×

NMB BANK
NIC ASIA

कहिले आउला मेलम्ची ?

साउन १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कहिले यो दसैं, कहिले अर्को दसैं । कहिले यो आर्थिक वर्ष, कहिले अर्को वर्ष । यो सुन्दा–सुन्दा हामी दिक्क भइसकेका छौं,’ सांसद अनिता देवकोटाले गत बुधबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मेलम्चीबारे प्रश्न गरिन्, ‘सचिवज्यू भन्दिनुस्, पानी आउने दसैं र अर्को आर्थिक वर्ष कहिले आउँछ ?’ राजधानीवासीलाई खानेपानी उपलब्ध गराउने ३० वर्षअघिको सपना पूरा हुनै लाग्दा मेलम्ची सुरुङको ढोकै भत्केपछि सांसद देवकोटाले खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेसँग व्यंग्यात्मक शैलीमा यस्तो प्रश्न राखेकी हुन् ।

Muktinath Bank

परीक्षणकै क्रममा गत असार ३० गते सुरुङको ढोका भत्केर हेलम्बुस्थित मुहानको फ्लसिङ अडिटबाट पानी बाहिर निस्केपछि सांसद मात्र होइन, सर्वसाधारणमा पनि मेलम्चीको पानी अब कहिले आउँछ भन्ने प्रश्न फेरि उब्जिएको छ । खानेपानीमन्त्री विना मगरले अब तत्कालै राजधानीवासीले मेलम्चीको पानी पिउन पाउने घोषणा गरेको १० औं दिनमा सुरुङको ढोका फुट्यो । अब यसको प्राविधिक जाँचमै समय बितिरहेको छ । ढोका खुलेको घटनालाई आधार बनाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजपत्र झिकाएर छानबिन सुरु गरेपछि आयोजनाको निर्माण कतिन्जेल अवरुद्ध होला भन्नेमा अन्योल देखिएको खानेपानी मन्त्रालयका अधिकारीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ढोकाको डिजाइन नै परिवर्तन गरेर भित्र खुल्नुपर्नेमा बाहिर खुल्ने बनाउनु दुर्घटनाको पहिलो कारण भएको मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । आयोजनाको २७ किमि सुरुङको अन्य तीन ठाउँमा यस्तै ढोका जडान गरिएको छ । उक्त समितिले डिजाइन, गुणस्तर र जडानमा गम्भीर त्रुटि भएको भन्दै सुरुङका ती ढोकाको पनि जाँच हुनुपर्ने सुझाव दिएको छ । समितिले बनाएको प्रतिवेदन नै अख्तियारले लगेकोले आयोजनाको गुणस्तरमाथि छानबिन हुने सम्भावना देखिएको सरोकारवाला प्राविधिकको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

‘समितिले तयार गरेको प्रतिवेदन पायौं,’ अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले कान्तिपुरसँग भने, ‘त्यसमाथि छानबिन सुरु भएको छ ।’ अख्तियारले आयोजनाको संरचनाको गुणस्तरमाथि छानबिन गर्न खोज्यो भने आयोजना तत्काल अघि बढाउन समस्या हुने मन्त्रालयका अधिकारी बताउँछन् । अख्तियारमा आयोजनाको सबै संरचनाको गुणस्तर जाँच गर्न माग गर्दै उजुरी परेको छ । सुरुङको ढोका डिजाइन र जडानको जिम्मेवारी भारतीय ठेकेदार कम्पनी प्रेसिजन इन्फ्राटेक लिमिटेडको हो । छानबिन प्रतिवेदनमा आयोजना, परामर्शदाता र प्रेसिजनबीच समन्वय नभएको ठहर गरिएको छ । परामर्शदाता स्पेनको इप्टिसा बिट्स जेभी रहेको छ ।

Vianet communication
Laxmi Bank

निर्माण अघि बढाउन प्रेसिजन इन्फ्राटेकले तयार गरेको प्रस्तावलाई परामर्शदाताले स्वीकृति गरेपछि आयोजनाले अनुमोदन गर्नुपर्छ । ढोकाको डिजाइन परिवर्तन गर्दा परामर्शदातासँग पर्याप्त छलफल नभएको छानबिन प्रतिवेदनमा उल्लेख छ । लगातार काम गर्ने हो भने पनि प्रक्रिया पूरा गर्न लागि केही समय त लाग्छ । ‘त्यसमा पनि गुणस्तर जाँच गर्दा डिजाइन र जडानमा ठूलो परिवर्तन गर्नुपरेमा समय अरू थपिन सक्छ,’ आयोजनाका एक प्राविधिकले भने, ‘जसरी सजिलै काम सुरु गर्ने भनिएको छ त्यो सम्भव छैन ।’ स्थानीयले आयोजानमा प्रयोग भएका गिट्टी, बालुवा र सिमेन्टबाट बनेका संरचानको पनि छानबिन गर्नुपर्ने माग गर्दै आएका छन् । उक्त सामग्री स्थानीय सप्लायर्सहरूले उपलब्ध गराएका हुन् ।

आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने दुई महिनामा सबै काम सक्ने दाबी गरे । ‘हामीले काम गर्ने तालिका नै बनाइसकेका छौं, उनले भने, ‘निर्माण व्यवसायी प्रेसिजन इन्फ्राटेकले सुधार गरेर काम गर्ने प्रतिबद्धता जनाइसकेको छ ।’ समितिको प्रतिवेदनमा खुस्केको भनिएको नट–बोल्ट तथा ढोका गुणस्तर जाँच गरेर मात्र नयाँ संरचना तयार गर्न भनिएको छ । प्रेसिजन इन्फ्राटेकले लकडाउनका कारण दक्ष प्राविधिक ल्याउन नसकेकाले डिजाइन र जडानमा गल्ती भएको स्पष्टीकरण आयोजनालाई दिएको छ । ‘निर्माण व्यवसायी प्रेसिजन इन्फ्राटेक र परामर्शदाताले ‘रिभ्यु रिपोर्ट’ पेस गर्ने तयारीमा छन्,’ खत्रीले भने । निर्माण व्यवसायी प्रेसिजन इन्फ्राटेकले ढोकाको डिजाइन र संरचना भारतमा बनाएर ल्याएको हो । हाल सुरुङलगायतका संरचना निर्माणमा संलग्न सिनो हाइड्रो आउनुअघि नै इन्फ्राटेकले इटालियन निर्माण व्यवसायी सीएमसीडी राभेन्नसँग सव–कन्ट्र्याक्टरका रूपमा ढोकाको सबै काम गर्ने जिम्मेवारी पाएको थियो । सीएमसीडीले सुरुङ निर्माण छाडेर गए पनि इन्फ्राटेकलाई भने निरन्तरता दिइएको थियो । नयाँ कम्पनी ल्याउन प्रक्रिया पूरा गर्दागर्दै ढिलाइ हुने भएपछि पुरानैलाई दिएको आयोजनाको भनाइ छ ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार आयोजनाको बाँकी काम पूरा गर्न अहिले १० वटा प्याकेजमा ९ वटा निर्माण कम्पनीले काम गरिरहेका छन् । सिनोको मुख्य काम सुरुङ र हेड–वर्क्सको हो । सुरुङ निर्माणको ब्रेक–थ्रु भने सीएमसीडीले गरेको थियो । 

सीएमसीडीले काम छाडेपछि मन्त्रिपरिषद्को २०७६ जेठको निर्णयअनुसार सोही आर्थिक वर्षको कात्तिकमा इन्फ्राटेकसँग हाइड्रोमेकानिक निर्माण व्यवसायीका रूपमा सम्झौता गरिएको हो । निर्माणमा संलग्न परामर्शदाता इप्टिसा बिट्स जेभीका प्रबन्धनिर्देशक विलास कोइराला आफूहरूले पनि घटनाको छानबिन गरिरहेको बताउँछन् । उनले कहाँ, कसको गल्ती भएको हो सुधार गरेर जान सकिने भएकाले आयोजना अघि बढाउन धेरै समय नलाग्ने दाबी गर्छन् । उनले भने, ‘सुरुङको संरचनामा २–२ मिटरको फरकमा परीक्षण गरेकाले ठूलो समस्या आउँछ भन्ने लाग्दैन ।’

हालसम्म निर्माणका लागि करिब २९ अर्ब खर्च भइसकेको आयोजनाले जनाएको छ । घटनापछि आयोजना प्रभावित हेलम्बु र मेलम्ची क्षेत्रका बासिन्दाले सुरुङ नभत्किने ग्यारेन्टी गरेर मात्र पानी प्रवेश गराउन माग गर्दै आएका छन् । समितिले पनि स्थानीय बासिन्दा र आयोजनाका कर्मचारीको सुरक्षा प्रविधिको संरचना बनाउन सुझाव दिएको छ ।  कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x