मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
कर्णालीका जनताले नजिकको स्वास्थ्य संस्थामा पुग्न नै २–४ घण्टाको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । स्वास्थ्य संस्थामा पुग्दा पनि स्वास्थ्यकर्मी नभेटिने अर्काे समस्या छ ।
विशेषज्ञ डाक्टर कर्णालीका अस्पतालमा आउनै मान्दैनन् तर डा. नवराज केसी निरन्तर सेवामा खटिएका छन् । ६०० ग्राम जन्मिएको बच्चालाई जीवितै राख्न सफल बालरोग विशेषज्ञ डा. केसी सुर्खेतको प्रदेश अस्पताल कालागाउँमा कार्यरत छन् ।
कोरोना महामारीमा सल्यान, रुकुम पश्चिम र जाजरकोट जिल्ला हेर्ने जिम्मा पाएका डा. केसी बिरामी बचाउन डोल्पा र हुम्लासम्म पुगेका छन् । समाजसेवी डाक्टरको पहिचान बनाएका केसीको चाहना भने संगीतकार बन्ने थियो । उनले आफ्नो सपनाको बाटो हिँड्न पाएनन् ।
‘बुवाले डाक्टर बनेर दुर्गमका बिरामीको सेवा गर्नुपर्छ भन्नुभयो,’ उनले भने, ‘बुवाको चाहना पूरा गर्न आफ्नो सपनालाई मनमै राखें ।’ डाक्टर भइसकेपछि भने उनले सपनालाई साकार पारिरहेका छन् ।
२०६५ सालमा उनले ‘अंगाली देऊ’ नामको एल्वम बजारमा ल्याए । आफैंले रचना तथा संगीत भरेको एल्वमबाट भएको आम्दानी उनले द्वन्द्वपीडित बालबालिकाको पढाइमा खर्चिएका थिए । थोरै भए पनि अधुरो संगीतको यात्रालाई पूरा गरेको उनी बताउँछन् । उनी चिकित्सकीय र सामाजिक सेवाबाट बचेको समय गीत सिर्जना र संगीत भर्नमा लगाउँछन् ।
कर्णाली प्रदेश सरकारले प्रदेशमा कार्यरत चिकित्सकलाई ‘दुर्गम विशेष भत्ता’को व्यवस्था गरेको थियो । उनले सरकारबाट प्राप्त दुर्गम भत्ताले एक किसानको ऋण तिरिदिए । ‘कर्णाली मेरो लागि दुर्गम वा सुगम होइन, मेरो घर हो,’ डा. केसीले भने, ‘त्यसैले प्रदेश सरकारले दिएको ‘दुर्गम विशेष भत्ता’ लिन अलिकति गाह्रो लाग्यो, सरकारलाई धन्यवाद दिँदै कृषक कृष्णबहादुरको ऋण तिरिदिएँ ।’
लाखौं रुपैयाँ खर्च गरेर डाक्टर पढेकाहरू सकेसम्म दुर्गममा सेवा गर्न चाहँदैनन् । विकट भूगोलमा गएर सेवा गर्नुभन्दा सुगममै रमाउँछन् । समाजमा केही यस्ता डाक्टरहरू पनि छन्, जो सुगमको सुखसयल र अवसर छोडेर दुर्गममा सेवा गर्छन् । आफूले पाउने पारिश्रमिक सामाजिक सेवामा खर्चिन्छन् ।
डा. केसीले फिलिपिन्सबाट एमडी पूरा गरेका छन् । उनका लागि स्वदेशका सुगम क्षेत्र मात्रै होइन, विदेशमा पनि रोजगारीका ढोका खुलै थिए । उनी आफ्नै क्षेत्रमा सेवा गर्ने निधो गरेर ६ वर्षअघि सुर्खेत आइपुगे ।
डा. केसीले छोटो समयमै चिकित्सा क्षेत्रसँगै सामाजिक अभियानमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् । उनले कर्णालीका विभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरे । प्रदेश राजधानीलाई स्वच्छ र हरियाली बनाउनका लागि ‘क्लीन सुर्खेत, ग्रीन सुर्खेत’ अभियान चलाइरहेका छन् । आफ्नो मासिक तलबबाट बाल स्वास्थ्य सुधारका लागि विङ्स फाउन्डेसनमार्फत अपाङ्गता भएका बालबालिकाको निःशुल्क उपचार गराउँछन् ।
