×

NMB BANK
NIC ASIA

कांग्रेस कलह

राष्ट्रिय राजनीतिमा प्रभावहीन बन्दै कांग्रेस, नेता भन्छन्– ‘भाइ नेकपा बन्यो’ !

‘शेरबहादुरमा म नै पार्टी हुँ भन्ने अहमता पलाउनु कांग्रेसको दुर्भाग्य’

साउन १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेको र हाल संसद्मा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेपाली कांग्रेसमा फेरि विवाद शुरू भएको छ । 

Muktinath Bank

लोकतान्त्रिक मूल्य मान्यताको वकालत गर्ने तर व्यक्तिवादी चरित्र हावी बन्दै गएको आरोप खेपेको कांग्रेसमा विवाद बल्झिएको छ । महाधिवेशनको चटारोले कांग्रेसको विवाद सतहमा देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाधिवेशनको तिथि मिति तोकिसकेपछि सभापति शेरबहादुर देउवाले एकतर्फी रूपमा विभागहरू गठन गर्न थालेपछि कांग्रेसभित्रको प्रतिपक्षी रामचन्द्र पौडेल समूह असन्तुष्ट बनेका हुन् । 


Advertisment
Nabil box
Kumari

पौडेल समूहले पत्रकार सम्मेलन गरेरै महाधिवेशन प्रभावित गर्ने खेलमा देउवा लागेको आरोप लगाएका छन् । 

Vianet communication
Laxmi Bank

महाधिवेशन सन्निकट भएको बेला देउवाको कार्यशैली निर्लज्ज र लोकतन्त्रको धज्जी उडाउने काम मात्र भएको पौडेलले आरोप लगाए । संस्थापन पक्ष नियुक्ति र गठनमा लाग्ने, पौडेल पक्ष त्यसको विरोधमा लागेर पार्टीभित्र कित्ता क्लियर गर्ने ध्याउन्नमा लागेको छ । 

‘महाधिवेशन भएको साढे ४ वर्षसम्म गठन हुन नसकेको विभाग अहिले आएर गठन गर्नु महाधिवेशन प्रभावित गर्ने षडयन्त्रको रूपमा पौडेल पक्षको बुझाइ छ,’ नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘चार वर्षसम्म विभाग नै गठन गर्न नसक्ने असक्षम सभापति भनेर पौडेल पक्ष महाधिवेशनमा जाला भन्ने देउवा पक्षको बुझाइ छ, कांग्रेस विवादको चुरो यही हो ।’

कोरोना संक्रमणका कारण गाउँमा संगठन विस्तारको सम्भावना नभएको तथा कुनै गतिविधि गर्ने अवस्था नरहेको बुझ्दाबुझ्दै देउवाले महाधिवेशन प्रभावित गर्नका लागि अहिले विभाग गठन गरेको पौडेल समूहको आरोप छ । 

नेपाली कांग्रेसको विधानमा विभिन्न २७ विभाग रहेकोमा थप गरेर विभागको संख्या ४८ पुर्‍याइएको छ ।

देउवाले पछिल्लोपटक जेष्ठ कांग्रेस सभा गठन गरेका थिए । त्यसलगत्तै उनले महाधिवेशन नगरी गठन गरिएको नेविसंघको तदर्थ समितिको कार्यकाल लम्ब्याउने निर्णय गरेका थिए । तरुण दल, नेपाल विद्यार्थी संघ, किसान संघ, प्रजातान्त्रिक सेनानी संघ, आदिवासी जनजाति संघ, नेपाल दलित संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, तामाङ संघ र ठाकुर समाजको ६ महिने म्याद शुक्रवार थपिएको छ ।

‘महाधिवेशनको माग गर्ने नेविसंघ कार्यकर्तालाई अश्लील गाली गर्ने, आफू चारपटक प्रधानमन्त्री भइसकेको, तिमीहरू सक्छौ ? भनेर दम्भ र घमण्ड देखाउनेबाहेक केही काम भएन,’ पौडेलपक्षीय एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने । 

