×

NMB BANK
NIC ASIA

सेनाको कल्याणकारी कोषमा ७ अर्ब थपियो, आफ्नै लगानीमा बूट उद्योग खोल्ने तयारी

साउन १६, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : रासस
Premier Steels
Marvel

नेपाली सेनाको कल्याणकारी कोषमा आर्थिक बर्ष २०७६/७७ मा ७ अर्ब २९ करोड १९ लाख रुपैयाँ थपिएको छ । आज (शुक्रवार) पत्रकार सम्मेलन गर्दै सेनाले कोषमा १८.९० प्रतिशत थप गर्दै ५१ अर्ब ६१ करोड ४ लाख नगद पुर्‍याएको जनाएको हो । 

Muktinath Bank

विभिन्न स–साना आयोजनमा पूर्णरुपमा सञ्चालन आएको, वित्त कम्पनी तथा बैंकबाट आएको व्याज, ठूला आयोजनामा खर्च नभएको र शान्ति सेना मिसनबाट आएको पैसाले गर्दा कोषमा रकम बढ्न गएको सेनाले बताएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७७ असार मसान्तसम्ममा विभिन्न बैंकमा ४५ अर्ब ८६ करोड ८० लाख रुपैयाँ निक्षेप गरिएको र विभिन्न आयोजनमा ५ अर्ब ७४ करोेड २४ लाख रुपैयाँ लगानी गरिएको सेनाले उल्लेख गरेको छ ।


Advertisment
Nabil box
Kumari

नेपाली सेनाले सुनाचुरी इमल्स प्लान्ट, सैनिक आवास निमार्णका लागि चितवनको घर जग्गा, अक्सिजन प्लान्ट, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, इचंगुनारयाणमा जग्गा खरिद र भवन निर्माण, शुद्ध पिउने पानी प्लान्ट, रिपुमर्दिनी फ्यूल स्टेशन, सिभिल एक्सप्लोसिभ प्लान्ट लगायतमा लगानी गरेको छ ।

Vianet communication
Laxmi Bank

चालू आवमा बजेट १९ अर्ब विनियोजन

सैनिक कल्याणकारी कोषले चालू आर्थिक वर्ष २०७७/७८ का लागि १९ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सेनाले सञ्चालन गर्ने ५ अर्ब ८ करोड, प्रादेशिक अस्पताल, विद्यालय, महाविद्यालयका सुविधा अभिवृद्धि गर्न १ अर्ब १४ करोड ४६ लाख गरी कल्याणकारी कार्यतर्फ ६ अर्ब २३ करोड १२ लाख कल्याणकारी तर्फको बजेट सार्बजनिक गरेको छ । 

यस्तै शान्ति सेना सबै मिसन सञ्चालन तर्फ १३ अर्ब ५२ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

शान्ति सेना तर्फको १३ अर्ब मध्ये १० अर्ब २५ करोड शान्ति सेनामा जाने सकल दर्जा र सकल अधिकृतहरूलाई दिने तलब भत्तामा जाने गरेको र बाँकी ३ अर्ब रकम बन्दोबस्तीको सामानमा जाने पत्रकार सम्मेलन जानकारी गराएको छ ।

मिसनबाट आउने पैसामा वृद्धि

शान्ति सेना मार्फत युएन मिसनमा गएको पैसामा वृद्धि भएको सेनाले जनाएको छ  । नेपाली सेनाले बार्षिक शान्ति सेनाबाट १४ अर्ब रुपैयाँ पाएको छ । अघिल्लो बर्ष ९ देखि १० अर्ब आउने गरेकोमा यो बर्ष ४ अर्ब बढी पाएको सेनाले जनाएको छ ।

युगान्डाको फोन्टागूवामा बन्दोबस्तीको सामानहरु स्थापना गरेकाले नेपालबाट लैजाने ढुवानी खर्च बच्नु, मर्मत सम्भार खर्च कम लाग्ने, समय बचत आदि कारणले पनि सेनाले बढी रकम पाएको बताएको छ ।

५ करोड जोखिममा
अघिल्लो वर्ष ८५ करोड जोखिममा रहेको नेपाली सेनाको निक्षेप यो वर्ष ५ करोडमा झरेको सेनाले जनाएको छ । युनाइटेड विकास बैंकमा १५ लाख, नेपाल सेयर मार्केट एण्ड फाइनान्समा २ करोड ३४ लाख, सम्झना फाइनान्ससँग १ करोड, हिमालय फाइनान्ससँग १२ लाग जोखिम निक्षेप गरेको छ । यो निक्षेप यो बर्ष र आगामी वर्षसम्म उठाइसक्ने सेनाले जनाएको छ । 

आफ्नै लगानीमा बूट फ्याक्ट्री

​आगामी आर्थिक वर्षमा बूट फ्याक्ट्रीको लागि नेपाली सेनाले आफ्नै लगानी उद्योग सञ्चालन गर्ने भएको छ । नेपाल सरकारको नीति तथा कार्यक्रममा नेपाली सेनालाई आफुलाई चाहिने सामानको आत्मनिर्भर बनाउनको लागि बुट सञ्चालन गर्ने भनिएको थियो । त्यसै अनुरुपमा सेनाले कल्याणकारी कोषबाट सञ्चालन गर्न लागेको बताएको तर कति लगानीमा खोल्न लागेको भन्ने खुलाएको छैन । 

७ करोड ४३ लाख बेरुजू
नेपाली सेनाको बेरुजू यो आर्थिक बर्षमा ७ करोड ४३ लाख ९४ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक बर्ष ०७५/७६ मा २० करोड १८ लाख १७ हजार बेरुजू रहेको नेपाली सेनाको यो बर्ष १२ करोड ७० लाख २३ हजार फर्छ्यौट गरेर ७ करोड मात्र बेरुजू रहेको सेनाले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x