×

NMB BANK
NIC ASIA

साउने झरीसँगै उपत्यकामा सफाइ अभियान जारी

साउन १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राजधानीमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको र बिहानै साउने झरीका बाबजुद उपत्यकामा सफाइ अभियानले भने निरन्तरता पाएको छ ।  

Sagarmatha Cement
Muktinath Bank

वाग्मती सफाइ महाअभियानको ३७७ औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको छ । पशुपति क्षेत्रको नदी सफा भए पनि आर्यघाट, भष्मेश्वरघाटलगायत क्षेत्रमा भने फोहर भेटिएको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरियो । यसक्षेत्रको वाग्मती किनार दायाँबायाँ उम्रिएको झार उखेलेर पसलअघि जम्मा भएको फोहर उठाउन व्यवसायीलाई सचेत गराइएको अभियानकर्मी किशोरसिंह शाहीले बताए । सफाइमा स्थानीयवासी, टोल सुधार समितिका पदाधिकारी एवं सदस्य, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका सदस्यको सक्रियता थियो । सफाइपछि कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको उनले जानकारी दिए । 
 
बन्दाबन्दी खुले पनि राजधानीमा कोरोना सङ्क्रमण उच्चरुपमा बढ्न थालेकाले भौतिक दूरी कायम राखेर सफाइ अभियानमा जुट्नसमेत सफाइ महाअभियानले आह्वान गरेको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३३७औँ हप्तामा गोठाटार पुलमुनिको प्रतीक्षालय क्षेत्रमा सफाइ गरिएको छ । वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा भएको सफाइमा अधिकार सम्पन्न वाग्मतीका सफाइ अभियानकर्मीको पनि सहभागिता रहेको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको उनले बताए । नदी किनारमा फोहर फाल्ने र फोहरी संस्कृतिमा रमाउने प्रवृत्तिको अन्त्य गरी सफाइ संस्कृति निर्माण गरिनुपर्नेमा मञ्चले जोड दिएको छ । 
 
विष्णुमती सफाइ अभियानको ३०५औँ हप्तामा टोखा नगरपालिका– ९ आनन्द टोलबाट मनमैजु पुलसम्मको नदी किनारमा ८० वटा बिरुवा रोपिएको छ । कपुर, कल्की, पारिजात, असारे, पैँयु, बैँस जातका बिरुवा रोपिएको सफाइ संयोजक शोभाकान्त पाण्डेले राससलाई जानकारी दिए । रातिदेखि साउने झरी परिरहे पनि आलोकनगर क्षेत्रको चौतारी र त्यहाँको शिव मन्दिरमा सफाइ गरिएको छ । सफाइका क्रममा सार्वजनिकस्थलमा जम्मा भएको दुई डोको प्लाष्टिक टिपेर व्यवस्थापन गरिएको थियो । आलोकनगर सफाइको १७६औँ हप्तामा भौतिक दूरी कायम गर्दै सफाइ गरिएको संयोजक प्रमीला पौडेलले राससलाई जानकारी दिए । 
 
गोदावरी सफाइ अभियानको ७४औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरिएको छ । महिला र बालबालिकाको विशेष पहलमा शुरु भएको यहाँको सफाइमा विशेषगरी महिलाको उपस्थिति रहेको अभियानकर्मी बेबी राजभण्डारीले बताए । 


Advertisment
Nabil box
Kumari

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान वर्षे झरी, हिउँदे जाडो, चाडपर्व, भूकम्प जस्ता प्राकृतिक प्रकोप एवं कोरोना जस्ता रोगको सङ्क्रमणकाबीच पनि जारी छ । चैत ११ गतेदेखि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण असारसम्म नदी किनारमा निवास भएका अभियानकर्मीले मात्र नदीमै गएर सफाइ अभियानलाई निरन्तरता दिएका थिए ।
बन्दाबन्दीको अन्त्य भएसँगै अभियानकर्मी बढ्न थाले पनि भौतिक दूरी कायम गरेर नै सफाइ भइरहेको छ । 

Vianet communication
Laxmi Bank

वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर चैतसम्म देशा मुख्य शहर र नदीमा गरी १०६ स्थानमा सफाइ भइरहेको छ । सफाइले देशभर जागरणस्वरुप ग्रहण गरे पनि आशातीत सफलता प्राप्त गर्न नसकेको सार्वजनिक टिप्पणी हुने गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x