×

NMB BANK
NIC ASIA

करीब १ साताको संवादहीनतापछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतवारदेखि भेटवार्ताको शृंखला शुरू भएको छ । 

Muktinath Bank

चरम अविश्वासको वातावरणमा गुज्रिरहेका दुवै अध्यक्षबीच भेट हुनुलाई पनि नेकपाका नेताहरूले सकारात्मक लिनुपर्ने बाध्यता सिर्जना भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत फागुनमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने नेकपा सचिवालय बैठकको निर्णयलाई प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले चुनौती दिएपछि कलहको बिजारोपण भएको हो । त्यसयताका पटक–पटकका बैठक र छलफलले नेकपाभित्रको विवाद साम्य पारेन बरू अझ बढी आगोमा घ्यू थपिरहेको छ । 


Advertisment
Nabil box
Kumari

उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा नलैजाने अड्डी लिएका ओलीविरुद्ध सचिवालयमा बहुमत सिर्जना भएको थियो । ओलीइतरका सचिवालय सदस्यहरूले पार्टी निर्णयलाई कार्यान्वयनमा लैजान दबाब दिएका थिए । त्यसलगत्तै प्रधानमन्त्री ओलीको मिर्गौला पुनः प्रत्यारोपण भयो । पार्टी निर्णयको कुरा कार्पेटमुनि जमेको कसिङ्गर जस्तै बन्यो । यसले विश्वासको संकट बढायो । 

Vianet communication
Laxmi Bank

मिर्गौला पुनः प्रत्यारोपणपछि सक्रिय जीवनमा फर्केका ओलीले त्यसपछि पनि पार्टीले गरेको निर्णय कार्यान्वयन गर्ने तत्परता देखाएनन् । देश कोरोनाको महामारीमा फस्यो । पार्टीभित्रकै विपक्षीले कोरोना नियन्त्रण र रोकथाम गर्न भनी खरिद गरिएका स्वास्थ्य सामग्रीमा भएको भ्रष्टाचारमा औंला उठायो । प्रधानमन्त्री ओलीले यो विषयमा पनि पार्टीभित्र छलफल गरेर ‘क्लीन चीट’ लिन जाँगर देखाएनन् । 

हुँदाहुँदा नेकपाभित्र अध्यादेश प्रकरण छिर्‍यो । प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजन खुकुलो बनाउने र संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भूमिकालाई सीमित गर्ने खालको अध्यादेश ल्याए । राजनीतिक दल विभाजन खुकुलो बनाउने अध्यादेशपछि बालुवाटारकै योजनामा समाजवादी पार्टीका सांसद अपहरण गर्ने क्रियाकलाप समेत भए । यद्यपि अपहरणमा संलग्न भनिएका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठले यसको खण्डन गरिसकेका छन् । 

दल विभाजन खुकुलो गर्ने अध्यादेशले पार्टीभित्रकै दोस्रो पुस्ताका नेताहरू सशंकित बने । ओलीले पार्टी विभाजन गरेरै भए पनि सत्तामा टिक्ने खेल खेलेको भन्दै दलभित्रैका नेताहरूबाट तिखो आलोचना झेल्नुपर्‍यो । पार्टीभित्र र बाहिरबाट तीव्र विरोध भएपछि दुवै अध्यादेश ‘द्रूत’ गतिमा फिर्ता पनि भए तर यसले नेकपाभित्र नयाँ संशय र विश्वासहीनताको बिजारोपण गर्‍यो । 

वैशाख १० गते बुधवार नेकपाका २० जना स्थायी कमिटी सदस्यहरूले हस्ताक्षर गरेर स्थायी कमिटी बैठक बोलाउन माग गरे । एकचौथाइ स्थायी कमिटी सदस्यहरूले हस्ताक्षर गरेको १५ दिनभित्र बैठक बोलाउनुपर्ने नेकपाको विधानमा उल्लेख छ । 

