपि गजुरेलले त्यो के सुझाव थियो भन्ने खुलाएनन् ।  

पूर्व माओवादी नेताहरू भन्छन्- 'प्रचण्डको पुरानो निर्णय क्षमता चाहियो' 

यतिबेला पूर्वमाओवादी नेताहरूले प्रचण्डको पहिलाको निर्णय क्षमता खोजिरहेका छन्, गजुरेलको अभिव्यक्ति त्यसको प्रतिनिधित्व हो ।

भट्ट र गजुरेल मात्र होइन, प्रचण्डसँग स्थायी कमिटी सदस्य मणि थापा र टोपबहादुर रायमाझीले पनि चित्त दुखाएको पछिल्ला गतिविधिहरूले पुष्टि गर्छन् ।

केही दिनअघि खुमलटारमा जम्मा भएका केही पूर्व माओवादी नेताहरूलाई प्रचण्डले ठट्यौली पारामा ब्रिफिङ गरेका थिए, 'केही साथीहरूले उताको भाषा बोल्न थाल्नुभएको छ, तर केही छैन, एकता राम्रोसँग अन्तरघुलित भएको छ ।' 

प्रचण्डको यस्तो ब्रिफिङ सुनेका एक नेताले लोकान्तरसँग गुनासो गरे, 'एकता अन्तरघुलित भएको नामामा आफूलाई अप्ठ्यारो पर्दा साथ दिएकाहरूलाई बेवास्ता गर्नु भएन नि ! माधव नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरूभन्दा धेरै योग्य र सक्षम नेताहरू प्रचण्डको साथमा हुनुहुन्छ । उहाँहरूको कुरा सुन्न छाडेर अर्कैतिर लहसिने प्रवृत्तिलाई धेरै साथीहरूले राम्रो मान्नुभएको छैन ।'

गजुरेल र रायमाझीलाई खुमलटार नबोलाएपछि …

गजुरेल प्रचण्डका अति निकटका नेता मानिन्छन् । माओवादी एकीकृत रहँदा बाबुराम भट्टराई निकट मानिने रायमाझी पनि बाबुरामको बहिर्गमनपछि प्रचण्डकै साथमा रहँदै आएका थिए ।

केही दिनअघि प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्यमध्ये अधिकांशलाई खुमलटार बोलाएर प्रचण्डले ब्रिफिङ गरे, तर गजुरेल र रायमाझीलाई खबर पुगेन ।

गजुरेल र रायमाझीको मन त्यहीँबाट कुँडिएको स्रोतको दाबी छ । यता खुमलटार भने यति सानो कुरामा चित्त दुखाउनु नहुने जिकिर गर्छ ।

खुमलटार स्रोतले लोकान्तरसँग भन्यो,  'उहाँहरू आफ्नै हो । अन्तरविरोधको पो समाधान गर्ने हो । यति सानो कुरामा मन भाँचेर हुन्छ ? तर प्रचण्डसँग उहाँहरूको पछि पनि सल्लाह भएको छ । अन्तिममा उहाँहरू यतै आउने हो, ढुक्क भए हुन्छ ।'

भुइँको टिप्दा गोजीको गुम्ने खतरा !

यतिबेला पूर्व एमालेको अन्तरविरोधमा रुमल्लिएका प्रचण्डले आफूलाई लामो समयसम्म साथ दिएका नेताहरूलाई प्राथमिकतामा राख्न बिर्सेको असन्तुष्ट नेताहरूको गुनासो छ ।

प्रचण्डका लागि अहिलेको समय 'भुइँको टिप्दा गोजीको गुमाउने' नेपाली उखानसँग ठ्याक्कै मेल खाने उनीहरूको तर्क छ ।

लोकान्तरले रायमाझीलाई सम्पर्क गरेर यस विषयमा थप प्रस्ट हुने प्रयास गरेको थियो । यस विषयमा लामो टिप्पणी गर्न चाहेनन्, तर उनले जति भने त्यसले उल्लेखित तथ्यलाई पुष्टि गर्न मद्दत पुग्छ ।

स्थायी कमिटी सदस्य मणि थापाको गुनासो पनि उस्तैउस्तै  छ।

'अध्यक्ष प्रचण्डमा पछिल्लो समय आफूलाई साथ दिएकाहरूलाई प्राथमिकतामा नराख्ने तर पूर्वएमालेहरूको बीचमा रहने प्रवृत्ति देखिएको छ, यसले कति हानी पुग्छ, त्यो उहाँले नै विचार गर्नुभएको होला !' थापाले लोकान्तरसँग भने ।