‘एउटा चिकित्सकले व्यक्तिमा लागेको रोगको पहिचान गरेर निदान गर्नु ठूलो कुरा होइन, समग्र समाजभित्रको रोगको पहिचान गरेर निदान गर्नु महत्त्वपूर्ण कुरा हो,’ डा. केसी भन्छन्, ‘त्यहीँ सोच र भावनाका कारण आफ्नै ठाउँमा आएर चिकित्सकीय सेवाका साथै सामाजिक काममा सक्रिय छु ।’
विङ्स फाउन्डेसनमार्फत उनी सामाजिक काममा सक्रिय छन् । डा. केसीले मासिक तलब फाउन्डेसनमा जम्मा गर्छन् । त्यसैबाट अपाङ्गता भएका बालबालिकाको निःशुल्क उपचार, विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर, सरसफाइ अभियान र अन्य सामाजिक कार्य गर्छन् । पछिल्लो समय फाउन्डेसनमा समाजसेवाको भावना भएका स्वास्थ्यकर्मी र अन्य पेशाकर्मीले पनि आफ्नोे आम्दानीको निश्चित रकम जम्मा गर्ने गरेका छन् ।
‘मैले स्वास्थ्य सेवालाई जागिरका रुपमा कहिल्यै लिइनँ, यसलाई सामाजिक सेवा र धर्मका रुपमा लिएर काम गरिरहेको छु,’ डा. केसीले भने, ‘त्यसैले जागिरबाट पाउने पूरै तलब फाउन्डेसनमा जम्मा गरेर सेवामा खर्चिने गर्छु ।’ डा. केसी सुर्खेत आएको ६ वर्ष भयो । उनले कर्णालीका १० जिल्लामध्ये ८ जिल्लामा पुगेर ५४ स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । निःशुल्क औषधि वितरण गरेका छन् । उनी गाउँमा उपचार हुन नसक्ने बिरामीलाई सुगमका अस्पतालमा पुर्याएर पनि सेवा दिन्छन् ।
अपाङ्गता पुनःस्थापना केन्द्र सञ्चालन
फाउन्डेसनमार्फत उनले वीरेन्द्रनगरमा अपाङ्गता भएका बालबालिकाका लागि पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याएका छन् । हिँडडुल गर्न नसक्ने र विशेष क्षमता भएका बालबालिकाको निःशुल्क उपचार गर्छन् । ‘आफ्नो बच्चा स्वस्थ, तन्दुरुस्त होस् भन्ने चाहना सबै अभिभावकको हुन्छ । विभिन्न कारणले उमेर पुगेर पनि हिँडडुल गर्न नसक्ने त्यस्ता बालबालिकाको निःशुल्क उपचारका लागि पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याएको हुँ,’ उनले भने, ‘४ वर्षअघि स्थापित केन्द्रबाट हालसम्म ५०० भन्दा धेरै बालबालिकाले निःशुल्क उपचार पाएका छन् । पुनःस्थापना केन्द्रमा हिँडडुल गर्न नसक्ने बालबालिकाका लागि विभिन्न उपकरणमार्फत अभ्यास गराउने, आवश्यक परेको खण्डमा औषधि दिने गरिन्छ । शारीरिक अपाङ्गता भएका यस्ता बालबालिकाका आमाहरूमा इन्जाइटिस र डिप्रेसनको समस्या देखिन्छ । उपचारपछि भने त्यस्ता आमाहरू सन्तानसँगै खुशी बोकेर घर फर्किने गरेका छन् ।’
डा. केसी दैनिक औसत २०० बालबालिकाको चेकजाँच गर्छन् । ‘उपचारका लागि आउने बालबालिकाको अनुहार हेर्दा थकान मेटिन्छ,’ डा. केसी भन्छन्, ‘अझ उपचारपछि सन्चो भएर घर फर्किंदा पाइने खुशीको सीमा रहँदैन ।’ कर्णालीमा कुपोषणको समस्या धेरै छ । एमडी पूरा गरेपछि उनी मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल (हालको प्रदेश अस्पताल) पुगेका थिए । अस्पतालको अवस्था दयनीय थियो । बालरोग विशेषज्ञ थिएनन् । अस्पतालको दूरावस्था देखिपछि उनले आफ्नै जिल्लामा बस्ने निर्णय गरे ।