वैशाख १७ गते बसेको सचिवालय बैठकमा पहिलोपल्ट अध्यक्ष प्रचण्डले घुमाउरो पारामा ओलीको राजीनामा मागे । त्यसपछि नेकपाभित्र राजीनामा ‘एपिसोड’ भित्रियो । ‘यस्तो परिस्थितिमा म भएको भए छोड्थें’ भनेर प्रचण्डले ओलीको राजीनामा मागेका थिए ।

राजीनामा सचिवालयमा मात्र भित्रिएन, हस्ताक्षर गरेरै बैठक बोलाउन माग गरेका कतिपय स्थायी कमिटी सदस्यहरूले ओलीले राजीनामा गर्नुपर्ने भन्दै सार्वजनिक रूपमै वक्तव्य दिन थालेपछि बालुवाटार सशंकित बन्यो । 

वैशाख २० गते बसेको अर्को सचिवालय बैठकमा आत्मालोचनासहित सुध्रिएर जाने प्रतिबद्धता दुवै अध्यक्षले जनाए । आ–आफ्नो ठाउँबाट भएको कमजोरी स्वीकार्ने र अब पार्टीका निर्णयहरू सरकारले मान्ने मौखिक सहमति भएपछि तत्कालका लागि विवाद साम्य भएको मानिएको थियो । 

तर साम्य भएको विवाद केही दिनमै उग्र बन्दै गयो । २५ गतेसम्म बोलाउनुपर्ने स्थायी कमिटी बैठक ओलीले रोकिदिए । अघिल्लो दिन स्थायी कमिटी सदस्यहरूको मोबाइलमा बैठक बस्ने सूचना गएको थियो भने भोलिपल्ट बैठक नबस्ने सूचना गयो । यसबाट शीर्ष तहमा बढेको अविश्वास स्थायी कमिटीका सदस्यहरूमा प्रसारित भयो । प्रधानमन्त्रीमाथि बहुमत स्थायी कमिटी सदस्यहरूले सार्वजनिक सञ्चारमाध्यममै प्रश्न गर्न थाले । 

शीर्ष नेताहरूले सन्निकट देखिएको फूटको संकट व्यवस्थापन गर्न जानेनन्/सकेनन् । २५ गते बस्नुपर्ने स्थायी कमिटीको बैठक नबसेपछि केही सदस्यहरू पार्टी कार्यालय धुम्बाराहीमा जम्मा भएर आफूमाथि अपमान गरिएको भन्दै ओलीलाई सत्ताबाट झार्ने रणनीति बनाउन थाले । 

त्यसैको आसपासमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू श्रेष्ठनिवास हात्तीवनमा बसेर ओलीको राजीनामा माग्ने गोप्य निर्णय गरे । भैंसेपाटी गठबन्धनका रूपमा चिनिएको ओलीइतरको गठबन्धनको निर्णय बाहिरिएपछि नेकपाभित्र थप अविश्वासको वातावरण सिर्जना भयो । 

त्यसपछि बसेको स्थायी कमिटी बैठक औपचारिकतामा मात्र सीमित रह्यो । त्यो बीचमा केही सचिवालय बैठकहरू बसे । नेकपाको विवाद एकाध महिनाका लागि सरकारको नीति तथा कार्यक्रमले ओझेलमा पार्‍यो । 

त्यो बीचमा बालुवाटार र खुमलटारबीच हस्ताक्षरको अभियान चल्यो । बालुवाटारले संसदीय दलमा आफ्नो बहुमत रहेको दाबी गर्‍यो भने त्यस्तै दाबी ओलीइतर समूहले पनि गर्‍यो तर दुवैतर्फबाट हस्ताक्षर बाहिर आएन । दुवैतर्फ बहुमत पुगेको थिएन । मध्यमार्गी सांसदहरूले दुवैतर्फ हस्ताक्षर गरेनन् भने शक्तिका भोका सांसदहरूले दुवैतर्फ हस्ताक्षर गरे । दुवै समूहबीच चलेको हस्ताक्षरको क्षेप्यास्त्र हानाहानले कुनै निष्कर्ष निकाल्न सकेन । 

