पेट्रोलियम पदार्थको भाउ बढ्यो, लिटरको कति?

नेपाल आयल निगमले पेट्रोलिय पदार्थको भाउ बढाएको छ।

निगमले शनिबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ भाउ बढाएको हो।


Advertisement

यससँगै काठमाडाैंमा पेट्राेलकाे खुद्रा मूल्य प्रतिलिटर एक सय चार तथा डिजेल र मट्टितेलकाे खुद्रा मूल्य ९० रुपैयाँ कायम भएकाे निगमले जनाएकाे छ।

निगमका अनुसार हवाइ इन्धन र खाना पकाउने एलपी ग्यासकाे भाउ भने यथावत रहेकाे छ।


Advertisement

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्