२ वर्षअघि वीरेन्द्रनगरका एक वयस्कको काठमाडौंमा निधन भयो । उनको ‘ब्लड कल्चर टेस्ट’ गर्दा किटाणुको संक्रमण देखियो । ‘त्यो नालीमा जमेको फोहरबाट लाग्ने रोग थियो,’ उनले भने, ‘त्यसपछि व्यक्तिको उपचार गरेर मात्रै नहुने देखिएपछि ‘ग्रीन सुर्खेत, क्लीन सुर्खेत’ अभियानको शुरूवात गरिएको हो ।’ सुर्खेत लगायत बजार क्षेत्रका नालीमा अस्पतालदेखि क्लिनिकको फोहर जम्मा हुन्छ । डा. केसीका अनुसार फोहर व्यवस्थापन गर्न सकेको खण्डमा मात्रै ५०–६० प्रतिशत रोगलाई व्यवस्थापन गर्न सकिन्छ । फाउन्डेसनले वीरेन्द्रनगरमा चेतनामूलक सरसफाइ कार्यक्रम गर्नुका साथै ठाउँठाउँमा फोहोर राख्ने भाँडा (डस्टबिन) र पार्क निर्माण गर्ने गरेको छ । डा. केसीले प्रत्येक शनिवार वीरेन्द्रनगरमा सरसफाइ अभियान सञ्चालन गर्छन् । उनी आफैं बेल्चाले नालीभित्रको फोहर उठाउँछन् । झाडुले सडक र चोकहरू सफा गर्छन् । फोहर थुप्रिएको ठाउँमा पार्क निर्माण गर्छन् ।
स्थानीय सरकार पनि उनको अभियानमा जोडिएको छ । ‘गरे नहुने केही छैन । पहिले फोहर थुपारिने ठाउँहरू अहिले सुन्दर बगैचामा परिणत भएका छन्, अभियानमा दिनदिनै विभिन्न सामाजिक संघसंस्था मात्रै होइन, स्थानीय र प्रदेश सरकार पनि जोडिएका छन्,’ उनले भने ।
केसी सामाजिक सेवाका लाग्नुको प्रेरणाको स्रोत भारतका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलामलाई मान्छन् । ‘तिमी जिन्दगीभर जागिर खानकै पछि लाग्यौ भने जीवन सफल हुँदैन, अरुलाई जागिर दिन सक्षम भयौ भने त्यो सफलता हो’ भन्ने कलामको आदर्शबाट डा. केसी प्रभावित छन् । डा. केसीले एमबीबीएसको अध्ययन सकेका थिए, दीक्षान्त समारोहमा भारतका पूर्व राष्ट्रपति कलाम आइपुगे । त्यहाँ उनले व्यक्त गरेका विचारबाट उनी धेरै प्रभावित भए ।
एसओएस हर्मन माइनर विद्यालय सुर्खेतबाट २०५५ सालमा एसएलसी उत्तीर्ण गरेका उनले ललितपुरको निष्ट कलेजमा आईएस्सी अध्ययन गरे । बाँकेको कोहलपुरबाट आंशिक छात्रवृत्तिमा एमबीबीएस पूरा गरेका डा. केसीले फिलिपिन्स सरकारको छात्रवृत्तिमा नेसनल चिल्ड्रेन अस्पतालबाट एमडी गरे । डा. केसीको अबको लक्ष्य कर्णाली प्रदेशमा बालबालिका र महिलाका लागि विशेषज्ञ सेवा सहितको अस्पतालका साथै अपाङ्गता भएका बालबालिकाका लागि विद्यालय सञ्चालनमा ल्याउने रहेको छ ।
‘राज्यले स्वास्थ्यमा लगानी गर्नुपर्छ भन्ने मेरो मान्यता हो, सरकारी स्तरबाटै बालबालिका र महिलाका लागि छुट्टै विशेषज्ञ सेवा सहितको अस्पताल कर्णालीमा आवश्यक छ,’ उनले भने, ‘राज्यका तर्फबाट नभए आफैं अस्पताल सञ्चालन गर्ने तयारीमा छु ।’
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...