×

NMB BANK
NIC ASIA

पोल्याण्डको सर्वोच्च अदालतको फैसला डुडाको पक्षमा

साउन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पोल्याण्डमा हालै भएको राष्ट्रपतीय निर्वाचनको विषयमा सर्वोच्च अदालतले वर्तमान राष्ट्रपति अन्डर्जेन डुडाको पक्षमा फैसला गरेको छ। 

Muktinath Bank

उनको पक्षमा आएको निर्वाचनको नतिजालाई अस्वीकार गर्दै दिइएको चुनौतीलाई अदालतले सोमबार गलत ठहर गरेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति डुडाको विपक्षी समूहले निर्वाचनको नतिजा धाँधलीपूर्ण भएकोले स्वीकार्न नसकिने दावी सहित अदालतमा मुद्दा दायर गरेका थिए। 


Advertisment
Nabil box
Kumari

पोल्याण्डमा गत जुन २८ मा राष्ट्रपति चयनका लागि पहिलो चरणको मतदान भएको थियो भने कुनै उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि जुलाई १२ मा दोस्रो चरणको निर्वाचन गरिएको थियो।   

Vianet communication
Laxmi Bank

त्यसपछि सार्वजनिक गरिएको निर्वाचनको नतिजामा डुडाले ५१ प्रतिशत मत ल्याएर निर्वाचित भएको उल्लेख गरिएको थियो। तर विपक्षीहरुले भने राज्य शक्ति र श्रोतको दुरुपयोग गरेर डुडाले निर्वाचनको नतिजालाई आफ्नो पक्षमा पारेको आरोप लगाएका थिए 

राष्ट्रपतीय निर्वाचनमा डुडालाई चुनौती दिन वार्साका मेयरसमेत भएका राफल त्रजास्कोब्स्की उम्मेदवार  थिए। विपक्षीहरुले बनाएको नागरिक गठबन्धनको तर्फबाट चुनावी मैदानमा उत्रिनु भएका राफलले ४८.९७ प्रतिशत मत ल्याउनु भएको घोषणा गरिएको थियो।

कोरोनाको त्रासबीचमा भएको निर्वाचनमा पनि कुल मतदातामध्ये ६८.१२ प्रतिशत मतदाताले मतदान गरेका थिए ।  

यो निर्वाचन गत मे मै हुनुपर्ने भए पनि कोरोनाभाइरसको महामारीका कारण जुन २८ का लागि सरेको हो। निर्वाचनका लागि वर्तमान राष्ट्रपति डुडासँगै अरु दश जना चुनावी प्रतिस्पर्धामा रहेका थिए। अठचालीस वर्षीय डुडालाई सत्तारुढ अनुदारवादी ‘ल एण्ड जस्टिस पार्टी’को समर्थन रहेको थियो।

सर्वोच्च अदालतको फैसलासँगै उनी दोस्रो पटक पाँच वर्षे कार्यकालका लागि राष्ट्रपति बनेका छन्। 

युरोपेली संघको सदस्य समेत रहेको यो देशमा अन्य युरोपेली देशहरुले जस्तो कोरोनाभाइरसको महामारी भोग्नु परेको छैन । मतदानका लागि कोरोनाबाट बच्न अपनाइने आधारभूत सुरक्षा सतर्कता भने अपनाउन मतदातालाई सचेत गराइएको थियो।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x