विभाग गठनअघि देउवाले पौडेलसँग नाम मागेपनि नदिएपछि विवेक प्रयोग गरेर गठन गरेको देउवा पक्षको दाबी छ । ‘पौडेल अब विगतमा जस्तो ४० प्रतिशत हिस्सा लिएर चित्त बुझाउने अवस्थामा हुनुुहुन्न,’ ती केन्द्रीय सदस्यले भने । 

पौडेलले आफूअनुकूल हुँदा देउवाको निर्णयमा आँखा चिम्लिने गरेको र आफूलाई लाभ नहुँदा विवाद निकालेर बखेडा झिकेको देउवा पक्षको आरोप छ ।

जिल्लामा आफ्ना प्रतिस्पर्धी गोविन्दराज जोशीलाई कारवाही गर्ने अनुशासन आयोगको निर्णयमा पौडेल मौन बसेका थिए ।

कारवाही गर्दा पनि भागबण्डा गरिएको आरोप नेपाली कांग्रेसभित्र लाग्ने गरेको थियो । गत चुनावमा सभापति देउवापत्नी डा. आरजु राणालाई असहयोग गरेको भन्दै कैलालीका पुष्करनाथ ओझालाई अनुशासन आयोगले कारवाही गरेको थियो । 

देउवाइतर खेमाको सर्वसम्मत उम्मेदवार बन्ने पौडेलको दाउ

महाधिवेशनको मिति नजिकिएसँगै नेता पौडेल देउवाविरुद्ध आक्रामक देखिन थालेका छन् । पौडेलको सक्रियता र आक्रोश देउवाइतर खेमाको नेता बन्ने प्रयासको रूपमा लिएका छन् । प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि कमजोर भएका बेला पौडेलले १४ औं महाधिवेशनमार्फत सभापति बन्न जोडबल गरिरहेका छन् ।

नेतृत्वको अक्षमताले कांग्रेस कमजोर भएको भन्दै दोस्रो पुस्ताका प्रभावशाली नेताहरूले महाधिवेशनमा नेतृत्वमा हस्तक्षेप गर्ने तयारी गरिरहेका छन् । गत महाधिवेशनमा पौडेललाई अगाडि सारेका कोइराला परिवारका शेखर र शशांक नै नेतृत्वका लागि अघि सर्ने संकेत गरेका छन् । देउवाइतरका कृष्ण सिटौलादेखि, प्रकाशमान सिंह र रामशरण महतसम्मले सभापतिमा उम्मेदवारी दिने बताइरहेका छन् । 

पौडेल भने देउवाइतर सबैलाई एक ठाउँमा ल्याएर नेतृत्वमा बाजी मार्ने योजनामा छन् । तर देउवालाई चुनौती दिन नसकेको भन्दै शेखर र शशांकले पौडेलको नाममा सहमति गर्ने सम्भावना कम बन्दै गइरहेको विश्लेषण कांग्रेस वृत्तमा सुनिएको छ । 

आन्तरिक किचलोले झन् कमजोर बन्दै कांग्रेस 

राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसको भूमिका झन् खुम्चिँदै गएको छ । कांग्रेसको नेतृत्वमा मुलुकमा लोकतान्त्रिक आन्दोलनहरू सफल भएका र पछिल्लोपटक कांग्रेस सरकारमा रहेको समयमा संविधान सभाबाट संविधान जारी भएको थियो । 

आफ्नै पार्टीको नेतृत्वको सरकारले संविधान जारी गर्न सफल भएपनि सो संविधानअनुसार भएको पहिलो निर्वाचनमा नै कांग्रेस नराम्रोसँग पराजित भयो । 

२०७४ सालमा सम्पन्न आम निर्वाचनमा कांग्रेसले लज्जास्पद पराजय बेहोरेपछि पार्टीभित्र गुटबन्दी शुरू भयो । पार्टी पराजयको जिम्मा सभापति शेरबहादुर देउवाले लिनुपर्ने भन्दै कांग्रेसका केही युवाले अर्ली महाधिवेशनको कुरा गरे । 