बादल समूहका एक नेताले एकता प्रक्रियामा आएका आफूहरूको व्यवस्थापनमा प्रचण्डले ध्यान नदिएको गुनासो गरे । तत्कालीन एकीकृत माओवादी विभाजन हुँदा मोहन वैद्यसँगै बाहिरिएका बादल लगायतका नेताहरू पछि तत्कालीन माओवादी केन्द्रमा फर्किएका थिए ।

उनले जनयुद्धका बेलामा पनि प्रचण्डले आफ्ना नेताहरूभन्दा नारायणकाजी श्रेष्ठ र वामदेव गौतमसँग बढी सहकार्य गर्ने गरेको आरोप लगाए ।

'पछिल्लो चरणमा आइसकेपछि उहाँको मुख्य ध्यान माओवादी पार्टीभित्रका मुख्य नेताहरूसँग सरसल्लाह गर्नेभन्दा पनि ओली पक्षका दोस्रो पुस्ताका नेताहरूसँग बढी आकर्षित हुनुभयो । विशेषतः माधव नेपाल पक्षका नेताहरूसँग पनि उहाँको हिमचिम बढिरहेको छ,' उनले थपे, 'प्रचण्डले भीम रावललाई प्राथमिकता दिएर सुदूरपश्चिमको नेता भीम रावल हो भनेर प्रशिक्षणमा भनिसकेपछि लेखराज भट्ट गुमाउनुभएको साँचो हो ।' 

प्रचण्डको इनर्जी लस !

प्रचण्ड पूर्व एमालेको अन्तरविरोधमा रुमल्लिएका छन् ।

बादल समूहका एक नेता भन्छन्, 'प्रचण्डले अहिले पूर्व माओवादी नेताहरूलाई संगठित गरिराख्नेभन्दा माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमतिर ध्यान दिन थाल्नुभयो, उहाँको इनर्जी त्यतै लस भएको  छ ।' 

बादलको कुरा के हो भन्ने प्रश्नमा उनको जवाफ छ, 'बादललाई गृहमन्त्री ओली कमरेडले बनाउनुभयो, तर प्रचण्डले हटाउने खेल खेल्नुभयो । बादल प्रचण्डको गुच्चा खेल्ने, डन्डीबियो खेल्ने र खानपिन गर्ने साथी हो । बादलको संरक्षण ओलीले गर्ने तर प्रचण्डले हटाउन खोज्ने कुराले पनि त राम्रो सन्देश दिएको छैन नि !' 

खुमलटार भन्छ - परिवर्तित परिस्थितिमा पुरानो निर्णय क्षमता खोजेर हुन्छ ?

यतिबेला अध्यक्ष प्रचण्डको काँधमा अर्का अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग वार्ता र संवाद गरेर तत्कालको संकट हल गर्नुपर्ने जिम्मेवारी छ । नेकपामा अहिले सबैभन्दा बढी सक्रिय नेता प्रचण्ड नै हुन् । 

'ठूलो पार्टी भएपछि जताततै हेर्नुपर्छ । राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको पनि जायजा लिनुपर्ने हुन्छ,' प्रचण्डनिकट एक नेताले भने, 'पार्टीभित्र स्वार्थ समूह र उप–समूहहरू बन्छन् र मुद्दाका आधारमा कसलाई प्राथमिकता दिने र नदिने भन्ने कुरा मुख्य नेताले गर्ने हो ।'

पार्टीभित्रको संकट हल गर्ने कुरा दुई अध्यक्षको जिम्मेवारीकै विषय रहेको ती नेताको धारणा छ । 

'मुख्य नेताहरूसँगको छलफलमै अध्यक्ष प्रचण्डको अधिकांश समय बित्छ,' उनले भने, 'यस्तो बेलामा बोलाएन, भेट्न पाइएन भन्ने जस्ता कुराहरू नगरेकै वेश हुन्छ, तर यसको अर्थ अध्यक्षले आफ्नालाई पूरै बेवास्ता गरेको भन्ने होइन, बेलाबेलामा सल्लाह सुझाव लिइरहेकै देख्छु म ।'

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x