×

NMB BANK
NIC ASIA

पुराना अलपत्र पारेर नयाँ गाडी किनेपछि प्रधानमन्त्री कार्यालयविरुद्ध सर्वाेच्च अदालतमा रिट

साउन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारी निकायले पुराना गाडी अलपत्र पारेर नयाँ गाडी किन्ने प्रवृत्ति रोक्न माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

Muktinath Bank

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाएर दायर गरिएको रिटमा जनताको करबाट संकलित रकमले खरिद गरिएका गाडीलाई अलपत्र पारेर करको अवमूल्यन गरिएको आरोप लगाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं महानगरपालिका–१० स्थित एर्फोटल्याबको तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठले रिट निवेदन अदालतमा दर्ता गराएका छन् ।


Advertisment
Nabil box
Kumari

‘नेपाल सरकारको सबै मातहतमा रहेको सवारीसाधनहरू हामीले तिरेको करको जम्मा भएको राज्य कोषको रकमबाटै खरिद गरी ल्याएको हुन् । ती साधनहरू विपक्षीको जिम्मामा रहेको र सरकारका साना ठूलो परियोजना तथा संस्थान, आयोगहरू समेतमा रहेको वा देशभित्र रहेको विभिन्न भन्सार कार्यालय, अदालती प्रक्रियामा विभिन्न कारणले रहन गएको आदि सम्पूर्ण प्रकारको सवारीसाधनहरू सञ्चालन वा उपयोग हुन नसक्ने नआउने भएका वा लिलाम गर्न प्रक्रिया पुगेका समेत वर्षौंदेखि एक ठाउँमा तथा खुला आकाशमुनि राखिएको पुरानो सवारीसाधनमा पेट्रोल, डिजेल, फलाम, सिसा जन्यवस्तु, इन्जिन मोबिल, एसीडयुक्त ब्याट्रीहरू समेत वर्षौं एक ठाउँमा राखिएको सवारीसाधनबाट निष्कासन हुने ठोस तथा तरल पदार्थ तुरुन्तै जमिनमा मिसिन जान्छ जसले गर्दा समग्र माटो प्रदूषित हुन जान्छ । यसबाट जमिनमा रहने घरपालुवा पशुपन्छी र अन्य जीवजन्तुहरूलाई प्रत्यक्ष असर पार्दछ । यसरी नै जमिनमा हुर्किने कुनै पनि बोटविरुवा वनस्पति लगायत कृषि उत्पादनमा पनि पुरानो सवारीसाधनबाट निष्कासन हुने तरल पदार्थ मिसिने भएकाले कृषि उत्पादनमा प्रत्यक्ष असर गर्दछ । यसरी नै पेट्रोल, डिजेल, फलाम, सिसा जन्यवस्तु, इन्जिन मोबिल र एसीडयुक्त ब्याट्रीहरूबाट लिचरको रुपमा निष्कासन हुने तरल पदार्थ  जमिनमा मिसने हुँदा पानीको स्रोतमा प्रत्यक्ष असर पर्छ । पानीको स्रोतमा नै मिसिन जाने भएकाले वर्षातको समयमा पानीसँगै नदीसँग मिल्ने भएकाले पानीमा हुने सम्पूर्ण जलचरहरूमा प्रत्यक्ष असर पार्दछ । उल्लेख गरिएका तथ्यबाट नै आर्थिक क्षति र     वातावरणीय प्रभाव पारिरहेको देखाउँछ साथै पुराना गाडीहरू थुपारी राखेको कार्यालयको कम्पाउण्ड फोहरमैलाको डम्पिङ साइड बनिरहेको छ । ती त्यस्ता दृश्यहरू दैनिक आँखाले हेर्दा समेत मानसिक रुपमा असर पर्नुको साथै दृश्य प्रदूषण हुने र सुन्दर अफिस कार्यालयको वातावरण कुरुप बन्दै जान्छ, यसको समाधान गर्नको लागि प्रयोगमा आउन सक्ने सवारीसाधनहरू नियमित मर्मतसम्भार गरी सञ्चालन गर्नुपर्ने र सञ्चालनमा नआउनेहरू वा आउन नसक्ने तत्काल लिलामको प्रक्रिया अघि बढाउनुपर्ने, लिलाम गरी राज्यकोषमा रकम जम्मा गर्ने कार्य विपक्षीहरूको हो सो नियमित नगरी बसेकोले राज्यकोषलाई ठूलो नोक्सान पारिरहेएको छ । विपक्षीहरूकै कारणले गरीब नागरिकहरूबाट उठाएको करले खरिद गरिएको सवारीसाधनको यस्तो दुर्दशा गरेको सम्पूर्ण क्षतिको जिम्मा विपक्षीहरूले नै लिनुपर्छ,’ रिटमा उल्लेख छ ।

Vianet communication
Laxmi Bank

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, गृह मन्त्रालयलगायत २४ निकायलाई विपक्षी बनाइएको छ ।

रिटमा अलपत्र छाडिएका सवारीसाधनको व्यवस्थापन गर्न, व्यवस्थापनमा ढिलासुस्ती गर्नेमाथि कारवाही गर्न र क्षतिपूर्ति भराउन परमादेशको माग गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x