फूटबल मैदानमा विपक्षी खेलाडीलाई ताकेर खोेकेमा रेड कार्ड दिइने

बेलायतको प्रेमियर लीगमा खेलाडीहरूले जानाजान विपक्षीहरूतिर फर्केर खोेकेमा रातो कार्ड देखाउन सकिने र प्रहरी कारवाही समेत हुन सक्ने नियम ल्याइएको छ । 
 

फूटबल एसोसिएसनले खेल सञ्चालन गर्ने अधिकारीहरूका लागि कोभिड–१९ नियन्त्रणका सम्बन्धमा नयाँ निर्देशिका जारी गरेर यो नियम ल्याएको हो । 


Advertisement

यो नियम सबै तहका खेलहरूमा तत्कालै लागू गरिनेछ । 

कुनै खेलाडीले अर्को खेलाडीतर्फ फर्केर जानाजान खोकेमा रेफ्रीले खोक्ने खेलाडीलाई मैदान बाहिर पठाउनुपर्ने नियम छ । 


Advertisement

लक्षित गरी खोक्ने कामलाई बेलायती कानूनले फौजदारी कसूर मानेको छ ।

जानीजानी खोकेकोलाई शारीरिक आक्रमणकै स्तरमा लिइने भएको हो । 

स्पेनमा गत मार्च महिनामा एट्लेटिको मड्रिड क्लबका स्ट्राइकर डिएगो कोस्टाले पत्रकारहरूतर्फ फर्केर खोेकेको पाइएपछि क्लबले उनको निन्दा गरेको थियो । 
 

एट्लेटिकोले च्याम्पियन्स लीगबाट लिभरपूललाई बिदाइ गरेपछि कोस्टाले उक्त हर्कत गरेका थिए । 
 

रेफ्रीहरूलाई गोल गरेपछि खुशियाली मनाउने क्रममा सामाजिक दूरी कायम भएको हेर्ने जिम्मेवारी चाहिँ दिइएको छैन ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्