×

NMB BANK
NIC ASIA

प्रचण्डको ब्रिफिङ – 'ओलीले बैठकबाट होइन महाधिवेशनबाट विवाद समाधान गर्ने अडान राख्नुभो'

साउन १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनबाट नै विवादको हल गर्ने भन्दै अन्य विषयमा केही कुरा गर्न नचाहेको बताएका छन् ।

Muktinath Bank

आइतवार बिहान प्रधानमन्त्री ओलीको सरकारीनिवास बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डबीच करीब ३ घण्टा छलफल भएको थियो । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसमेत सहभागी थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीसँग भएको छलफलबारे अध्यक्ष प्रचण्डले आफूनिकटका नेताहरूलाई आइतवार साँझ खुमलटार बोलाएर ब्रिफिङ गरेका थिए ।


Advertisment
Nabil box
Kumari

‘उहाँ(ओली)ले पार्टीभित्र देखिएका समस्याहरू सचिवालयमा छलफल गरेर अघि बढ्न सकिने तर नेतृत्व हस्तान्तरणको कुरा स्थायी र केन्द्रीय कमिटी बैठक भन्दा पनि महाधिवेशनमै छलफल गरेर अघि बढ्ने अडान लिनुभयो,’ प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो ।

Vianet communication
Laxmi Bank

ब्रिफिङमा प्रचण्डले आफूले नियमित बैठक नरोक्ने, उठेका प्रश्नहरूबारे छलफल गर्ने र आवश्यक परे केन्द्रीय कमिटी बैठकमार्फत समस्या हल गर्ने प्रस्ताव राखेको बताए ।

ब्रिफिङमा वरिष्ठ नेताद्वय खनाल र माधवकुमार नेपालसँगै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

प्रवक्ता श्रेष्ठले ठोस सहमतिको वातावरण नबनिसकेको बताए । लोकान्तरसँग प्रवक्ता श्रेष्ठले भने, ‘पार्टी एक त रहन्छ तर त्यसका लागि हुनुपर्ने सहमतिको अहिलेसम्म ठोस वातावरण बनिसकेको छैन । अध्यक्ष प्रचण्डले सोमवार पुनः वार्ता गर्ने गरी आफू फर्केर आएको बताउनुभयो ।’

प्रवक्ता श्रेष्ठले पार्टी फुटको संघारमा छ भनेर भन्न नमिल्नेसमेत बताए । ‘अहिले पार्टी फुटको संघारमा छ भनेर भन्न मिल्दैन,’ श्रेष्ठले भने, ‘एकजुट भएर अघि बढ्छ भन्नेमा हामी ढुक्क छौं । तर अहिलेसम्म सहमतिको ठोस खाका तयार भइसकेको छैन । अध्यक्षद्वयबीच संवादको शुरुवात भएको छ यसलाई सकारात्मक मानौं ।’

विगत केही महिनादेखि देखिएको नेकपाभित्रको संकट सहमतिउन्मुख भएको भनिएपनि अहिलेसम्म कुनै ठोस सहमति हुन सकेको छैन । 

गत फागुनमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने नेकपा सचिवालय बैठकको निर्णयलाई ओलीले चुनौती दिएपछि नेकपाभित्र शक्तिसंघर्ष चुलिएको हो ।

त्यसयता नेकपाभित्र विभिन्न आरोह अवरोह आए । असार १० गतेबाट शुरू भएको नेकपाको पाचौं स्थायी कमिटी बैठक पनि विवादकै कारण बन्धक बनेको छ । 

असार १४ गते ओलीले भारतसहित नेकपाकै केही नेताहरू आफ्नो सरकार ढलाउन लागिपरेको आरोप लगाएका थिए । ओलीको उक्त आरोपपछि बहुमत स्थायी कमिटी सदस्यहरूले उनको राजीनामा मागेका थिए । 

ओलीले आफूले कुनै हालतमा राजीनामा नदिने बरू महाधिवेशनबाट अध्यक्षको पद हस्तान्तरण गर्ने र आमनिर्वाचनबाट प्रधानमन्त्रीको पद हस्तान्तरण गर्ने अडान लिइरहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x