एसएमएल इसुजुले ल्यायो गाडी किन्दा छुटै छुट अफर

लक्ष्मी कमर्सियल भेहिकलको एसएमएल इसुजुले एक नयाँ विशेष बचत प्याकेजको शुरूवात गरेको छ । 

यस विशेष प्याकेज मार्फत ग्राहकहरुले आम्दानी गर्नु अगावै बचत गर्ने मौका पाउनेछन् ।  


Advertisement

एसएमएल इसुजुले यस विशेष प्याकेज अन्तर्गत ग्राहकहरुले  कमर्सियल भेहिकल को खरिद गर्दा पहिलो ६ महिना गाडी कर्जाको मासिक ब्याज सहितको किस्तामा १०० %  छुट प्रदान गर्ने छ । 

उक्त छुट यस प्याकेजमा आबद्ध बैंक मार्फत फाइनान्स गरिएका मोडेलहरुमा मात्र लागु हुनेछ । यस प्याकेज मार्फत ग्राहकहरुले आफुले खरिद गरेको कमर्सियल भेहिकलबाट हुने आम्दानी अगावै बचत गर्न सक्नेछन् । 


Advertisement

यसका साथै ग्राहकहरुले निस्शुल्क १ वर्षको विमा, निशुल्क १ वर्षको सडक कर , सरल फाइनान्स, स्पट एक्सचेन्ज र ३ वर्षको वारेन्टी पाउनेछन् । 

लक्ष्मी कमर्सियल भेहिकल प्रा.लि .ले विभिन्न प्रकारको स्कुल बसहरु, व्यापारिक/निजी बसहरु, ट्रक र टिप्परहरु नेपालको सडकको लागि उपयुक्त र स्वीकार्य हुने मोडलहरु नेपाली बजारमा भित्राइसकेको छ  ।


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्