×

NMB BANK
NIC ASIA

टिमुर खेतीतर्फ किसानको आकर्षण बढ्दो

साउन १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

व्यावसायिक टिमुरखेतीबाट मनग्य आम्दानी हुन थालेपछि तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्कका किसान सो खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

    थोरै लगानी र मिहिनेतमा राम्रो आम्दानी हुने देखेपछि उनीहरु टिमुरखेतीतर्फ आकर्षित भएका हुन् । घरबास सञ्चालन गरेर ख्याति कमाउँदै आएका हिलेखर्कका ६२ किसान व्यावसायिक रुपमा टिमुरखेतीमा संलग्न भएका छन् । उक्त क्षेत्रमा अहिले २०० रोपनी क्षेत्रफलमा करिब २० हजार टिमुरका बिरुवा लगाएका छन् । त्यसक्षेत्रमा रहेका ६२ घरधुरी मिलेर सबैले आ–आफ्नो क्षमताअनुरुप टिमुरखेती गरेको हिलेखर्क–बाँसलडाँडा एकीकृत कृषक समूहका अध्यक्ष धनबहादुर गुरुङले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    पच्चीस जनाको समूह गठन गरी व्यावसायिक रुपमा टिमुरखेती अघि बढाएको उहाँले जानकारी दिए । तीन÷चार वर्षअघि केही व्यक्तिले थोरैथोरै टिमुरको खेती गरे पनि गत वर्षदेखि व्यावसायिकरुपमा खेती लगाउन थालेका हुन् । डिभिजन वन कार्यालय तनहुँको सहकार्यमा बनेपाबाट दमौलीसम्म बिरुवा ल्याउने कार्य भए पनि दमौलीबाट गाउँसम्म कृषक समूहले ढुवानी गरेर लगेका हुन् । उक्त बिरुवा डाबर नेपाल बनेपाबाट बिरुवा ल्याएर प्रत्येक घरधुरीले मिलेर टिमुखखेती गरिएको छ । अध्यक्ष गुरुङले भन्नुभयो, “कम्तीमा पनि दुई÷३०० बिरुवा लगाएका छन् ।”


Advertisment
Nabil box
Kumari

टिमुरखेती नेपालको पहाड, तराई र हिमाल सबै क्षेत्रमा गर्न सकिने बताइएको छ ।  तर विशेषगरी समुन्द्री सतहबाट एक हजार २०० देखि एक हजार ६०० मिटर उचाइ टिमुर खेतीका लागि उत्तम मानिन्छ । हिलेखर्क टिमुरखेतीका लागि उपयुक्त हावापानी राम्रो भएकाले यहाँका सबै घरधुरीले टिमुरखेती गरेको समूहका सचिव युवराज गुरुङले बताए । 

Vianet communication
Laxmi Bank

बिरुवा लगाएको चार वर्षपछि फल्न शुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि स्थानीयवासी यस खेतीतर्फ सक्रिय भएर लाग्न थालेका छन् । रुखो जग्गा जमिन तथा वनमा समेत टिमुरखेती सजिलै गर्न सकिने र धेरै मिहिनेत गर्नु नपर्ने भएपछि त्यसक्षेत्रमा अभियानकैरुपमा टिमुर खेती थालिएको छ । स्थानीयवासी जीतबहादुर गुरुङले करिब एक हजार ५०० टिमुरका बिरुवा लगाएको बताए । खेती गर्न सजिलो हुने र आम्दानी पनि राम्रो हुने देखेपछि यसतर्फ लागेको उहाँले जानकारी दिए । 

टिमुरको बिरुवा बाहिर किन्दा रु १०० देखि रु १५० सम्म पर्ने भए पनि समूहमार्फत ल्याउँदा प्रतिबिरुवा रु ४० परेको उक्त कृषक समूहले जनाएको छ । बिरुवाका लागि जडीबुटी विकास कार्यक्रममार्फत रु आठ लाख ५० हजार विनियोजन भएपछि डिभिजन वन कार्यालयसँग समन्वय गरेर बिरुवा खरिद गरी ल्याएर लगाइएको समूहका कोषाध्यक्ष गिनेन्द्रबहादुर गुरुङले जानकारी दिए ।   

जडीबुटी कार्यक्रमअन्तर्गत यस वर्ष पनि हिलेखर्क क्षेत्रमा टिमुरखेतीको बिस्तार गर्ने योजना रहेको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाको अन्य उपयुक्त स्थानमा पनि टिमुरखेतीका लागि पहल गरिएको  डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । टिमुरको माग अत्यधिकमात्रामा रहेकाले टिमुरखेतीको भविष्य राम्रो देखिएको उहाँले बताए । 

हिलेखर्क घरबासको नाउँले प्रसिद्ध मानिन्छ । पछिल्लो समय कृषि क्षेत्रमा समेत पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको स्थानीयवासी बताउँछन् । यसरी टिमुरखेती गर्ने लहर बढ्न थालेपछि सोही वडास्थित ज्यामिरे, ढिडेगाउँ, ढापस्वाँरा, सिरानखोलालगायतका बासिन्दालेसमेत टिमुरखेतीका लागि चासो देखाउन थालेको बताइएको छ । 

औषधिजन्यमा प्रयोग  

टिमुर प्रायजसो अचारमा छोपका रुपमा प्रयोग गरिँदै आए पनि यसको महत्व कमैले बुझ्ने गरेका छन् । टिमुर औषधिका रुपमा प्रयोग गर्न सकिने हुँदा बजारमा यसको माग बढी रहेको पाइन्छ । टिमुरलाई पेलेर निकालेको तेल र छोक्रा दुवै औषधिका रुपमा प्रयोग गर्न सकिने डिभिजन प्रमुख बरालले बताए । 

टिमुरलाई धेरै औषधिका रुपमा प्रयोग गर्न सकिने हुँदा बजारमा यसको माग बढिरहेको छ । परिपक्क टिमुरको एक बोटबाट करिब पाँच किलोसम्म टिमुर उत्पादन हुन्छ । टिमुरको मूल्य अहिलेको बजार भाउअनुरुप प्रतिकिलो रु सातदेखि ९०० सम्म बिक्री गर्ने गरेको छ । 

बिक्रीमा समस्या छैन  

टिमुर उत्पादनपछि बिक्रीका लागि बजारको कुनै किसिमको समस्या नरहने डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । नेपालमा करिब २० प्रतिशत टिमुर उत्पादन हुने र अन्यत्रबाटै आयात भएमात्रै उपभोग गर्न सकिने बाध्यता रहिआएको छ । स्थानीय बजारदेखि अन्तरराष्ट्रिय बजारसम्म टिमुरको माग अत्यधिक रहेको छ । उत्पादन गरिएको टिमुर बिक्रीका लागि कुनै समस्या छैन । उनले भने, “टिमुर बहुउपयोगी वस्तु भएकाले जति उत्पादन गरे पनि सहजरुपमा खपत हुन्छ ।”  सानेबहादुर नेपाली ,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x