चुनावको पराजय बिर्संदै गएपछि त्यो विषय यत्तिकै सेलायो । २०७७ फागुन ७ देखि १० गतेसम्मका लागि १४ औं महाधिवेशनको मिति तय भइसकेपछि नेपाली कांग्रेसमा फेरि विवाद शुरू भएको छ । अहिलेको विवाद भने महाधिवेशनकेन्द्रित भएको नेताहरूको बुझाइ छ ।  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक राजनीतिक दलभित्रको आन्तरिक विवादले लोकतन्त्रलाई कमजोर बनाउने भएपनि कांग्रेस भित्रको विवाद नेकपाको भन्दा पृथक भएको बताउँछन् । 

‘लोकतन्त्रलाई बलियो बनाउन दलहरूको आन्तरिक लोकतन्त्र पनि बलियो हुनु जरुरी छ, तर महाधिवेशनको समयमा यस्ता सानातिना विवाद भइराख्छन्, कांग्रेसभित्रको विवाद नेकपाको भन्दा फरक छ,’ केन्द्रीय सदस्य लेखकले लोकान्तरसँग भने । 

विवादका विषय गौण भएपनि महाधिवेशनको माहोल बनाउन र रौनक बढाउन विरोध भइरहेको टिप्पणी भइरहेको छ । 

नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा कांग्रेसभित्रको विवाद प्रायोजित ठान्छन् ।

‘नेकपाभित्रको विवादलाई लिएर व्यवस्था नै परिवर्तनको हल्ला चलाइएका छन्, यो बेला कांग्रेसभित्र विवाद सिर्जना गरेर कतै व्यवस्थालाई नै कमजोर बनाउन खोजिएको त होइन भनेर पनि कांग्रेसले सोच्नुपर्ने अवस्था आएको छ,’ खतिवडाले भने । 

म नै पार्टी हुँ भन्ने देउवा अहम् कांग्रेसको दुर्भाग्य : घिमिरे

नेपाली कांग्रेसका नेता लक्ष्मणप्रसाद घिमिरे सभापति शेरबहादुर देउवाले नै विधान र नियमावली मिच्न थालेपछि कांग्रेसमा समस्या शुरू भएको बताउँछन् ।

‘कुनैपनि लोकतान्त्रिक पार्टी विधान र नियमावलीअनुसार चल्छन्, कांग्रेसमा त सभापति देउवाले पदाधिकारीलाई समेत विश्वासमा नलिई आफूखुशी गर्न थाल्नुभयो । विधानले नदिएको अधिकार प्रयोग गरेर उहाँले मनलाग्दी गर्नु नै कांग्रेसका लागि दुर्भाग्य भयो,’  घिमिरेले भने । 

सभापति देउवाको अक्षमताका कारण राष्ट्रिय राजनीतिमा कांग्रेसको स्थान खुम्चिएको घिमिरेको आरोप छ ।

‘प्रतिपक्षको स्थान पनि नेकपाले लिएको छ, सरकारको कार्यशैलीको विरोध बरू नेकपा भित्रबाटै भइरहेको छ, देशमा भइरहेको अनियन्त्रित भ्रष्टाचारप्रति कांग्रेस बेखबर जस्तै भइरहेको छ,’ पहिलो संविधान सभाको कार्यकालमा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक रहेका घिमिरेले लोकान्तरसँग भने । 

नेतृत्वको अक्षमताका कारण कांग्रेस नेकपाको भाइ जस्तै भएको गुनासो सुन्न थालिएको घिमिरेले टिप्पणी गरे ।

‘विगतमा एमालेलाई भाइ कांग्रेस भनेको सुनिएको थियो, अहिले कांग्रेसको अवस्था भाइ नेकपा जस्तै बनेको छ,’ घिमिरेको विश्लेषण छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x