×

NMB BANK
NIC ASIA

रोकिएन सीमानाबाट भित्रिने क्रम

साउन १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कैलालीको त्रिनगर भन्सार सीमानाका भइ भित्रिने नेपालीको उद्धार गर्ने काम अहिले पनि जारी छ ।

Muktinath Bank

कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न शहरबाट हिजोआज नेपाली नागरिक स्वदेश भित्रिने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
 
उनले भन्सार नाकाबाट हालसम्म जम्मा १ लाख बढी नेपाली स्वदेश भित्रिएको बताए । ‘बन्दाबन्दीको शुरूका समयमा सीमानाका हुँदै भित्रिने नेपालीको संख्या धेरै हुने गरेको भए पनि अहिले भने भित्रिनेको संख्या घट्दो क्रममा छ,’ उनले भने, ‘आजभोलि दिनमा १०० देखि २/३ सयको हाराहारीमा नेपाली भित्रिरहेका छन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरूका दिनमा सोही नाकाबाट एकैदिनमा ६ हजारसम्म नेपाली भित्रिएको तथ्यांक छ ।


Advertisment
Nabil box
Kumari

यसैगरी जिल्ला प्रशासन कार्यालयले बाहिरका जिल्लामा आवतजावत गर्न आकस्मिक अवस्था बाहेकका अन्य सवारी पास उपलब्ध नगराउने भएको छ । आफैं काजकिरिया बस्न जाने वा किरिया सकेर घर फर्कने, सरकारी अस्पतालबाट सिफारिस गरिएका सिकिस्त बिरामी, सरुवा भई रमाना लिइ हाजिर हुन जाने कर्मचारी र निजका परिवार र हवाई टिकट सुरक्षित भई टिकट सूचीमा नाम भएका विदेश जानुपर्ने बाहेकका अन्य सवारी पास स्थगन गरिएको कार्यालयका सूचना अधिकारी जोशीले बताए ।

Vianet communication
Laxmi Bank

अन्तर जिल्ला आवागमनका लागि जारी गरिँदै आएका सवारी पास हाल लकडाउन खुलिसकेको र सार्वजनिक यातायातको सन्दर्भमा जारी नगर्न गृह मन्त्रालयबाट निर्देशन भएबमोजिम अन्य सवारी पास उपलब्ध नगराइने उनले जानकारी दिए । कार्यालयले नियमितरूपमा सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बेला सवारी पासका कारण कार्यालयको सेवा प्रवाहमा असर परेकाले शुक्रवारबाट अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट अन्य कामका लागि सवारी पास जारी नगरिने बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x