अविश्वासकै वातावरणबीच सरकारको नीति तथा कार्यक्रम सही छ भनेर प्रचण्डले मुटुमाथि ढुंगा राखेर बोल्नुपर्‍यो । वरिष्ठ नेता नेपाल र खनाल चुप रहे । कतिपय आलोचनामै उत्रे । 

अध्यादेश प्रकरणपछि नेकपाभित्रको विवाद नयाँ मोडमा पुगेको हो । स्थायी कमिटीको बैठक बोलाउन सहमति गर्न भन्दै प्रचण्ड पटक–पटक बालुवाटार छिरे । अन्त्यमा असार १० गतेबाट बैठक बोलाउन ओली राजी भए । 

बैठकमा सीमा विवाद, कोभिड–१९ नियन्त्रण र रोकथाम, सरकारका कामकारवाही लगायतका एजेण्डाहरू तयार गरिएका थिए । बैठक लगातार ३ दिन (१३ गतेसम्म) बस्यो । १४ गते ओलीले विश्राम मागे । १४ गते थियो स्वर्गीय मदन भण्डारीको ६९ औं स्मृति दिवस । बालुवाटारबाटै सार्वजनिक रूपमा भारतीय दूतावास आफ्नो सरकार ढाल्न लागेको र त्यसमा पार्टीकै नेताहरूले सहयोग गरेको भन्दै ओलीले पहिलोपल्ट दलका नेताहरूलाई ‘दलाल’ करार गरिदिए । 

त्यसपछि त के चाहियो ? नेताहरूले त्यसपछि बसेको स्थायी कमिटी बैठकमा ओलीको राजीनामा माग्ने क्रम शुरू गरे । प्रचण्डले ‘भारतले होइन, मैले राजीनामा मागेको हो’ भन्दै ओलीको प्रतिवाद गरे । ३० जना स्थायी कमिटी सदस्यले राजीनामा मागेपछि स्थायी कमिटी बैठक भाँडियो । 

प्रधानमन्त्री ओलीले बालुवाटारकै एउटा हलमा स्थायी कमिटी बैठक राखेर अर्को हलमा मन्त्रिपरिषद् बैठक डाकेर संसदको अधिवेशन अन्त्य गर्ने सिफारिस गरे । विश्वासको संकट त छँदैथियो, ओलीका क्रियाकलापले चरम विश्वासको संकट पैदा भयो । ओलीले आफ्नै पहलमा पूर्व पार्टी नेकपा एमाले दर्ता गर्न लगाएको भन्दै उपाध्यक्ष गौतमले ठाडै आरोप लगाए । केही दिनअघि पुष्पलाल स्मृति दिवसमा बोल्दै प्रचण्डले पनि ओलीले नै एमाले दर्ता गर्न पहल गरेको आरोप लगाएका थिए । 

त्यसपछि बसेको सचिवालय बैठकमा ओलीले अर्ली महाधिवेशनको कार्ड फ्याँके । अर्ली महाधिवेशनका विषयमा हुनै लागेको सहमति अन्तिम समयमा आएर प्रचण्ड–नेपाल समूहले अस्वीकार गर्‍यो । पछिल्लो समय बालुवाटार महाधिवेशनबाट नै नेतृत्व हस्तान्तरण गर्ने अड्डी कसेर बसेको देखिन्छ । 

सहमतिकै लागि भन्दै प्रचण्डले स्थायी कमिटी बैठक स्थगित हुने सिलसिला शुरू भएपछि बालुवाटारको म्याराथन चक्कर लगाए । असार महिना गयो तर सहमतिको परिस्थिति देखिएन । साउनको पहिलो हप्तापछि बालुवाटार आउजाउ गर्दा–गर्दा साउनको पहिलो हप्तापछि प्रचण्ड आजित बने । 

