×

NMB BANK
NIC ASIA

कोरोना कहरमा यसरी मनाऔं चाडबाड

साउन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

दिनहुँ दुई सयभन्दा बढी नयाँ संक्रमित भेटिइरहेका छन्। निको भई डिस्चार्ज हुनेभन्दा नयाँ संक्रमितको संख्या बढ्दो छ। शनिबार इस्लाम धर्मावलम्बीको बकर इद थियो। आज सोमबार हिन्दूहरूको रक्षाबन्धन (जनैपूर्णिमा) छ। त्यसपछि कृष्णजन्माष्टमी र तीज पनि आउँदैछ।

Muktinath Bank

चाडपर्वहरू कोरोना सार्ने माध्यम बन्ने त होइनन् ? स्वास्थ्य पदाधिकारी एवं चिकित्सकहरूलाई चिन्ता छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन्, ‘शुभकामना आदानप्रदान गर्दा अंकमाल नगरौं। हात नमिलाऔं। दुई मिटर टाढाबाटै नमस्कार गरौं। कुनै पनि धार्मिक कार्य गर्दा घरमै परिवारका साथ पूजा प्रार्थना गरौं। टेलिफोन, जुमलगायतका एप्स र अनलाइन माध्यमबाट शुभकामना आदानप्रदान गरौं। चाडपर्व विगतमा झैं मनाउनु हुँदैन।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली चाडपर्वमा आफन्त जम्मा भई पूजा प्रार्थना गर्ने र मीठा परिकार बनाई सबैसँगै बसी रमाइलो मानेर खाने चलन छ। यो वर्ष कोरोना भाइरसको कारणले चाडपर्व आए पनि त्रास छ। खोक्दा, हाछ्यूँ गर्दा, बोल्दा वा गीत गाउँदा थुक वा श्वास फेर्दा निस्कने छिटाबाट एकबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकोले सावधानी अपनाउनु पर्ने चिकित्सकहरू बताउँछन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार संक्रमित सतह वा भुइँ हातले छोएपछि आँखा, नाक, मुख छोएमा पनि एक व्यक्तिबाट अर्कोमा कोरोना भाइरस सर्छ। कतिपय मुलुकले कोरोना संक्रमण फैलिन नदिन धार्मिकस्थल बन्द गर्ने, जमघट तथा भेला समारोह निषेध गर्ने जस्ता उपायहरू अवलम्बन गरेका छन्। डा. गौतम भन्छन्,‘ विगतमा झैं गरेर यस पटक चाडपर्व मनाउनु हुँदैन।’


Advertisment
Nabil box
Kumari

चाडपर्व मनाउँदा अनावश्यक भीडमा नजान र आफ्नै घरमा मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता डा. गौतम भन्छन्, ‘घरमै पूजाप्रार्थना गरौं। चाडपर्व मनाऔं।’ त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जका सहप्राध्यापक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम पनि ज्येष्ठ नागरिक समक्ष आशीर्वाद थाप्ने चलन जोखिमपूर्ण हुने बताउँछन्। अन्नपूर्ण पोस्टमा दिनेश गौतमले खबर लेखेका छन् । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x