बाँके निकुञ्जका दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके राष्ट्रिय निकुञ्जका दुई कर्मचारीलाई पक्राउ गरेको छ।

अख्तियारले बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई स्रोत नखुलेको रकमसहित रुपन्देहीबाट पक्राउ गरेको हो।


Advertisement

कार्यालयको बा २ झ १८७३ नम्बरको गाडीमा यात्रा गरिरहेक उनीहरुलाई पक्राउ गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

स्रोत नखुलेको रकम तीन लाख ४८ हजार र विभिन्न मितिको बैंक भौचर पाँच लाख ५० हजार गरी कूल जम्मा आठ  लाख ९८ हजार रुपन्देहीको सैनामैना नगरपालिका–१० बाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्