साउन १३ गतेलाई बोलाइएको स्थायी कमिटी बैठक ओलीले एकातर्फी रूपमा स्थगित गरिदिएपछि बालुवाटारमै प्रचण्ड–नेपाल समूहको बहुमत स्थायी कमिटी सदस्यहरूको भेला बसेर ओलीको कदम गलत भएको निष्कर्ष निकाल्यो । त्यसपछि अध्यक्षद्वयबीच बढेको संवादहीनता आइतवार मात्र तोडिएको थियो । 

सहमति हुन्छ, तर केमा र कहिले ?

नेकपाभित्र देखिएको संकट समाधानका निम्ति भन्दै नेताहरूले निरन्तर प्रयास गरिरहे पनि सहमति अझै जुटेको छैन । तर, नेताहरू सहमति हुन्छ भन्नेमा आशावादी भने देखिन्छन् । नेताहरूको यो आशा अगेनोमा गाडिएको लोहोरो पाक्ला र खाउँला भन्ने नेपाली उखानजस्तै बन्दै आएको छ । 

नेताहरूले साउन १३ गतेको बहुमत स्थायी कमिटीको भेलालाई पार्टी विभाजनको उत्कर्ष रहेको स्वीकार्छन् । प्रचण्डनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘त्यो दिन उत्कर्ष थियो तर समय घर्किसक्यो । अब अध्यक्षद्वयबीच शुरू भएको निरन्तर संवादले केही न केही सहमति हुने आशा जगाएको छ ।’

स्रोतका अनुसार उपाध्यक्ष गौतमले अघि सारेको ६ बुँदे प्रस्तावलाई ओलीले बटमलाइन बनाएका छन् । महाधिवेशनसम्म अध्यक्ष र आमनिर्वाचनसम्म प्रधानमन्त्री आफैं हुने, प्रचण्डको कार्यकारी भूमिकालाई थप व्याख्या गर्ने, संवैधानिक नियुक्ति लगायतका महत्त्वपूर्ण विषयहरू पार्टीमा छलफल गरेर अघि बढाउने, पार्टीलाई विधि र विधानअनुकूल चलाउने लगायतका गौतमको प्रस्तावले ओलीलाई राहत दिएको छ । साउन १३ गते नै गौतमनिवास भैंसेपाटीमा पुगेर आफूहरू एक भएको राजनीतिक सन्देश ओलीले दिइसकेका छन् । 

गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ समूहको गोप्य भेलाले तत्काल विभाजनको दुर्घटना टार्न ओलीको साथमा रहने निष्कर्ष निकालेको छ । विभाजनकै स्थितिमा पुगे प्रचण्ड–नेपाललाई साथ दिने तर तत्काल पार्टी एकता बचाउन ओलीको राजीनामा नमाग्ने निष्कर्षमा बादल समूह पुग्नुले प्रचण्ड–नेपाल समूहलाई थप दबाबमा राख्यो । 

सहमतिबारे दुवै पक्षका आ–आफ्ना अडान छन् । महासचिव विष्णु पौडेलले लोकान्तरसँग कुरा गर्दै सहमति सन्निकट भएको दाबी गरेका छन् भने ओली–प्रचण्ड भेटवार्ताका साक्षी सुवासचन्द्र नेम्वाङले पनि सहमति हुने कुरामा आफू ढुक्क रहेको लोकान्तरलाई बताएका छन् । 

तर खुमलटारनिकट स्रोत भने ओली पार्टी फुटाउन कसरत गरिरहेको दाबी गरेको छ । ‘अध्यक्ष ओली पार्टी फुटाएर अघि जाने अन्तिम कसरतमा देखिन्छन्,’ खुमलटारनिकट स्रोतको दाबी छ, ‘अहिल्यै केही सहमति हुने छाँटकाँट छैन । दुईमध्ये एक पद नछोडेसम्म जसले जे भनेपनि सहमति हुँदैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x