माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
साउन १५, २०७७
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको शक्तिसंघर्ष अहिले संकटको चरणबाट गुज्रिएको छ । जारी पाचौं स्थायी कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्नेक्रम शुरू भएपछि संकटको डीलमा पुगेको नेकपा अहिले भने स्थिर देखिएको छ ।
विवाद समाधान गर्ने विषयमा दुवै पक्षका आ–आफ्ना धारणा रहेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अझै पनि राजीनामाबाट पछि हटेको जस्तो देखिएको छैन भने ओली पक्षले कुनै पनि हालतमा राजीनामा नदिने अडान छाडेको छैन ।
यही विवादबीच पाचौं स्थायी कमिटी बैठक पटक–पटक स्थगनको शिकार बन्यो । गत मंगलवारका लागि बोलाइएको स्थायी कमिटी बैठक ओलीले एकातर्फी रूपमा स्थगित गरिदिएपछि प्रचण्ड–नेपाल समूहका नेताहरूले प्रधानमन्त्री ओलीनिवास बालुवाटारमै छुट्टै भेला गर्नुपर्ने परिस्थिति पैदा गरिदियो ।
उपाध्यक्षसमेत रहेका वामदेव गौतमले गत मंसिर ४ गते २ अध्यक्षबीच भएको कार्यविभाजनलाई थप व्याख्या गरेर अघि बढ्नुपर्ने भन्दै विवाद समाधानका निम्ति ६ बुँदे प्रस्ताव अघि सारेपछि नेकपाभित्रको शक्तिसन्तुलन बदलिएको अनुमान गर्न थालिएको छ ।
स्थायी कमिटी सदस्य मणि थापाले लोकान्तरसँग कुरा गर्दै नेकपाभित्रको शक्तिसन्तुलन अब पहिलाजस्तो नरहेको बताए । ‘२ अध्यक्षबीचको समझदारी नै नेकपाभित्रको विवाद समाधान गर्ने कडी हो,’ उनले भने, ‘उपाध्यक्ष गौतमले ल्याउनुभएको ६ बुँदे प्रस्ताव यतिबेला उपयुक्त जस्तो हामीले मानिरहेका छौं । त्यसैका आधारमा अघि बढ्नुपर्छ ।’
मंगलवारको भेलामा उपाध्यक्ष गौतमले ओली सरकार अलोकप्रिय रहेको तर पार्टी फुट्ने मूल्यमा राजीनामा माग्न नहुने आशयको सम्बोधन गरेका थिए । अझ रोचक के रह्यो भने मंगलवार साँझ प्रधानमन्त्री ओली सपरिवार गौतमको घरमा पुगे । स्वास्थ्यको कारण देखाउँदै बालुवाटारबाट खासै बाहिर निस्कन नरुचाउने ओली भैंसेपाटीस्थित गौतमको घरमै पुग्नुलाई अर्थपूर्ण हिसाबले हेरिएको छ ।
गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ले आफ्नो कित्ता स्पष्ट नगर्नु र उपाध्यक्ष गौतम ओलीको राजीनामाबाट पछि हट्नुलाई नेकपाको सचिवालयमै समीकरण उल्टिएको हिसाबले व्याख्या गर्न थालिएको छ ।
गौतम र बादललाई छोड्ने हो भने नेकपा सचिवालयमा एकातिर अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल अनि प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् भने ओलीका पक्षमा उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल रहेका छन् ।
स्थायी कमिटी सदस्य मणि थापाले पूर्व माओवादीका करीब १ दर्जन स्थायी कमिटी सदस्यहरू गौतमको प्रस्तावमा सकारात्मक रहेको प्रतिक्रिया दिए । थापाको प्रतिक्रियालाई आधार मान्ने हो भने स्थायी कमिटीमा पनि समीकरण फेरबदल भएको बुझ्न सकिन्छ ।
लोकान्तरले गत असार २१ गते ‘नेकपामा सहमतिको प्रयासः ५ बुँदे ड्राफ्ट छलफलमा !’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । प्रचण्डलाई पूर्ण कार्यकारी अध्यक्ष दिने, वरिष्ठ नेता नेपालको नेतृत्वमा सरकार सञ्चालन उच्चस्तरीय समिति गठन गर्ने, मन्त्रिपरिषद् पुनर्गठन गर्ने, असमान नियुक्ति बदर गर्ने र विधिअनुसार पार्टी संचालन गर्ने लगायतका विषयमा शीर्ष नेताहरूबीच तीन साताअघि देखि नै छलफल चलिरहेको थियो ।
