×

NMB BANK
NIC ASIA

कांग्रेसमा व्यक्तिकेन्द्रित द्वन्द्व बढ्दै

साउन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कांग्रेसभित्र अहिले देखिएको द्वन्द्वमा विचार र सिद्धान्तको कतै चर्चा छैन । पार्टीको १४ औं महाधिवेशनबाट को नेतृत्वमा आउने भन्नेमा मात्र चर्चा चलिरहेको छ । महाधिवेशन आउनु साढे ६ महिनाअघि नै भावी नेतृत्वको विषयलाई लिएर पार्टीमा आरोप/प्रत्यारोप जारी छ । यसले ध्रुवीकरणसमेत बढाउँदै लगेको छ ।

Muktinath Bank

पार्टीमा अहिले तीनवटा गुट सक्रिय छन्– सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको संस्थापन पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको इतरपक्ष । इतरपक्षमा उपगुट पनि सक्रिय छन् । सभापतिका आकांक्षी महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाका समूह चलायमान छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संस्थापन पक्षमा सभापति देउवालाई उपसभापति विमलेन्द्र निधिप्रति संशय छ । निधिले सार्वजनिक रूपमा चुनौती खडा नगरेसम्म भने देउवालाई दोस्रो कार्यकालका लागि बाटो सहज देखिन्छ । १३ औं महाधिवेशनका बेला आफूलाई सघाउने बचन दिएको भन्दै निधिले निकटवर्तीहरूसँग उम्मेदवारी रहने सम्भावना अघि बढाएका छन् । तर खुलेर आएका छैनन् ।


Advertisment
Nabil box
Kumari

इतरपक्षमा सभापतिका लागि पौडेल, कोइरालाद्वय र सिंह मुख्य दाबेदार छन् । कोही नमिले आफूहरू पनि उम्मेदवारको दाबेदार रहेको नेताहरू अर्जुननरसिंह केसी र रामशरण महत बताउँछन् । केसी र महतको कसरत आफूहरू हुने भन्दा पनि इतरपक्षमा एउटा मात्रै उम्मेदवार बनाउनेमा जारी छ । सिटौलाले सम्पर्क कार्यालय खोलेर नै आफ्नो समूहलाई ‘इन्ट्याक्ट’ राख्ने गरेका छन् । उनले अहिले गरिरहेको तयारी आफ्नै लागि हो वा ‘बार्गेनिङ पावर’ का लागि भन्नेबारे खुलाउन चाहेका छैनन् ।

Vianet communication
Laxmi Bank

आ–आफ्नै रणनीतिमा
सत्ता राजनीतिको उलटपलट खेलमा अभ्यस्त र अनुभवी देउवा यतिबेला पार्टीभित्रको शक्ति संघर्षको केन्द्रबिन्दुमा छन् । उनले गर्ने हरेक निर्णयलाई वरिष्ठ नेता पौडेल र सिटौला पक्षले विरोध गर्दै आएका छन् । सत्ता र शक्तिमा टिक्न देउवाले जस्तोसुकै जोखिम पनि उठाउने गरेको विगतले पनि इतरपक्षलाई सशंकित बनाएको छ ।

कतिपय असान्दर्भिक र विधानविपरीतका कदम देउवाले महाधिवेशनलाई नै केन्द्रमा राखेर उठाएका छन् । देउवा विभाग थप्नुका साथै त्यसलाई पूर्णता दिनेगृहकार्यमा छन् । देउवाका विधानविपरीतका यी निर्णयलाई विरोध गर्ने नैतिक आधार वरिष्ठ नेता पौडेलले ६ महिनाअघि नेविसंघ गठनमै गुमाएका छन् । भागबन्डा मिल्दा उनले पनि देउवालाई विधानविपरीतको बाटोमा जान छुट दिएका छन् ।

महाधिवेशनको मुखमा विभाग गठन गर्नुको पछि देउवाको नजर प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट निर्वाचित भएर आउने ४ हजार १ सय २५ प्रतिनिधितिर छ । यो सहित करिब ५ हजार प्रतिनिधिबाटै केन्द्रीय नेतृत्वको चयन हुन्छ । अहिले केन्द्रीय विभागमा परिरहेका नेता तथा कार्यकर्ता अधिकांश क्षेत्रीय प्रतिनिधि भइसकेका र फेरि पनि चुनिएर आउने सम्भावना भएकाहरू छन् ।

देउवाले यही बीचमा करिब ५ सय पुराना नेता तथा कार्यकर्तालाई ज्येष्ठ राजनीतिज्ञ सभामा ल्याए । जसमा पार्टीका पूर्वसभामुख, पूर्वमन्त्री तथा सांसददेखि पार्टीको संघर्षमा जेलनेल भोगेका तर सक्रिय राजनीतिमा नभएका नेता तथा कार्यकर्ताको हूल छ । यो समूहको महाधिवेशन प्रतिनिधि चुनेर पठाउन महत्त्वपूर्ण भूमिका हुन्छ ।

देउवाको अर्को तयारी विभिन्न पार्टीबाट आएका नेता तथा कार्यकर्तालाई आफ्नो पक्षमा राखिराख्ने छ । तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट आएका विजयकुमार गच्छदार अहिले देउवाको साथमै छन् । पछिल्लोपटक राप्रपाबाट छाडेर आएका सुनीलबहादुर थापाको समूहलाई कांग्रेस प्रवेश गराउँदा देउवा आफैंले सहमहामन्त्री, ७ केन्द्रीय सदस्य र २ आमन्त्रित सदस्य दिने निर्णय लिएका हुन् ।

आफूले निर्णय लिएपछि मात्रै देउवाले आफूइतर नेतासँग उपसभापति निधिमार्फत छलफल गरेका थिए । आफ्नै कारणले भूमिका दिएको पारेर अन्य पार्टीबाट आउनेहरूलाई आफ्नै समूहमा राख्ने रणनीति देउवाले बनाएका छन् । केन्द्रीय पदाधिकारी र सदस्यहरू सोझै महाधिवेशनका मतदाता हुन्छन् । त्यसपछि एकमुष्ट क्रियाशील सदस्यता दिने निर्णयबाट उनले लाभ लिन खोजिरहेका छन् । गच्छदार समूहलाई २५ हजारभन्दा बढी क्रियाशील सदस्यता दिइएको छ । तत्कालीन राजपा, माओवादी केन्द्र, एमाले र राप्रपाबाट आएका यी नेताहरूको नाममा समेत क्रियाशील सदस्यता दिने तयारी छ ।

विभाग गठनलगायतका विषयमा इतरपक्ष जति खनिए पनि देउवाले गम्भीर रूपमा लिएका छैनन् । संस्थापन इतरपक्षबाट भइरहेको विरोधसमेत महाधिवेशनको ‘स्टन्ट’ का लागि हो भन्ने उनको बुझाइ छ । विभाग गठन रोक्न बिहीबार सभापति देउवालाई भेटेरै लिखित ध्यानाकर्षण गराउन गएका वरिष्ठ नेता पौडेलपक्षीय नेताहरूलाई देउवाले नरोक्ने ठाडो जवाफ दिएर फर्काएका थिए ।

देउवाबाट पार्टी चल्दैन भन्ने निष्कर्ष निकाल्दै इतरपक्षले नेतृत्व स्थानान्तरणको मुद्दालाई साझा रूपमा अघि बढाएको छ । तर नेतृत्व लिनका लागि आफ्नै समूहभित्र चलिरहेको होडबाजीले यो पक्षलाई रणनीतिक रूपमा कमजोर बनाउँदै लगेको छ । कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x