×

NMB BANK
NIC ASIA

काठमाडौंको मुटु मानिने कमलादी क्षेत्रमा प्रहरीको अगाडि पहेंलो धातु र हतियार फालेर तस्करहरू भागेको भनिएको घटना रहस्यमयी बनेको छ ।

Muktinath Bank

प्रहरीले मंगलवार पत्रकार सम्मेलन गरेर कमलादीको नबिल बैंक नजिकैको मोडमा स्कोर्पियो गाडीबाट सुन र हतियार सहितको झोला फालिएको जानकारी गराएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मंगलवारको पत्रकार सम्मेलनमा बा६च ५५१९ नम्बरको स्कोर्पियो प्रहरी चेकिङ हुँदा झोला फालेर भागेको बताएका थिए । 


Advertisment
Nabil box
Kumari

महानगरीय प्रहरी वृत्त दरबारमार्गका वृत्तपति प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जन दाहालको नेतृत्वमा प्रहरीले चेकिङ गरिराखेको ठाउँबाट सेतो झोला फालेर स्कोर्पियो भागेको प्रहरीले बताएको थियो । 

Vianet communication
Laxmi Bank

पत्रकार समेलनमा डीएसपी दाहालले स्वयं उपस्थित भएर कमलादीबाट आधा किलोग्राम सुन र र साढे १४ किलो सुनको जलप लगाएको चाँदी फेला परेको बताएका थिए ।

कमलादीमा होइन, अन्यत्रै भेटिएको थियो झोला

तर कमलादीमा भएको भनिएको घटनास्थल नै ‘फेक’ भएको पाइएको छ । प्रहरीको अगाडिबाट गाडी कसरी भाग्यो भनेर व्यापक विरोध भएपछि महानगरीय प्रहरी कार्यालयले एसएसपी सुशीलकुमार यादवको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले प्रारम्भिक अनुसन्धानका क्रममा सीसीटीभी फुटेज हेर्दा घटनास्थल कमलादीमा नभएको निष्कर्ष निकालेको प्रहरी स्रोतको दाबी छ ।

समितिका एक सदस्यका अनुसार सीसीटीभी फुटेजको अनुसन्धान गर्दा कमलादीमा त्यस किसिमको गतिविधि भएको देखिँदैन । काठमाडौं उपत्यकाको अन्य क्षेत्रको सीसीटीभी फुटेज हेर्दा सुन्धारा क्षेत्रमा घटना भएको छानबिन समितिले अनुमान गरेको छ ।

पत्रकार सम्मेलनमा भनिए जस्तो बिहान ९ बजेको समय पनि नभएको पाइएको छ । घटनाको सीसीटीभी फुटेजलाई हेर्दा घटना बेलुकाको समयमा भएको हुनसक्ने देखिने समितिका एक सदस्यले बताए ।

‘सीसीटीभी फुटेज हेर्दा समयमा पनि फरक पाइएको छ । बाहिर आएको जस्तो बिहान ९ बजेको समयमा होइन र घटनास्थल पनि होइन,’ अनुसन्धानमा संलग्न स्रोतले लोकान्तरसँग भन्यो । 

डीएसपी दाहालले आफूभन्दा माथिका अधिकारीलाई गुम्राहमा राखेको पाइएको छ । नक्कली सुनको झोला फ्याक्ने स्कोर्पियो गाडीलाई समाउन सक्ने अवस्था हुँदाहुँदै पनि नसमाएर अपराधीलाई उम्कन दिएको आरोप प्रहरीमाथि लागेको छ ।

तस्करले झोला फालेर भाग्ने समयमा गाडीको टायरमा गोली हानेर पनि रोक्न सकिनेमा त्यसो नगरेको पाइएको प्रहरी अधिकारी बताउँछन् । ‘त्यहाँ गोली हानेर पनि गाडीलाई समाउन सकिन्थ्यो तर त्यो गरेको देखिएन,’ ती अधिकारीले लोकान्तरसँग भने, ‘अर्काे कुरा प्रहरीले ट्राफिक प्रहरीलाई तत्कालै जानकारी गराएर गाडी नियन्त्रणमा लिन सकिन्थ्यो, त्यो प्रयास पनि भएको देखिएन ।’

प्रारम्भिक अनुसन्धानबाट देखिए जस्तै यदि घटनास्थल सुन्धारा भए दरबारमार्गका डीएसपी दाहालले आफ्नो कार्यक्षेत्र मिचेको देखिने प्रहरीको भनाइ छ । गम्भीर प्रकारको ‘अपरेसन’ गर्दा प्रहरीले आफ्नो क्षेत्रभन्दा बाहिर पनि जान सक्ने भए पनि माथिल्लो निकायलाई जानकारी गराउनुपर्छ ।

पत्रकार सम्मेलन

पक्राउ परेकाहरूबाट थप रहस्य खुल्ने प्रहरीको अपेक्षा

महानगरीय अपराध महाशाखाले नक्कली सुन ओसारपसारमा संलग्न भइ फरार भनिएका ३ जनालाई बिहीवार नवलपरासी पूर्वबाट पक्राउ गरेको छ । पक्राउ पर्ने भारतीय नागरिक देवान पटेल, विजय पटेल र निलेश सखिया छन् । 

मंगलवारको पत्रकार सम्मलेनमा भने गाडीमा चालकसहित अन्य १ जना भएको जनाइएको थियो । पक्राउ गर्दा भने ३ जनालाई पक्राउ गरेको छ । 

स्रोतका अनुसार पक्राउ परेकाहरू नक्कली सुन बरामद गरिएको भनिएको दिन मंगलवार राति काठमाडौंमै बसेका थिए । ‘३ जना पक्राउ परेका छन्, पक्राउ परेका तीनै जनाको अनुसन्धान भइराखेको छ । केही आएपछि हामीले बाहिर ल्याउने छौं,’ समितिका संयोजक एसएसपी सुशीलकुमार यादवले लोकान्तरसँग भने । 

मंगलवार प्रहरीले शुरूमा १५ किलो सुन बरामद भएको भनेर सूचना बाहिर चुहायो । पत्रकार सम्मेलन नहुँदै फेरि १ किलो सुन भएको सूचना बाहिरियो तर पत्रकार सम्मेलनमा आधा किलो सुन र साढे १४ किलो सुनको जलप लगाएको चाँदी भएको जानकारी गराइयो । 

पत्रकार सम्मलेनमा बा६च ५५१९ नम्बरको स्कोर्पियोबाट सेतो झोलामा पहेंलो धातु र पेस्तोल फालेको जानकारी दिइयो तर गाडी भने भागेको जानकारी गराइएको थियो । पत्रकार सम्मलेनमा पत्रकारले सोधेका कैयौ प्रश्नको भने उत्तर दिइएन ।
 
प्रायःजसो प्रश्नको उत्तर ‘अनुसन्धानमा रहेकाले भन्न मिल्दैन’ भन्ने मात्र आएको थियो । विगतमा पनि सुन बरामदको घटना विवादमा आउने गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x