गत मंगलवार बालुवाटारमा बसेको बहुमत स्थायी कमिटी सदस्यहरूको भेलाले अध्यक्ष प्रचण्डलाई अर्का अध्यक्ष ओलीसँग समझदारी गर्ने र बैठकलाई पुनः सञ्चालन गर्ने वातावरण मिलाउने जिम्मेवारी दिएको थियो । त्यसयताका २ दिनमा अध्यक्षद्वयबीच भेटघाट भएको छैन ।
ढंग पुर्याएर छलफल गरे समाधान निस्किन्छ:नेम्वाङ
स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले लोकान्तरसँग कुरा गर्दै ढंग पुर्याएर छलफलमा जुट्ने हो भने समाधान निस्किने बताएका छन् । उनले भने, ‘पार्टीभित्रको समस्यालाई समाधान गर्न निरन्तर गम्भीर छलफलको आवश्यकता छ । अहिले जस्तो स्थिति देखा परेको छ, त्यो अवस्थामा ढंग पुर्याएर छलफल गर्दा एउटा निष्कर्षमा पुग्न सकिन्छ कि भन्ने संकेत देखिएका छन् । त्यसतर्फ हामी सबै लागौं भन्ने हो ।’
उनले एउटा उत्कर्षबाट निरंकुशताविरोधी आन्दोलन गरेर आएको तत्कालीन एमाले र जनयुद्धमार्फत् एउटा उत्कर्षमा पुगेर उदाएको माओवादी केन्द्रको महाधिवेशनबाट निर्वाचित अध्यक्षहरू केपी ओली र प्रचण्डबीचमै छलफल हुनुपर्ने र निकासको विन्दु तय गर्नुपर्ने आफ्नो शुरूदेखिको धारणा रहेको बताए ।
‘दुई अध्यक्षबीचमै छलफल हुनुपर्छ, कुराकानी हुनुपर्छ, समझदारी हुनुपर्छ,’ उनले भने, ‘तब मात्र एउटा निष्कर्ष निस्कन्छ भन्ने मेरो निरन्तरको भनाइ हो । पछिल्लो घटनाक्रमले यो कुरालाई पुष्टि गरेको छ ।’
नेकपाको विवाद पूर्व माओवादी र पूर्व एमाले खेमाबीचको शक्तिसंघर्ष होइन । वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा रहेको पूर्व एमालेकै एउटा गुट र ओलीपक्षको अर्को गुटबीचको शक्तिसंघर्षले नेकपालाई यहाँसम्म ल्याइपुर्याएको हो ।
२ अध्यक्ष मात्र किन ? माधवकुमार नेपाल पनि त एउटा शक्ति हो भनेर सोधिएको प्रश्नमा नेम्वाङले जवाफ दिए, ‘मैले २ जना अध्यक्षको बीचमा सहमति हुनुपर्छ भन्दा मेरा आदरणीय कमरेड माधवकुमार नेपालदेखि म आफू समेतलाई त्यहाँ राखेको छु । हामी कोही पनि बाहिर हुनुहुँदैन ।’
नेम्वाङले अबको महाधिवेशन एकता र सहमतिको महाधिवेशन भनेर विधानमै किटान गरिएकाले नेकपाभित्रको अहिलेको तत्कालीन शक्तिसंघर्षको कुनै मूल्य नभएको बताए । ‘एमाले धारको एउटा पक्ष र माओवादी धारको अर्को पक्षबीचमा एकता गरिएको हो,’ उनले भने, ‘त्यसलाई महाधिवेशनबाट टुंगोमा नपुगुञ्जेल यो संक्रमण रहिरहन्छ । त्यसैले यसलाई नेकपा फुट्छ कि भन्ने हिसाबले लिन जरुरी छैन । हामीले विधानमै भनेका छौं कि एकता र सहमतिको महाधिवेशन हुनेछ । त्यो एकता र सहमति कसरी हुन्छ भन्ने कुरा महाधिवेशनले टुंगो गर्छ भनेका हौं ।’
महाधिवेशनसम्म पार्टी चल्ने आधार नै २ अध्यक्षबीचको सहमति रहेको नेम्वाङले प्रस्ट पारे । ‘अध्यक्षद्वयबीच सहमति हुँदा एकता प्रक्रिया अघि बढेको छ भने असहमति हुँदा एकता प्रक्रिया ठप्प भएको छ । अब बल दुवै अध्यक्षको कोर्टमा छ । नेकपाको भविष्य निर्धारण गर्ने उहाँहरूले नै हो । उहाँहरूबीच मनोमालिन्य भयो भने एक डेक पनि नेकपा अघि बढ्न सक्दैन,’ उनले भने ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...