×

NMB BANK
NIC ASIA

करीब ५० प्रतिशतले घट्यो आलु उत्पादन

साउन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पकेट क्षेत्रका अवधारणानुरूप एक दशकअघिदेखि गतलाङमा रोपिएको आलु  उत्पादनमा कमी आउन थालेको छ । प्रमुख बालीका रूपमा गरिँदै आएको आलुखेती विगतका तुलनामा यस वर्ष ५० प्रतिशतको हाराहारीमा उत्पादन घटेपछि  किसानमा चिन्ता छाएको छ । पार्वती कुण्डको काखमा अवस्थित आमाछोदिङ्मो गाउँपालिका वडा नं ३ गतलाङ क्षेत्रमा बसोबास गर्ने अधिकांश किसानले आलुखेती गर्ने गरेका छन् ।

Muktinath Bank

उत्पादित आलु बिक्रीबाट प्राप्त आम्दानीले चामल, नुन र तेल खरीद गर्ने चलन छ । उत्पादन घटेपछि खाद्य सामग्री जुटाउन धौधौ पर्ने अवस्था आउन थालेको स्थानीय समाजसेवी मारलामा तामाङले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतमा वार्षिक रु चारपाँच करोडको आलु उत्पादन हुने गतलाङमा यस वर्ष रु दुई करोड आम्दानी हुन मुश्किल देखिएको बताउँदै समाजसेवी तामाङले अबका दिनमा परम्परागतभन्दा आधुनिकतातर्फ जान कृषि प्राविधिकको खाँचो रहेको बताए ।


Advertisment
Nabil box
Kumari

गतलाङ क्षेत्रमा अहिले दुई सयभन्दा बढी किसान आलुखेतीतर्फ लागेको बताइएको छ । मकै–कोदोभन्दा आलुको उत्पादन राम्रो हुने र आय वृद्विमा समेत थप टेवा पुग्ने भएका कारण  किसानको चाहनानुरूप तत्कालीन कृषि कार्यालयले गतलाङका भूभागलाई आलुको पकेट क्षेत्र निर्धारण गरे पनि हाल कृषि प्राविधिकको उपस्थिति शून्य हुँदा रोपण गर्ने नयाँ तौरतरिका जान्न समस्या  परेको किसानले गुनासा गरेका छन् । 

Vianet communication
Laxmi Bank

स्थानीय जातका गाई, भेंडा र बाख्राका मलबाट उत्पादित प्राङ्गारिक गतलाङे आलु  प्रतिकेजी रु ३६ किसानले पाउने तय भएको बताइएको छ । वर्षे आलु गतलाङका अलावा गोल्जुङ, चिलिमे सिम्बु, तातोपानी, थुमन, बृद्धिम, भार्खु, ठूलोस्याफ्रु, हाकु, राम्चे र यार्सा क्षेत्रका किसानले समेत उत्पादन गर्ने गरेका छन् ।

हिउँदमा आलु रोपण गरेपछि प्रायःजसो समय भारी वर्षा भइँरहदा न्यून रूपमा फलेका फल कुहिने भएकाले किसानले आलु खन्ने कामसमेत शुरु गरिसकेको स्थानीय बासिन्दाले  बताएका छन् ।

हिमाली चिसो पानीमा उत्पादित आलु स्वादिलो हुने गरेकाले छिमेकी जिल्ला नुवाकोटका अलावा काठमाडौँ र धादिङसम्म निकासी हुने गरेको गतलाङका बुद्धिजीवी पेम्बा तामाङले जानकारी दिए ।

गतलाङमा वार्षिक करीब १० हजार टन आलु उत्पादन हुन्छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x